क्यानेडियन क्रेडिट युनियनहरु लगातार १६ औं वर्ष देशको उत्कृष्ट वित्तीय संस्था घोषित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्यानेडियन क्रेडिट युनियनहरु लगातार १६ औं वर्ष देशको उत्कृष्ट वित्तीय संस्था घोषित

ओटावा । अन्य वित्तीय सेवा प्रदायकहरुलाई पछि पार्दै क्यानाडाका क्रेडिट युनियन ९बचत तथा ऋण सहकारी० हरु लगातार १६ औं वर्ष उत्कृष्ट ठहरिएका छन् । मुनाफा भन्दा सदस्य सेवामा जोड दिदैं आएका क्यानेडियन क्रेडिट युनियनहरु देशका अन्य वित्तीय सेवा प्रदायकहरु भन्दा उत्कृष्ट हुँदै “सदस्य सेवा उत्कृष्टता सम्मान” लगायतका उपलब्धि हासिल गरेका हुन् ।   
“क्यानेडियन क्रेडिट युनियनहरुले सधै सदस्य र समुदायलाई उच्च प्राथमिकतामा राखेका छन्,” क्यानेडियन क्रेडिट युनियन एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत मार्था डुरडिनले भन्नुभयो, “खासगरी यो वर्ष कोभिड १९ को महामारीले सदस्यहरुमा संकट र संशयको समयमा यहाँका क्रेडिट युनियनहरुले सदस्य लक्षित विभिन्न किसिमका राहत कार्यक्रमहरु कार्यान्वयन गरेका कारण सदस्यहरुले निश्चिन्त भएर स्वास्थ्यको ख्याल राख्न पाए ।” उहाँले “सदस्य सेवा उत्कृष्टता सम्मान” त्यसैको परिणाम भएको दाबी गर्नुभयो ।
 क्यानेडियन क्रेडिट युनियनहरुले कुल ११ मध्ये सात विधामा सम्मान प्राप्त गरेका छन् । तीमध्ये ४ वटा विधामा एकल सम्मान हात पारे । त्यहाँका क्रेडिट युनियनहरुले प्राप्त गरेका सम्मानहरुः
सदस्य सेवा उत्कृष्टता सम्मान (एकल विजेता)
मेरो व्यवसायका मूल्यहरु (एकल विजेता)
शाखा सेवा उत्कृष्टता सम्मान (एकल विजेता)
प्रत्यक्ष टेलिफोन बैंकिङ उत्कृष्टता सम्मान (एकल विजेता)
वित्तीय योजना तथा सुझाव सम्मान
अनलाइन बैंकिङ उत्कृष्टता सम्मान
एटीएम बैंकिङ उत्कृष्टता सम्मान

सन् १९८७ मा सुरु गरिएको कस्टमर सर्भिस इन्डेक्स ९सीएसआइ० को आधारमा सर्वेक्षणका आधारमा वार्षिक रुपमा सम्मानितहरु घोषणा गर्ने प्रचलन छ । यस वर्ष गरिएको करिब ५० हजार सर्वेक्षणका आधारमा सम्मानित गरिएको हो । क्यानाडामा क्रेडिट युनियनमा कुल ५८ लाख सदस्य आबद्ध छन् ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप