धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङ । ज्वालामुखी गाउँपालिका ६, साध भञ्ज्याङ धादिङमा कृषि व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउन कृषक व्यवसाय खेल तालिम सञ्चालन भएको छ । 

संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र DSIK, Germany को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । संगम आयआर्जन साकोसका अध्यक्ष गंगा बहादुर अधिकारी (ध्रुव) को अध्यक्षतामा असोज ०२ गतेदेखि ०४ गतेसम्म तिन दिनसम्म कार्यक्रम सञ्चालन भएको थियो ।

साकोसका सचिव चन्द्रमान किसान ले सञ्चालन गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि ज्वालामुखी गाउँपालिका, धादिङका उपप्रमुख धर्म बहादुर अर्याल र ज्ञानु कडेल ज्वालामुखी गाउँपालिका, सरकारी विभाग प्रमुखको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सहकारी संस्थाका अध्यक्ष गंगा बहादुर अधिकारीले संस्थाका सदस्यहरूलाई कृषिमा व्यवसायीकरण तर्फ उन्मुख गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । संस्थाका सदस्यहरूले वार्षिक रूपमा करिब ६० लाख रुपैयाँ बराबरको सखरखण्ड, २० लाख रुपैयाँ बराबरको एभोकाडो तथा अकबरे खुर्सानी लगायतका कृषि उपज उत्पादन तथा निकासी गर्दै आएको बताउनु भयो । प्रमुख अतिथि उपप्रमुख धर्म अर्यालले ज्वालामुखी गाउँपालिकाले आफ्ना सदस्य तथा कृषकहरूलाई कृषि मार्फत आर्थिक रूपमा सबल र समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभयो । कृषिक्षेत्रमा रहेका समस्याको पहिचान गरी उचित लगानी र सही निर्णयमार्फत कृषि व्यवसायलाई दिगो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अनुदान प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्ने प्रवृत्ति भन्दा प्राप्त अनुदानको दीर्घकालीन तथा प्रभावकारी सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ज्वालामुखी गाउँपालिका कृषि उत्पादनका दृष्टिले सम्भावना युक्त क्षेत्र रहेको उल्लेख गर्दै एभोकाडो, कफी, सखरखण्ड तथा पशुपालनतर्फ बाख्रा, गाई, भैंसी र घाँस उत्पादनमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको बिक्री तथा निकासी समेत भइरहेको बताउनुभयो ।

गाउँपालिकाले सम्भावित कृषि गतिविधिमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रमुख अर्यालले कुनै पनि कृषि व्यवसाय सुरु गर्नुअघि त्यस सम्बन्धी आधारभूत ज्ञान तथा सीप हासिल गर्न आवश्यक रहेको बताउनुभयो । प्रस्तुत कार्यक्रमबाट सहभागीहरूले उक्त ज्ञान र व्यावहारिक सीप प्राप्त गर्ने अपेक्षा व्यक्त गरेका थिए । 

कार्यक्रममा संघका अधिकृत खिलनाथ लुइटेल र राजेश खड्का ले सहजीकरण गर्नुभएको थियो भने तालिम कार्यक्रमको औचित्यमाथि संघका अधिकृत खिलनाथ लुइटेलले प्रकाश पार्नुभएको थियो । तालिमका सहभागी मानबहादुर शाक्य गुभाजु ले कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र सहभागीहरूको सक्रिय सहभागिता रहेको बताउनुभयो । अन्य परम्परागत तालिम भन्दा फरक रूपमा कार्यक्रमलाई व्यावहारिक तथा प्रयोगात्मक आधारमा तालिम कार्यक्रम रहेको उहाँको भनाइ थियो ।

कृषि पेशामा संलग्न व्यक्तिहरूका लागि मात्र नभई जुनसुकै पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिका लागि पनि तालिममा सिकाइएका हिसाब–किताब तथा आर्थिक व्यवस्थापनका विषयहरू महत्वपूर्ण रहेको बताउनुभयो । आम्दानी तथा खर्चको नियमित हिसाब–किताब राख्ने र पैसाको उचित व्यवस्थापन गर्ने बानीले जीवन तथा व्यवसायमा आइपर्ने विभिन्न समस्याको समाधान गर्न सहज हुने बताउनुभयो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप