जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण

झापा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाको असार १६ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षण्को उद्देश्य रहेको छ । 

झापाको दमकमा सुविधा सम्पन्न मुख्य कार्यालय र झापा र मोरङमा ६ वटा सेवा केन्द्र मार्फत झण्डै ८५०० सदस्यहरुको सहभागितामा १ अर्व २ करोड जम्मा सम्पत्ती परिचालन मार्फत वित्तीय आवश्यकता पुरा गर्दै सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्य सहित संचालनमा रहेको डाँफे सामुदायिक साकोसको स्क्यान (SCAN) र एक्सेस (ACCESS) कार्यक्रम कार्यान्वयनको सन्दर्भमा असार १५ र १६ गते स्थलगत निरीक्षण एवम् सुपरिवेक्षण गरिएको हो । 

नेफ्स्कुनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र प्राविधिक सहजकर्ता सोमनाथ दहाल साथै डाँफे सामुदायिक साकोसबाट संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापन लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

सुपरिवेक्षणमा विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गरीएको छ ।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२३ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

पाठकबाट थप