नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

साउन ३२ । नेफ्स्कूनको श्रावण ३२ गते सम्पन्न ३३ औं स्थापना दिवसको अवसरमा संघले आ.व. २०७६/०७७ मा उत्कृष्ट कार्य गरेवापत विभिन्न विधामा उत्कृष्ट संघसंस्था एवम् व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमिति संयोजक एवम् संघका सल्लाहकार डी.बी. बस्नेतले विधागत सम्मान तथा पुरस्कारको घोषणा भिडियो प्रस्तुतिमार्फत गर्नुभयो ।  

संघले गत बर्षको संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ विगत लामो समयदेखि सहकारी अभियानमा सक्रिय मकवानपुर जिल्ला बचत संघका निवर्तमान अ्रध्यक्ष राधा सिंतान र पुरुषतर्फ संघीय सांसद घनश्याम खतिवडालाई दिने घोषणा गरेको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित धादिङस्थित निकलण्ठ महिला साकोस र सुनसरीस्थित किसान कल्याण साकोसलाई पुरस्कृत घोषण गरेको छ । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश नं. १ बाट डाँफे साकोस दमक, प्रदेश नंं २ बाट सगुन साकोस–सर्लाही, बागमती प्रदेशबाट ज्योती मिर्मिरे सामूहिक साकोस –काभ्रे, गण्डकी प्रदेशबाट भिमकुल साकोस – गोरखा, प्रदेश नं. ५ बाट हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस –बर्दिया, कर्णाली प्रदेशबाट जनकल्याण साकोस –सुर्खेत, सुदुरपश्चिम प्रदेशबाट जनज्योती साकोस –कञ्चनपुर पुरस्कृत घोषणा भएका छन् ।

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ संघको निवर्तमान उपाध्यक्ष पार्वती खाँड राई, धादिङ र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक स्याम बहादुर श्रेष्ठ–काठमाडौं घोषित हुनुभएको छ । 

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा काठमाडौं जिल्ला बचत संघ सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कारमा काठमाडौंका नवराज सिंखडा, पि.एच.डी., नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को नेपालस्थित कार्यालय पुरस्कृत घोषणा भएको छ । 

त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा सर्लाहीस्थित स्वस्तिक साकोस, उत्कृष्ट बचतकर्तामा पोखरास्थित पोखरा रोयल साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा रुपन्देहीस्थित लुम्बिनी साकोस र उत्कृष्ट लघुवित्तमा मुगुस्थित छाँयानाथ साकोस  पुरस्कृत हुने भएका छन् । 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार तर्फ सहारा साकोस झापा पुरस्कृत घोषित भएको छ । त्यसैगरी महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा रुपन्देहीस्थित जनउत्थान साकोस पुरस्कृत घोषित भएको छ । साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा सिवाईसी साकोस  बागलुङ उत्कृष्ट घोषित भएको छ । 

नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ सहकारी खवर डट कममा कार्यरत पत्रकार काजी श्रेष्ठ पुरस्कृत घोषित हुनुभएको छ । नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कारमा नेपालको साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापक दोलखास्थित मिलिजुली कालिञ्चोक साकोसका व्यवस्थापक इश्वर न्यौपाने र नेफ्स्कूनको उत्कृष्ट कर्मचारीतर्फ व्यवसाय अधिकृत मनोज बुढाथोकी पुरस्कृत घोषित हुनुभएको छ । त्यसैगरी आ.व. ०७६/७७ मा नेफ्स्कून चावहिल फिल्ड कार्यालय काठमाडौ उत्कृष्ट फिल्ड कार्यालय घोषित भएको छ । 

नेफ्स्कूनको स्थापना दिवसमा घोषणा गरिएको सम्मान तथा पुरस्कार संघको यही मंसिर ५ मा हुने २९औं बार्षिक साधारणसभामा वितरण गरिने संघले जनाएको छ । पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई नेफ्स्कून हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप