नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण सम्पन्न

बाँके । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्ज बाँकेमा नेफ्स्कून र बचत संघ बाँके बीच जोखिममा आधारित साकोस सुपरिवेक्षण ( कर्ब्स ) अभिमुखीकरण सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकास ज्ञवाली को अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य मिना सिग्देल लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३०  वटा बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जनाको सहभागिता थियो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि संघ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रममा बचत संघ मार्फत आबद्ध हुनुपर्नेमा जोड दिँदै नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अतिथि प्रेम प्रसाद सुवेदीले  साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कून र बचत संघमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो ।

नेफ्स्कूनको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम, यसको औचित्य र दुरगामी प्रभावका सम्बन्धमा नेफ्स्कून का तर्फबाट प्रस्तुति सहित सहजिकरण गरिएको थियो । नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तब्य बचत संघका लेखा संयोजक कृष्णा पाठकले गर्नुभएको थियो । सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुगानाले र औपचारिक सञ्चालन बचत संघका सचिव प्रेम बहादुर शाहले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप