कोभिड नियन्त्रणमा महिला नेतृत्व बढी प्रभावकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड नियन्त्रणमा महिला नेतृत्व बढी प्रभावकारी

एक अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को महामारी नियन्त्रण प्रयासमा महिला नेतृत्वको भूमिका तुलनात्मक रुपमा बढी प्रभावकारी देखाएको छ । लैङ्गिक सन्तुलन सम्बन्धी बेलायतको एक अध्ययन कन्सलटेन्सी ट्वान्टी फस्टकी प्रमुख कार्यकारी अधिकृत अभिभाव विटनवर्गले महिला नेतृत्वबाट विश्व समुदायले धेरै कुरा सिक्न सक्ने दाबी गर्नुभयो । कोभिड संक्रमणको प्रारम्भिक चरणमै कडा कदम चाल्न सफल विश्वका महिला सरकार प्रमुख भएका देशहरुले सफलता प्राप्त गरेको उहाँले बताउनुभयो ।

विश्वका १ सय ९४ मुलुकहरुको अध्ययनले महिला नेतृहरु भएको मुलुकमा महामारी संक्रमणको पहिलो ३ महिनामा मृत्युदर न्यून रहेको देखाएको छ । यसको एउटा सम्भावित कारणमा ती मुलुकहरुले तत्कालै लकडाउनको कदम चालेका थिए । विश्वमा हाल ७ प्रतिशत मात्र महिला सरकार प्रमुख छन् । विटनवर्गले अल्पसंख्यक रुपमा रहेको विश्व महिला नेतृत्वबीच महामारी नियन्त्रणमा ४ वटा साझा गुणको सम्बन्ध स्थापित गर्नुभएको छ– 
विश्वास, निर्णयसक्षमता, प्रविधि र प्रेम ।

उल्लेखित ४ गुणहरुमध्ये ३ वटामा पुरुष नेतृत्वहरुको ध्यान गएपनि प्रेम वा सद्भाव जस्तो महत्वपूर्ण नेतृत्व शिल्पका विषयमा उनीहरुले ध्यान पुर्याउन नसकेको अध्ययनको निष्कर्ष छ । महिला नेतृत्वले प्रेम र सद्भावलाई अत्यावश्यक गुणको रुपमा व्यवहारबाट प्रमाणित गरेका कारण उनीहरुले सफलता प्राप्त गरेको विटनवर्गको तर्क छ । 

नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्ग

 सबैको सहभागिता                                                                                                                                                                                                                  सबैभन्दा सफल नेतृत्वले आफ्नो योजनामा सबैको सहभागिता सुनिश्चित गर्दछ । उनीहरुले व्यवहारबाट अनुभूति दिलाउँछन् कि हामी सबैको हेरविचार गर्छौं   कसैलाई काखा कसैलाई पाखा गर्दैनौं । त्यसको उदाहरण विटनवर्गले युरोपेली मुलुक नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गको दिनुभयो । नर्वेली प्रधानमन्त्रीले बालबालिकाहरुलाई कोरोना भाइरसका सम्बन्धमा अनावश्यक भय र आवश्यक सचेतनाका लागि आफ्नै अग्रसरतामा विशेष कार्यक्रम राख्नुभयो । “राजनीतिक रुपले भन्ने हो भने ती बालबालिका उनका मतदाता वा सम्भावित मतदाता पनि थिएनन् तर उहाँले त्यसलाई ध्यान नदिइ बालबालिकाको सुरक्षामा विशेष काम गर्नुभयो,” विटनवर्गले भन्नुभयो,“ यो काममा मतदाता र सत्ता वा शक्ति भन्दा पनि प्रेम र सद्भावले बढी काम गरेको थियो ।” 

सत्यतामा आधारित वैयक्तिक र व्यावसायिक अनुभवहरु आदानप्रदान
सार्वजनिक छवि सहितका राजनीतिज्ञ भएपनि व्यावसायिकसँगै वैयक्तिक र निजात्मक अनुभवहरुको आदानप्रदानले सम्बन्धलाई गाढा बनाउने अध्ययनले देखाएको छ । नेतृत्वले यस्तो सामाग्रीहरुको समयसापेक्ष सञ्चार गर्दा जनतासँग सम्बन्ध प्रगाढ बन्ने प्रमाणित भएको छ । उदाहरणको रुपमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आड्रेनको उदाहरण दिदैं विटनवर्ग भन्नुहुन्छ, “ उहाँले व्यक्तिगत फेसबुक पेजमार्फत अनौपचारिक तवरले दैनिक प्रश्नउत्तर सेसन चलाउँदै जनतासँग निकटता कायम गर्नुभयो । कोभिडका सम्बन्धमा उनीहरुका व्यक्तिगत जिज्ञासाहरुको समाधान र सावधानीका उपाय र स्वास्थ्य सर्तकताका बारेमा दैनिक जसो फेसबुक प्रत्यक्ष प्रसारण मार्फत जोडिदाँ जनताले एकदमै स्नेह महसूस गरे ।     न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आड्रेन

घरमा पहिरिने अनौपचारिक लुगा सहित फेसबुकमा प्रस्तुत हुँदै प्रधानमन्त्री आड्रेनले आफ्नो सानो छोरीलाई निदाउन कठिनाइ भएको गुनासो गर्दै व्यक्तिगत र व्यावसायिक जीवनका तीतामिठा घटनाहरुलाई नलुकाई सार्वजनिक गर्दा उहाँप्रति जनताको र जनताप्रति उहाँको प्रेम थप बढेको प्रमाणित भएको अध्ययनले भन्छ । यी सबै कारण र उहाँ नेतृत्वको सरकारले चालेको कडा कदमका कारण न्यूजिल्याण्डमा प्रारम्भिक १ सय दिन सम्म एउटा पनि कोरोना भाइरस संक्रमण देखिएको थिएन ।

सत्यवचन
“मायासँगै सत्यवचन एकदम आवश्यक छ,” विटनवर्ग भन्नुहुन्छ,“ सत्यले विश्वासको सृजना गर्दछ र सफल नेतृत्वले विवेकपूर्ण आशाको मात्र सञ्चार गर्दछ ।” जर्मन चान्सलर एङ्गेला मर्केलको उदाहरण दिदैं विटनवर्ग भन्नुहुन्छ,“ जनतालाई आफुले जानेको र गर्नसक्ने कुराहरु गर्ने र नजानेको वा गर्न असम्भव कुराहरुमा आश देखाउँदैनन् । प्रमाणित तथ्याङ्क र बरिष्ठ चिकित्सकहरुको सल्लाह सुझावका आधारमा जर्मनीमा कोरोना भाइरस नियन्त्रणका लागि कदम चालिएको मर्केलले बताउनुभएको प्रसङ्ग अध्ययनमा समावेश छ । सोही कारण अन्य मुलुकहरुको तुलनामा मृत्युदर न्यून गर्न जर्मनी सफल भएको विटनवर्ग–अध्ययनले देखाएको छ । केही समयअघि मात्र चान्सलर मर्केलले आगामी दिनमा अवस्था थप जटिल बन्ने संकेत मिलेको भन्दै कोरोना भाइरसलाई हल्कारुपमा नलिन आग्रह गर्नुभयो । अध्ययन भन्छ, “यसले पनि उहाँले सत्यलाई ढाकछोप नगर्नुभएको देखाउँछ ।”                                                                                                                                                                                                                                                                जर्मन चान्सलर एङ्गेला मर्केल

निर्णयसक्षमता
संकट र अनिश्चयको समयमा निर्णयसक्षमतामा हस आउने भएकाले असल र कुशल नेतृत्वले यसमा सदैव ख्याल राख्ने तर्क विटनवर्ग गर्नुहुन्छ । ताइवानकी अध्यक्ष साइङ्ग वेनले पनि सार्सको प्रकोपबाट शिक्षा लिएर बेलैमा सतर्कता सहित आवश्यक निर्णय लिएको देखाउँदछ । कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिनको व्यवस्था, मास्क, स्यानिटाइजर र पीपीइको पर्याप्तताका साथै पूर्वाधार विकासमा समेत समयमै निर्णय गरेर कार्यान्वयनमा लगेका कारण कोरोनाको संक्रमण नियन्त्रणमा उच्च सफलता मिलेको प्रमाणित भएको छ । सोही कारण कोरोना भाइरसले विश्वमकै सबैभन्दा कम मृत्यु वरण गर्ने मुलुकमा पर्छ ताइवान । त्यसैगरी, बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्णय क्षमताको पनि अध्ययनले प्रशंसा गरेको छ ।                  

ताइवानकी अध्यक्ष साइङ्ग वेन

प्रविधिको प्रयोग
महामारीले विश्वलाई प्रविधिको महत्व पुष्टि गरिदिएको छ । संकटका समयमा प्रविधि समाधान बनेर निस्केको जगजाहेर छ । आइसल्याण्डकी प्रधानमन्त्री कर्टिन ज्याकोब्सडटिरले प्रविधिमा आधारित स्क्रिनिङ र ट्रयाकिङलाई शुरुदेखि नै कडाइका साथ लागू गरेर सफलता प्राप्त गर्नुभयो । अहिले त आइसल्याण्डमा दोहोरो परिक्षण, पर्यटक र यात्रुहरुलाई अनिवार्य क्वारेन्टिनको नियम लागू गरिएको छ । त्यसैगरी, फिनल्याण्डकी प्रधानमन्त्री साना मरिनले कन्ट्याक्ट ट्रेसिङ एपका साथै सामाजिक सञ्जालको व्यापक प्रयोग बढाउँदै भाइरससम्बन्धी जानकारी, सन्देश, समाचार र शिक्षा प्रदान गरेका कारण त्यहाँ महामारी नियन्त्रणमा ठूलो सफलता मिलेको विटनवर्ग–अध्ययनले देखाएको छ । ताइवानले पनि प्रविधिको प्रयोगलाई पहिलाभन्दा दोब्बर वृद्धि गरेको जनाइएको छ ।  आइसल्याण्डकी प्रधानमन्त्री कर्टिन ज्याकोब्सडटिर

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना                                                                                 फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन                                                                                                                                  

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप