नेफ्स्कूनद्वारा चितवन औद्योगिक विकास साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा चितवन औद्योगिक विकास साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन । भरतपुर महानगरपालिका १० चितवन स्थित चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत असार १७ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यहित सुनिश्चित गर्ने उद्देश्यले नेफ्स्कूनले सहकारी संस्थाहरूमा नियमित रूपमा स्थलगत सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, लाभांश वितरण, समावेशी सहभागिता, संस्थाभित्र हुन सक्ने सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका पक्षहरूको विस्तृत समीक्षा गरिएको थियो । साथै, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व, सदस्य सहभागिता तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्वारा सम्पन्न सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । सुपरिवेक्षणका क्रममा संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक सुशासन तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधाका विषयमा छलफल गर्दै आवश्यक सुधारका लागि सुझावसमेत प्रदान गरिएको थियो ।

भर्खरै
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

३ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ घण्टा अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

पाठकबाट थप