नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता

भक्तपुर । मध्यपुर थिमि–४ स्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’ अन्तर्गत गरिएको सुपरीवेक्षणको प्रतिवेदनमाथि संस्थाका सञ्चालक समिति र व्यवस्थापनसँग समीक्षा तथा छलफल सम्पन्न भएको छ ।

असार १ गते सम्पन्न स्थलगत सुपरीवेक्षणपछि तयार गरिएको प्रतिवेदनमाथि असार १६ गते आयोजित छलफलमा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, कानुनी पालना तथा आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताबारे विस्तृत समीक्षा गरिएको थियो ।

सुपरीवेक्षणका क्रममा डिजिटल सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिँदै कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था, गो.एम.एल.मार्फत सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापनको वैज्ञानिक विश्लेषणमार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको अवस्थाको मूल्याङ्कन गरिएको थियो ।

समीक्षा कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरूको चर्चा गर्दै सुधार आवश्यक रहेका क्षेत्रहरू पहिचान गरी कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्नुभएको थियो। उहाँले सुपरीवेक्षणबाट प्राप्त सुझावलाई व्यवहारमा उतार्न स्पष्ट सुधार कार्ययोजना तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बालकुमारी साकोसका सञ्चालक समिति तथा व्यवस्थापन टोलीले प्राप्त सुझावका आधारमा तत्काल सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको कार्यक्रम अधिकृत सुमनराज घिमिरेले जानकारी दिनुभयो ।

संस्थाले सदस्य तथा समुदायको विश्वास अझ सुदृढ बनाउन स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । यस प्रकारका नियमित सुपरीवेक्षण तथा सुधारमुखी पहलले समग्र सहकारी अभियानमा सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धन गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप