१० दिने आवासीय प्रशिक्षक प्रशिक्षण शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
१० दिने आवासीय प्रशिक्षक प्रशिक्षण शुरु

काठमाडौंं । राष्ट्रिय युवा परिषद्को संयोजन, अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र नेफ्स्कूनको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठनले प्रमाणिकीकरण गरेको क्थ्द्यरन्थ्द्य को १० दिने आवासीय प्रशिक्षक प्रशिक्षण आजबाट नगरकोटमा शुरु भएको छ । प्रशिक्षक प्रशिक्षणमा राष्ट्रिय यूवा परिषद र नेफ्स्कून व्यवस्थापन एवं सहकारी अभियानबाट प्रशिक्षार्थीहरु सहभागी छन् । स्वरोजगार  र आर्थिक रुपान्तरणका लागि उद्यमीहरुको निर्माण एवं प्रवर्धन अपरिहार्य भएको र त्यसका लागि आवश्यक दक्ष जनशक्ति अभावलाई पुरा गर्न अन्तर्राष्ट्रिय श्रम संगठनद्धारा विकास गरिएको परिवर्तित एवं अद्यावधिक मोड्युलमा प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको हो । स्वास्थ्य सुरक्षा एवं सर्तकताको नियमहरुलाई अवलम्बन गर्दै तालिम शुरु भएको हो । 

अर्थ मन्त्री विष्णु पौडेलले (अभौतिक उपस्थिति) तालिम शुभारम्भ गर्दै कोभिड १९ को कारणबाट देशको अर्थतन्त्रमा थपिएको चुनौतीको यस घडीमा युवाहरुलाई स्वरोजगारतर्फ आकर्षण गर्न यस्ता तालिमहरु फलदायी हुने अपेक्षा सहित तिन खम्बे अर्थतन्त्रमा सहकारीमार्फत उद्यमशिलता विकासलाई राज्यले पनि चासोको साथ हेरेको बताउनुभयो । प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन एवं स्वागत गर्दै नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानमा सहकारीमार्फत उद्यमशिलता विकासको अवधारणालाई मुर्तरुप दिन नेफ्स्कूनको रणनितिक योजना २०७७ मा समावेश गरि ई कमर्स प्लेटफर्म, व्यवसाय विकास केन्द्र, उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण लगायतका क्रियाकलापहरुलाई अगाडी बढाएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले राष्ट्रिय युवा परिषदलाई युवाहरुको लागि सूचना केन्द्रको रुपमा विकास गर्दै लैजाने र युवाहरुमा देखिएको विचलनलाई न्यूनिकरण गर्दै आत्मनिर्भर, स्वावलम्बी भावनाको विकासका लागि युवा परिषद परिणाममुखी कामका साथ अगाडी बढेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीलाई महत्वपूर्ण पक्षको रुपमा विश्वले स्विकार गरेको र उद्यमशिलता विकासबाट मात्र दीगो विकास लक्ष्यका धेरै सूचकहरुमा उपलब्धी हाँसिल गर्न सकिने बताउनुभयो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहीले सबै मानिसहरुमा फरक फरक खुबी हुने र सो खुबीलाई पहिचान गरि काम गर्न सकेमा जिवनमा सफलता मिल्ने बताउनुभयो ।

आई एल ओ कन्ट्रि डाइरेक्टर डा. रिचर्ड हावर्डले नेपालको श्रम बजारमा वर्षेनी आउने ५ लाख युवाहरुलाई जागिर खोज्ने प्रवृत्तिबाट जागिर दिन सक्ने रोजगारदाता बनाउन उद्यमशिलताको व्यवहारिक ज्ञान सीपमा जोड दिनुभयो । उद्घाटनको समापन गर्नै नेफ्स्कून वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीलाई पूँजी, सीप, नेतृत्व विकास सबै अवसरको संगमको रुपमा विकास गर्न यो तालिम फलदायी हुने बताउनुभयो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, सञ्चालक सदस्य जनक खत्री, निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाको भौतिक उपस्थिति रहेको थियो भयो अन्य केही सञ्चालकहरु अभौतिक रुपमा समेत जोडिनुभएको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप