गुल्मीको लेकाली स्वावलम्बनले मनायो ३० औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीको लेकाली स्वावलम्बनले मनायो ३० औं स्थापना दिवस

गुल्मी । लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीले ३० औँ स्थापना दिवस मनाएको छ । रेसुङ्गा नगरपालिका–१ मा अवस्थित यस सहकारीले गत बुधबार स्थापना दिवसको अवसरमा सदरमुकाम तम्घासमा रचनात्मक कार्यक्रमहरु गरेको थियो । सदरमुकाम तम्घासको मुटुमा अवस्थित चिदिचौरमा संस्थाका उपाध्यक्ष गणेश श्रेष्ठको संयोजकत्वमा सरफाई गरेको थियो ।  दिउँसो सल्लाहकार गोपाल पन्थीको संयोजकत्व र नेपाल स्वयंसेवी रक्तदाता समाज तम्घासको सहयोगमा यस संस्थाका सेयर सदस्यहरुको रक्त पहिचान कार्य गरिएको थियो । आवश्यक परेको समयमा रक्तदान गर्ने उद्देश्यले संस्थाका ५४ जना सेयर सदस्यहरुको रक्त पहिचान गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज तम्घासका अध्यक्ष नवराज मरासिनीले बताउनुभयो । 

रक्त पहिचान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष नवराज मरासिनी, सचिव कृष्ण पाण्डे, कोषाध्यक्ष ध्रुव पाण्डेको सहभागिता रहेको थियो । रक्तदाता समाजलाई सहकारीको तर्फबाट अझ यस कार्यलाई निरन्तरता दिनका लागी थप सहजहोस भन्ने उद्देश्यले आर्थिक सहयोग समेत गरिएको संस्थाकी व्यस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिका–१ क्याम्पस रोडमा रहेको संस्थाको कार्यालयमा साँझ दीप प्रज्वलन गरिएको थियो । 

स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रममा यस संस्थाका देब बहादुर बस्नेत, यम बहादुर थापा, मुकुन्दहरी गौतम, ददिराम नेपाली, पूर्व उपाध्यक्ष चनक कुँवर, लेखा समितिका संयोजक एवम संस्थाका सचिव बल बहादुर कुँवर, सेयर सदस्यहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।  यस सहकारी संस्था लिमिटेडले ६३ वर्ष उमेर पुगेका आफ्ना सेयर सदस्यहरुलाई जेष्ठ नागरिक भत्ता वितरण गर्दै आएको छ । यस सहकारीमा अहिले कुल सेयर सदस्य संख्या २ हजार ८ सय ५० रहेको छ । त्यसमध्ये अहिले ६३ वर्ष उमेर पुगेका ७० जना जेष्ठ नागरिकहरुलाई प्रत्येक महिना जेष्ठ नागरिक भत्ता प्रदान गर्दै आइरहेको व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी, साकोसमा आवद्ध ‘क’ र ‘ख’ वर्गका अपाङ्गता परिचयपत्र भएका सेयर सदस्यलाई समेत भत्ता वितरण गर्दै आइरहेको छ । अहिले ६ जना फरक क्षमता भएका सेयर सदस्यहरुले प्रत्येक महिना भत्ता प्राप्त गरिरहेका छन् । रेसुङ्गा नगरपालिका कार्य क्षेत्र रहेको यस सहकारीले सेयर सदस्यहरुलाई दैवीप्रकोप सहयोग, जटिल प्रकारका रोगहरु क्यान्सर, मुटु, मृगौला रोगको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ । 

तत्कालीन अवस्थामा ग्रामीण क्षेत्र भएकोले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच थिएन । जसका कारण स्थानीयहरु आफ्नो आर्थिक गर्जो टार्नको लागि साहू महाजनकोमा गई चर्को व्याजदरमा ऋण लिन बाध्य थिए ।  सोही पक्षलाई मध्यनजर गर्दै निम्न आयस्तर भएका व्यक्तिहरुलाई संगठित गरि समाजमा छरिएर रहेको स–सानो रकमलाई संकलन गरि सोही रकमबाट आफ्नो आर्थिक समस्या समाधान गर्ने उद्देश्यले शुरुमा २७ जना सेयर सदस्यबाट १ थान शेयर खरिद गरि रु २ हजार ७ सय र मासिक रु ३० रुपैयाँका दरले नियमित बचत जम्मा गरि साकोसको शुभारम्भ गरिएको थियो । 

संस्थाले किसान, श्रमिक, साना व्यापारी, उद्यमी र सर्वसाधारण लगायतबाट बचत संकलन गरी संकलित रकमलाई सीपमूलक, उद्यमशील व्यवसायमा लगानी गरि सदस्यहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।  यस सहकारीको शेयरपुँजी ५ करोड १८ लाख १९ हजार ३ सय रहेको छ । बचत रु ४० करोड ३७ लाख ८ हजार ८ सय ४१ रहेको संस्थाकको ३५ करोड ४७ लाख ३७ हजार ३ सय ८९ रुपैयाँ ऋण लगानीमा रहेको व्यस्थापक बस्नेतले जानकारी दिनुभयो । 

संस्थाको संस्थागत पुँजी २ करोड ४७ लाख ६६ हजार २ सय ५२ रुपैयाँ रहेको छ  भने सम्पत्ति तथा दायित्व ५० करोड १ लाख ३६ हजार ५ सय ३९ रुपैयाँ रहेको छ । गत मंसिर १२ गते देखि २७ गते सम्म सम्पन्न यस सहकारीको २८ औं वार्षिक साधारणसभाको अवसरमा सेयर लाभांश कोषबाट ८ प्रतिशत लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट ऋणको ब्याजमा ३.२० र बचतको ब्याजमा २.८८ प्रतिशतका दरले रकम वितरण समेत गरेको बस्नेतले जानकारी दिनुभयो ।  संस्थाले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा सहभागी भई २०७६ र २०७७ सालमा प्रोवेसन ब्रान्ड प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको एक्सेस कार्यक्रममा सम्झौता गरी आफ्नो क्रियाकलापहरु सुरु गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप