विद्युतीय सवारीलाई बैंकको प्रोत्साहन, मूल्यको ८० प्रतिशतसम्म कर्जा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्युतीय सवारीलाई बैंकको प्रोत्साहन, मूल्यको ८० प्रतिशतसम्म कर्जा

इन्धनबाट चल्ने सवारीसाधनहरुमा बैंकहरुले ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने प्रावधान बनाएको राष्ट्र बैंकले विद्युतीय सवारीसाधनहरुलाई भने ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्ययवस्था गरेको छ । सरकारी तबरबाटै लचिलो नीति आएपछि यतिबेला वाणिज्य बैंकहरुले समेत विद्युतीय सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा आकर्षक अफरहरु ल्याउँदैछन् ।

केही बैंकहरुले विद्युतीय सवारी साधनका लागि धेरै फाइनान्स सुविधा र सस्तो व्याजरदरको घोषणासमेत गरेका छन् । अन्य बैंकहरुले पनि विद्युतीय सवारीसाधन कर्जालाई प्राथमिकतामा राखेको बताउँछन् ।

नबिल बैंकको आकर्षक अफर

मुलुकको पहिलो ज्वाइन्ट भेञ्चर (संयुक्त लगानी रहेको) बैंक नबिलले विद्युतबाट चल्ने सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा सहुलियत दिने घोषणा गरेको छ । यस्ता सवारी साधनहरु चढ्न कर्जा चाहनेहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने नबिलले जनाएको छ ।

यसरी उपलब्ध गराउने कर्जाको ब्याजदर पनि सस्तो छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा १२ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् । तर विद्युतीय सवारी कर्जा लिनेलाई नबिलले जम्मा ९.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ ।

नबिलजस्तै लक्ष्मी बैंकले पनि विद्युतीय सवारीसाधन कर्जाका लागि आफ्नो अफर सार्वजनिक गरेको छ । विद्युतीय सवारी साधनका लागि फाइनान्स सुविधा दिन सकिने अधिकतम सीमा यस बैंकले पनि ८० प्रतिशत नै तोकेको छ ।

इनधनबाट चल्ने सवारीसाधनमा ६५ प्रतिशत फाइनान्स सुविधा दिने यो बैंकले विद्युतीयमा ९ वर्षसम्मका लागि अधिकतम ८० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बताएको छ ।

ग्लोबल आइएमई, एनआईसी एसियालगायतका बैंकले पनि यस्तो कर्जालाई प्राथमिकतामा राखेका छन् । ग्लोबल आइएमई बैंकका सूचना अधिकारी सुरेन्द्रराज अधिकारीका अनुसार सो बैंकले यसअघि विश्व वातावरण दिवसकै अवसरमा विद्युतीय गाडीका लागि अफर ल्याएको थियो । अहिले यस्ता सवारीसाधन लिन चाहनेहरुका लागि राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार ८० प्रतिशतसम्म कर्जा दिने उनले बताए ।

व्यापार विस्तारमा निकै आक्रामक बनेको एनआइसी एसिया बैंकले पनि विद्युतीय सवारी साधनको कर्जामा केही सहुलियतहरु ल्याएको छ । बैंकले ८० प्रतिशत फाइनान्सको सुविधामा ८ वर्षदेखि १५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । व्यक्तिको आम्दानीको ७५ प्रतिशतसम्म कर्जा दिन सकिने बैंकको व्यवस्था रहेको पनि उनले सुनाए ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप