जनउत्थानद्वारा विद्यार्थी सम्मान तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थानद्वारा विद्यार्थी सम्मान तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

रुपन्देही । तिलोत्तमा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मान गर्दै साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम असार १७ गते  सञ्चालन गरेको छ ।

संस्थाका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा १२ परीक्षा उत्तीर्ण गरेका ४२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीसँगै उनीहरूका अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।

बुधवार सञ्चालन भएको कार्यक्रम विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मानसँगै पछिल्लो समय तीव्र रूपमा बढिरहेको साइबर अपराधप्रति सचेत बनाउने उद्देश्यले विशेष सचेतना सत्र सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले सहजीकरण गर्दै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सूचना सुरक्षाका उपाय तथा साइबर अपराधका कानुनी पक्षबारे जानकारी गराउनुभयो । उहाँले अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग तथा डिजिटल माध्यममा बढ्दो जोखिमबाट बच्न सचेत रहन विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभएको थियो 

त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले विद्यार्थीहरूको भविष्य निर्माणमा सकारात्मक सोच, अनुशासन, नैतिकता र व्यावहारिक सीपको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले शैक्षिक योग्यता मात्र नभई नेतृत्व क्षमता, निरन्तर सिकाइ र समयअनुकूल सीप विकासले सफल जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीहरूलाई सिर्जनात्मक तथा सकारात्मक गतिविधिमा सक्रिय हुन प्रेरित गर्नुभएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक सफलताको सम्मान गर्नुका साथै सुरक्षित डिजिटल अभ्यास र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण सन्देश दिएको संस्थाले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

११ घण्टा अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

१२ घण्टा अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

१४ घण्टा अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

२ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन
नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान
नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान

६ दिन अगाडि

नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा
नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा

६ दिन अगाडि

सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

१४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप