विश्वका ३ सय ठूला सहकारीको सूची सार्वजनिकः भारतका २ सहकारी पहिलो र दोस्रो नम्बरमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्वका ३ सय ठूला सहकारीको सूची सार्वजनिकः भारतका २ सहकारी पहिलो र दोस्रो नम्बरमा

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले विश्वका ३ सय ठूला  सहकारीहरुको सूची सार्वजनिक गरेको छ ।  गएराती भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको विश्वका शक्तिशाली सहकारीहरुको सूचीमा दुई भिन्न आधारहरुमा उत्कृष्ट ३ सयको दुई वटा सूची सार्वजनिक गरिएको हो । विश्वभरबाट २ सय जनाको सहभागितामा वेबिनारमार्फत सार्वजनिक गरिएको प्रतिवेदनको पहिलो सूचीको आधार वार्षिक कारोबार तय गरिएको छ भने दोस्रो आधार कुल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात तय गरिएको छ ।

सन् २०१८ लाई आधार मानिएर सार्वजनिक गरिएको प्रतिवेदनको पहिलो सूची अनुसार कुल २१४६ विलियन अमेरिकी डलरको योगदान सहित १०४ कृषि सहकारीहरु पहिलो १०१ वटा बीमा सहकारीहरु दोस्रो स्थानमा अटाएका छन् । सूचीमा ३३ वटा हालसेल तथा खुद्रा सहकारीहरु र २१ उपभोक्ता सहकारीहरुको समग्र योगदान तेस्रो स्थानमा देखिएको छ भने २१ वित्तीय सहकारीहरु चौथो स्थानमा छन् । 
विषयगत आधारमा हेर्ने हो भने उत्कृष्ट ३ सयको सूचीमा करिब आधा अर्थात् १ सय ३३ सहकारी उत्पादन र त्यसमा पनि बिशेषतः कृषिमा संलग्न छन् । म्युचुअल सहकारीहरु ८३ वटा छन् भने उपभोक्ता सहकारी ६५ वटा छन् भने बाँकी वित्तीय सहकारीहरुले ओगटेका छन् । यो सूचीमा जम्मा ३ वटा श्रमिक सहकारी समावेश छन् ।  यो सूचीमा समाविष्ट सहकारीहरुमध्ये अधिकांश ठूला औद्योगिक राष्ट्रहरु रहेको प्रतिवेदनले दखाएको छ । अमेरिकाका ७४, फ्रान्सका ४४, जर्मनीका ३० जापानका २४, नेदरल्याण्ड्सका १८ र इटालीका १२ सहकारीहरु यो सूचीमा अटाएकाछन्। . ।

दोस्रो आधारमा गरिएको अध्ययन विश्लेषणले भने फरक अवस्था देखाएको छ । यो आधारमा भारतका दुई ठूला सहकारीहरु इफ्को र गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेशन क्रमश पहिलो र दोस्रो नम्बरमा परेका छन् ।

८ औं संस्करणका रुपमा WCM 2020 प्रतिवेदन सार्वजनिक गरेको हो । आइसीए तथा सहकारी तथा सामाजिक उद्यमसम्बन्धी अनुसन्धान गर्ने युरोपेली निकाय European Research Institute on Cooperative and Social Enterprise (Euricse) ले विषयविज्ञहरुको समूह International Cooperative Entrepreneurship Think Tank (ICETT) को सहयोग एवम् प्रत्येक वर्ष गरिने तथ्याङ्क संकलन विधि अवलम्बन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ ।

१ सय २९ पृष्ठको प्रतिवेदनमा कोभिड १९ ले विश्व सहकारी क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा पनि विश्लेषण गरिएको छ । यस भागमा चुनौतीहरुको सामनाका लागि केही सहकारी र नीति निर्माताहरुले लागू गरेका असल अभ्यासहरुलाई पनि समावेश गरिएको छ । प्रतिकूलताका बाबजूद सहकारीहरुले नवप्रवर्तनसँगै सामना शक्ति विकास गरेको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले दिगो विकासको लक्ष्यहरुमध्ये लक्ष्य १३ जलवायु कार्यको विश्वव्यापी समस्य सम्बोधनका लागि भएगरेका प्रयासहरु बारे पनि उल्लेख गरिएको छ । यसका लागि खासगरी ठूला सहकारीहरुको भूमिका खोजी गर्दै आगामी दिनमा शक्तिशाली सहकारीहरुले गर्नुपर्ने कामका विषयमा पनि प्रतिवेदनले बोलेको छ । जलवायु कार्यमा सहकारीको भूमिका विषयमा बेलायतको मिडकाउन्टीज् कोअपरेटिभ (उपभोक्ता सहकारी) को अन्तर्वार्ता र नेदरल्याण्ड्सको राबो बैंकको नमूना अध्ययन प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप