नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

बुटवल, रुपन्देही — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) को रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा “समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न भएको छ ।

कार्यक्रममा नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रोस्कूनका कार्यवाहक अध्यक्ष ऋषीराम सापकोटा, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्तप्रसाद ढकाल तथा जिल्लाका १५ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुआत गर्दै नेफस्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले नेफस्कूनको हालको वित्तीय तथा गैरवित्तीय अवस्था, संस्थागत प्रगति, सदस्य संस्थाहरूको अनुगमन अवस्था र चालु आर्थिक वर्षका उपलब्धिहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । 

सहभागी सहकारी संस्थाका अध्यक्षहरूले राखेका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिँदै नेफस्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका वर्तमान चुनौती र समाधानका उपायहरूमा प्रकाश पार्नुभयो । उहाँले ऋण असुलीका समस्या समाधान गर्न संस्थाहरूले व्यवस्थित असुली योजना बनाउनुपर्ने र रजिस्ट्रार कार्यालयले जारी गरेका निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साथै, गैरबैंकिङ सम्पत्तिको उचित व्यवस्थापनका लागि समयमै ठोस कदम चाल्नुपर्ने र  हालैको नियामक परिवर्तनको सन्दर्भमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग संघहरू र प्राथमिक संस्थाहरूले सहकार्यात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “सदस्य संस्थाहरूले अनुभूति गर्ने गरी संघहरूले प्राथमिक संस्थाहरूको स्थायित्व, सुदृढीकरण र स्तरीकरणमा कार्य गर्नुपर्ने बताउनुभयो । 

नेपाल सरकारको कानुनी व्यवस्थाअनुसार अभियानको वित्तीय कारोबार व्यवस्थापन गर्न सहकारी बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अध्यक्ष ढकालले प्राथमिक सहकारी संस्थाहरूलाई यस बैंक स्थापनामा आवश्यक सहयोग र सक्रिय साथ दिन अपील गर्नुभयो ।

कार्यक्रममा उपस्थित बचत तथा ऋण सहकारीका अध्यक्षहरूले नेफस्कूनको यस पहललाई सकारात्मक रूपमा स्वागत गर्दै आ–आफ्नो संस्थाका तर्फबाट यथासम्भव सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप