मन्त्री, मकै र मही.........
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्त्री, मकै र मही.........

नेफ्स्कूनको डिजिटल पत्रिका शुभारम्भको तयारीका सिलसिलामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग भिडियो अन्तर्वार्ता गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । त्यसपछि मन्त्रीको समय लिने प्रयासमा केही समय लाग्यो । गएको वर्ष नेफ्स्कूनको स्थापना दिवस तयारीकै सिलसिलामा संघको त्रैमासिक मुखपत्र 'साकोस आवाज' का लागि मन्त्री अर्यालसँग अन्तर्वार्ताको समय मिलाउन खोजे सफल भएन । हुनत करिब डेढ दशक अघि रेडियोकर्मीका रुपमा काम गर्दा धेरै थुप्रै मन्त्रीहरुसँग अन्तर्वार्ता गरेपनि कलमको मसी सुकेर जीवनको दोस्रो इनिङ्ग सुरुवातको प्रयासले सार्थकता नपाएकोमा मन अमिलो भयो । त्यसपछि विभागीय सरुवा भएपछि खासै त्यस्तो आवश्यकता भएन । केही दिनपछि सञ्चार विभागमा पुनर्स्थापित भएपछि भने घुम्दै फिर्दै अघिल्लो वर्ष पूरा नभएको काम यस पटक एककदम अगाडि बढेर भिडियो अन्तर्वार्ताको तयारीमा जुटे । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र सहकर्मी सञ्चार अधिकृत राधा पौडेलको सहयोगमा मन्त्रीसँगको भेटको मौखिक समय मिल्यो ।

साउन २९ गते विहिबार बिहान ९ बजे हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालयमा अन्तर्वार्ताका लागि क्यामेराम्यान रोशन पोखरेल भाइलाई जावलाखेलमा बिहान साढे ८ बजे बोलाएर पौने ९ मा बोर्डस्थित मन्त्रीको कार्यकक्षमा पुगे । सासको लागि दुई गाँस टिपेर भर्खरै किनेको स्कुटरमा कलंकीको सुनसान अन्डरपासमा ७० को स्पीड साथ चक्रपथको बाटो बत्तिदै पुगेको मात्र के थिए, सहकर्मी राधाजीको फोन आयो, '‘मन्त्रीलाई जरुरी बैठकमा नगई नभएर निस्किनुभयो रे दिउँसो १ बजे भेट्ने खबर स्वकीय सचिव बुद्धजीले गर्नुभयो’ सुनाउनुभयो । मैले फेरि एक वर्षअघिको त्यो प्रयास सम्झिएर दिक्क माने । क्यामेराम्यान भाइ पनि निराश भए । सरसफाईको काम गर्ने र गार्ड बाहेक कोही नभएको मन्त्रीको कार्यकक्ष बाहिरको प्रतिक्षाकक्षबाट बुद्धजीलाई २ कल गरे रेसपन्स आएन, स्वाभाविक रुपमा रीस उठ्यो र नेपालीमा म्यासेज पठाएँ । रिप्लाई आएन । हिड्न मात्र लागेको थिए, बुद्धजीको फोन आयो । उहाँले राधाजीलाई दिएको जानकारी सुनाउनुभयो । समय खर्चिसकेका कारण १०–१५ मिनेटको भएपनि छोटो भिडियो शुभकामना सन्देश मात्र दिएपनि हुन्थ्यो भन्ने आग्रह गर्नुभयो, मैले पनि त्यही दोहोर्याए तर सम्भव भएन । म कार्यालय फर्किए । दिनभरि अन्यत्र काम भएका क्यामेराम्यान भाइलाई कार्यालयबाटै उनको काम गर्न लगाएँ । १०:५६ मा बुद्धजीको केही भाषागत त्रुटि सहितको अंग्रेजी म्यासेज् आयो जसमा १ बजेको समय २ घन्टा सरेको जानकारी थियो । अंग्रेजी पढाउने शिक्षकले जानेसम्म मिलाएरै अंग्रेजीमै रिप्लाई गरे । ठीकै छ, मन्त्रीलाई मज्जैसँग कुरिने भयो भनी पौने ३ बजे बोर्ड पुगे । बुद्धजीसँग मन्त्रीको कार्यकक्ष बाहिर चिनजान भयो । मैले दुःख विलौना गरे, उहाँले कार्यव्यस्ताको कारण कहनुभयो । फोनमा बोल्न पनि गाहे मान्ने बुद्धजीले मेरा बारेमा जान्ने जमर्को गर्नुभयो । मैले आवश्यक जानकारी गराएँ । 'के सारो चिटिक्क परेर आउनुभएको रञ्जनजी' भन्दै, 'हुन त अनुहार देखाउने मान्छे राम्रो त बन्नै पर्यो' भनी स्वयं उत्तर दिनुभयो । संक्षिप्त मुस्कानको प्रतिक्रिया फ्याँके । मन्त्री मिटिङमा हुनुहुदोरहेछ । केही समयपछि मिटिङ सकियो । बाहिर कोही नभएकाले मन्त्री आफै बाहिर आउनुभयो । सामान्य शिष्टाचारपछि भित्र बोलाउनुभयो । बुद्धजी जोडिएसँगै ३ जना कार्यकक्ष भित्र गयौं ।

सामान्यतयाः चश्मामा देखिने मन्त्री त्यसदिन कृतिम आँखा विना नै देखिनुभयो । अनुहारमा आभाको अडेसा थिएन । आफु थकित भएको, निन्द्रा नपरेको बताउँदै अन्तर्वार्ता दिन असम्भव जस्तो धारणा राख्नुभयो । स्वार्थी मनले खिन्नताको खोल ओड्यो, 'स्थापना दिवस आइसक्यो, अनलाइनका अन्य काम बाँकी नै छन्, मन्त्रीको अन्तर्वार्ता लिन र सम्पादनका काम गर्न पनि समय गाहे थियो । बरु एकछिन बसेरै भएपनि लिनै पर्छ ।' एकैछिनमा मन्त्रीज्यूले चिया खाजाको व्यवस्थाका लागि आग्रह गर्नुभयो । हामीले केही समयअघि मात्र बाहिर खाजा खाएर आएको बतायौं । कोरोनाको त्रासका बेला बाहिर नखान स्वाभाविक स्वास्थ्य सल्लाह दिनुभयो । हामी भने अन्तर्वार्ताको लागि समय लाग्ने भएकाले बाटामै पेट उकासेर पुगेका थियौं । एकै छिनमा फुल उठेको मुरली मकैका २ प्लेट आए मन्त्री ज्यूको टेबुल अगाडि । आफ्नो घुम्ने कुर्सी छोडेर मन्त्रीज्यू हामी बसेको सोफा नजिक कुर्सीमा बस्नुभयो । मकै खान कर गर्नुभयो, मुखमै मम मडारिहेकोले अस्वीकार गरे ।  'कस्तो चिया खाने तपाईहरु ?’ उहाँले सोध्नुभयो । दुध चियाका लागि आग्रह गरे ।

मन्त्री ज्यूलाई जिस्क्याएँ पनि, 'टेस्ट गर्नुपर्यो हजुरको पनि 'होइन मलाई कमजोरी भएको छ । तपाईहरुसँग भोली बसौंला भन्ने लागेको थियो बुद्ध र देवीलाई खबर गर्न भुलेछु । आइहाल्नुभयो बसौं गफ गरौं तर अन्तर्वार्ता भोली गरौंला' मन्त्रीको उत्तर आयो ।  मैले थपे, 'हजुर खाजा खानुहोस्, आराम गर्नुहोस्'  शुरुमा उहाँले आनाकानी गर्नुभयो । सायद उर्जा कम भएर होला ।

यसबीच व्यक्तिगत पाटाहरुका बारेमा मन्त्रीज्यूले जिज्ञासा राख्नुभयो । मेरो पढाई, विदेश वसाई, सहकारीकर्म, रेडियो पत्रकारितासँगै मन्त्रीकै जिल्ला, गोपालमान श्रेष्ठ, श्रीराम पौडेल, चन्द्र ढकालका कुरासँगै कान्तिपुरका सहायक सम्पादक बलराम दाईको दुःखद निधनका कुराहरु गर्दै जाँदा प्लेटका मकैपनि मन्त्रीको पेटमा भरिदै गए । सुख्खा मकैका लागि मुख भिजाउन दही माग्नुभयो । तातोपानीमा चिसो दही मिसाएर बनेको महीले तिर्खा मेट्नुभयो । 'मकै, मही मनपछ यहाँलाई ?' प्रश्नमा कौतुहलता भन्दा पनि शैथिल्य भगाउने चेष्टा थियो । 'हेर्नुस पौड्यालजी, एकथरी मानिसहरुलाई मन्त्री भनेपछि जीवन अर्कै लयमा चल्छ होला झै लाग्छ । तर हाम्रो वा भनौं मेरो जीवनको लयमा कुनै चढाव छैन' मकै र महीको दिवा खाजाले केही त पक्कै छनक दियो मलाई ।

'मन्त्री पद नै के के न हो भन्ने होइन । हुन पनि केही पदकै पछि दौडिन्छन्, हामी काम गर्ने मान्छेलाई पद ठूलो कुरो होइन । कसैलाई पदको लोभ काम भन्दा पनि अन्य तिकडमहरुका लागि हँदोरहेछ भन्ने कुरा म मन्त्री बनेपछि थाहा पाउदैछु' मकै र महीबाट मिलेका केही साह केही रसिला संकेतहरुको स्वाद लिएँ मैले ।

'मन्त्रीले तपाई राम्रो मान्छे लाग्यो' भन्नुभयो । मैले नसोध्ने कुरै भएन, 'अष्ट्रेलियामा पढाइ सकेर फर्किनुभयो र आएर पहिला जे काम गर्नुहुन्थ्यो त्यस्तै कर्ममा जोडिनुभयो, भनेपछि तपाईमा सञ्चारकर्मको रस बसेको रहेछ'  मैले अस्वीकार कसरी गर्न सक्थे र ? सहकारीभन्दा फराकिलो माध्यमपनि सञ्चारकर्मको लागि सही हुनसक्ने तर्फ मन्त्रीले इंगित गर्नुभयो । त्यसमा पनि शब्दको मितव्ययीता अपनाउँदै स्वीकारोक्ति जनाएँ ।

करिब पौने घन्टाको त्यो अन्तरङ्ग कुराकानीपछि मन्त्रीले भन्नुभयो, 'तपाईसँग सुरुमा कुरा गर्दा र अहिले कुरा गर्दामा फरक अनुभूति भयो । अहिले अलि सहज महसूस भयो । 'कतापट्टि लिने होला अन्तर्वार्ता ' मन्त्रीको मुखबाट यस्तो वाक्य निस्किएपछि रोशनभाइलाई स्थान चयनको आग्रह गरे । बुद्धजी जोडिनुभयो । बिस्तारै वातावरण बन्दै गयो । 'पौड्यालजीका प्रश्नहरु के छन् ? '   भन्दै बस्दा मुजा परेको सारी, कपाल र कोट मिलाउन लाग्नुभयो । स्थान चयनमा केही समय लाग्यो । एउटा क्यामेराको प्रयोगमा बिना कुनै अवरोध एक टेकमै करिब आधा घन्टाको अन्तर्वार्ता सकायौं । उहाँ प्रसन्न हुनुहुन्थ्यो । म पनि कम फुरुङ्ग थिइन् । मन्त्रीसँग फोटाहरु खिचेर करिब २ घन्टाको बसाई बिट मार्यौं । म भने बाटोमा पनि मकै र मही सम्झदै गुँड तिर हान्निएँ‍‍‍‍‍‍ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप