नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण सम्पन्न

बाँके । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्ज बाँकेमा नेफ्स्कून र बचत संघ बाँके बीच जोखिममा आधारित साकोस सुपरिवेक्षण ( कर्ब्स ) अभिमुखीकरण सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकास ज्ञवाली को अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य मिना सिग्देल लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३०  वटा बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जनाको सहभागिता थियो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि संघ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रममा बचत संघ मार्फत आबद्ध हुनुपर्नेमा जोड दिँदै नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अतिथि प्रेम प्रसाद सुवेदीले  साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कून र बचत संघमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो ।

नेफ्स्कूनको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम, यसको औचित्य र दुरगामी प्रभावका सम्बन्धमा नेफ्स्कून का तर्फबाट प्रस्तुति सहित सहजिकरण गरिएको थियो । नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तब्य बचत संघका लेखा संयोजक कृष्णा पाठकले गर्नुभएको थियो । सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुगानाले र औपचारिक सञ्चालन बचत संघका सचिव प्रेम बहादुर शाहले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप