अघिल्लो समाचार

Abc
८५ दिन अगाडि
ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन

काठमाडौं । जिल्ला सहकारी संघ लि., ललितपुरले आगामी कार्यदिशा तय गर्ने उद्देश्यसहित रणनीतिक व्यवसायिक योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सञ्चालित गोष्ठीमा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापनका १४ जनाको सहभागिता रहेको थियो ।

गोष्ठीले नियामकीय अनुकूलनलाई रणनीतिक योजनाको मुख्य प्राथमिकतामा राख्दै नीति बहस तथा पैरवी, सदस्य संघ/संस्थाको नियामकीय क्षमता अभिवृद्धि तथा सहकारी अभियानलाई थप प्रभावकारी बनाउन संघको प्राविधिक क्षमता विकासमा जोड दिएको छ ।

योजना अन्तर्गत ‘फिट एन्ड प्रपर’ मापदण्डको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको प्रभावकारी पालनाका लागि सदस्य संघ/संस्थाको क्षमता विकास गर्ने, स्थानीय सरकार तथा अन्य सरोकारवालासँग समन्वय विस्तार गर्ने तथा संघलाई स्रोत केन्द्र (Resource Center) का रूपमा विकास गर्ने लक्ष्य तय गरिएको छ ।

संघका अध्यक्ष जगतलाल महर्जनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद संघले सदस्य संघ/संस्थालाई निरन्तर सहजीकरण गर्दै आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको बताउनुभएको थियो । उहाँले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक नियामकीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा संघले सदस्य संस्थासँग सहकार्य गर्ने र अभियानका हितविपरीत देखिएका नीतिगत विषयमा आवश्यक बहस तथा पैरवीलाई निरन्तरता दिने बताउनुभयो ।

संघका सचिव अनिलबीर बज्राचार्यले जिल्ला सहकारी संघलाई स्रोत केन्द्रका रूपमा विकास गर्दै सदस्य संस्थालाई गुणस्तरीय प्राविधिक सेवा उपलब्ध गराउने अवसरको अधिकतम उपयोग गरिने उल्लेख गर्नुभएको थियो । 

दुईदिने रणनीतिक व्यवसायिक योजना तर्जुमा गोष्ठी साउन २ र ३ गते सिन्धुपाल्चोकको भोटेचौरमा सम्पन्न भएको थियो । गोष्ठीको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप