‘सदस्यहरुको मन जित्न एक्सेस् कार्यक्रममा आबद्ध भयौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यहरुको मन जित्न एक्सेस् कार्यक्रममा आबद्ध भयौं’

गोपाल बारकोटी
अध्यक्ष, लेटाङ साकोस, मोरङ

(मोरङ जिल्लाको लेटाङ नगरपालिका ४ स्थित लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र संस्थाबीच हिजो औपचारिक सम्झौता समेत भएको थियो । 

यसै सन्दर्भमा साकोस आवाजले उक्त साकोसका संस्थापक सदस्य, १२ वर्ष सचिव हुँदै गत मंसिरबाट दाश्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित सहकारी अभियन्ता गोपाल बारकोटीसँग संस्थाको गतिविधि र एक्सेस्मा आबद्ध हुनुको कारण बारे आज टेलिफोन सम्वाद गरेको छ । प्रस्तुत छ उक्त सम्वादको सारः)

एक्सेस् कार्यक्रममा सम्झौता गर्नुभयो ? यसको उद्देश्य के हो ? 

एक्सेस् कार्यक्रम–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्ने एशिया क्षेत्रका बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता मापन एवम् स्तरीकरण गर्ने कार्यक्रम हो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस कार्यक्रमको उद्देश्य वित्तीय कारोबार गर्ने सहकारीहरुको बिशिष्ट सेवा, पहिचान र दक्षताको आधार स्थापित गर्नु हो भन्ने हाम्रो बुझाई रहेको छ । 

हामी सदस्य केन्द्रीत संस्था हौं । सदस्यको सन्तुष्टि नै हाम्रो उपलब्धि हो । जसरी प्रोबेशनमा सामेल भएपछि सेयर सदस्यहरु, बचतकर्ताहरु, ऋणीहरु, कर्मचारीहरु र सञ्चालकहरु हामी सुरक्षित तवरबाट कारोवार गरिरहेका छौं भन्नेमा आश्वस्त हुनुहुन्थ्यो अब त्यसको स्तर थप बढाउन अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सामेल भएका हौं । गुणस्तरीयता र व्यावसायिकीकरणबीच तालमेल मिलाउन, असल अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आन्तरिकीकरण गर्न, दिगो र प्रभावकारी सेवा प्रवाह गर्दै आम सदस्यहरुलाई सबै किसिमको सन्तुष्टि प्रदान गर्न एक्सेस्मा सहभागी भएका हौं । एक्सेस् कार्यक्रममा सहभागिताका विषयमा लामो छलफल र गृहकार्य पछि गत मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित गरेका हौं । अर्को रुपमा भन्ने हो भने यो हाम्रो नेफ्स्कूनप्रतिको विश्वसनीयताको द्योतक पनि हो । 

एक्सेस्मा आबद्ध भएपछि अब चुनौतीहरु थपिने छन् ?
स्वाभाविक रुपमा एउटा कार्यक्रम भन्दा माथिल्लो स्तरको कार्यक्रममा आबद्ध भएपछि चुनौती त थपिन्छ नै । सबै सूचकहरुमा आवश्यक स्कोर गर्न सजिलो पक्कै छैन । हाम्रो कार्यक्षेत्र भित्र सबै वित्तीय सहकारीहरु यो किसिमको गुणस्तर सुनिश्चिचतता सम्बन्धी कार्यक्रममा आबद्ध छैनन । अनेकताभित्र एकता खोज्न मुश्किल त छ नै । फेरि हामी ग्रामीण क्षेत्रमा काम गर्ने संस्था हौं तर हामी सञ्चालक समिति, व्यवस्थापन समूह र सदस्यहरुलाई के थाहा छ भने प्रोबेसनले हामीलाई यहाँसम्म ल्याइपुर्यायो भने अब एक्सेस्ले हामीलाई यहाँभन्दा अझ माथि लान्छ र त्यसका लागि सबैको साथ र सहयोग अनि नेफ्स्कूनको निरन्तरको पृष्ठपोषणले हामी ब्रान्ड पाउन सफल हुन्छौं भन्ने आत्मविश्वास साथ सहभागी भएका हौं । फेरि धेरै सूचकहरु प्रोबेसनसँग मिल्ने भएकाले पनि अब काम गर्न धेरै कठिन नहोला भन्ने अपेक्षा गरेका छौं । यो अवसर छोड्नु हुँदैन भन्ने सबैलाई लाग्यो ।

सदस्यहरुले प्रोबेशन, एक्सेस् आदि गुणस्तर सुनिश्चितता कार्यक्रमका विषयमा बुझ्नुभएको छ ?
यी कार्यक्रममा सहभागिता र यिनले संस्थामा पारेका प्रभावका विषयमा हामीले निरन्तर सदस्यहरुलाई जानकारी गराएका छौं । निरन्तर सहकारी शिक्षामा सहभागी हुने सदस्यहरुले धेरै कुराहरु बुझ्नुभएको छ । बुझेर नै उहाँहरुले संस्थासँगको कारोबारलाई पहिलो प्राथमिकता दिनुभएको पाएका छौं । प्राविधिक विषयमा सबै जनाले सबै कुरा नबुझेपनि नेफ्स्कूनले सञ्चालन गरेका यस्ता कार्यक्रमले संस्थालाई मजबूत बनाएको छ भन्ने विषयमा एक किमिसको आम सदस्यको बुझाई बनेको अवस्था छ र एक्सेस्का बोरमा अब फेरि हामी विभिन्न प्लेटफर्ममार्फत जानकारीहरु उपलब्ध गराउँछौ । मुख्य कुरा बचत र ऋण सुरक्षित छन्, लगानी सुरक्षित ठाउँमा गरेको छ, सबै सूचनाहरु उपलब्ध गराएको छ, सबै सदस्यलाई समान व्यवहार गरेको छ भन्ने अधिकांश सदस्यको बुझाई पाएका छौं ।

ब्रान्डको कुरा गर्नुभयो बजारमा यसका सम्बन्धमा बुझाईमा कमी भएको हो कि ? 
मलाई पनि त्यही लाग्छ । पछिल्लो समय सञ्चारमाध्यममा नेफ्स्कूनको गुणस्तरीय सुनिश्चितता सम्बन्धी कार्यक्रमका विषयमा टीका टिप्पणीहरु पढ्न सुन्न पाइयो जसमा कुनै सत्यता नभएको विकसित घटनाक्रमले पुष्टि गरेकै छन् र हाम्रो सन्दर्भमा पनि त्यस्ता आरोपहरु निराधार पुष्टि भएका छन् । 

म यहाँलाई जानकारी गराउ, हामी पहिलो पटक प्रोबेशन कार्यक्रममा आबद्ध भएको वर्ष असफल भयौं र दोस्रो र तेस्रो पटक लगातार ब्रान्ड प्राप्त गर्न सफल भयौं । पहिलो पल्ट असफल हुँदा पनि हामीले कसैलाई केही गुनासो गरेनौं बरु भएका कमजोरीहरु सुधार गर्दै लग्यौं र दोस्रो पल्ट र तेस्रो पल्ट ब्रान्ड पायौं । हामीले ब्रान्ड प्राप्त गर्न एक रुपैयाँ पनि नचाहिदो खर्च गरेका छैनौं, कसैलाई लबिङ गरेनौं । नेफ्स्कूनबाट अडिटमा आउनेहरुले बरु आफ्नो खानको पैसा आफैले तिर्नुभयो हामीलाई तिराउनुभएन । त्यही भएर बजारका कुराहरु केवल हल्ला हुन भन्नेमा हामी ढुक्क छौं । यस्ता कुराबाट सचेत बन्दै झन असल नियतका साथ काममा लाग्ने प्रेरणा भने नेफ्स्कून र आबद्ध हुने संस्थाहरुलाई मिल्छ भन्ने लाग्छ ।

नेफ्स्कूनका आबद्ध भएपछिका फाइदाहरु के पाउनुभएको छ ?

सबभन्दा मुख्य कुरा हामी गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भयौ र लगातार २ पटक प्रोबेसन ब्रान्ड प्राप्त गर्न सफल भयौं । यो केवल देखाउनको लागि ब्रान्ड मात्र होइन, यसले सबभन्दा मुख्य कुरा हाम्रा सदस्यहरुलाई, सञ्चालकहरुलाई र कर्मचारीहरुलाई हाम्रो संस्था वित्तीय रुपमा सुरक्षित छ, बचत र ऋण लगानी सुरक्षित छ, विधि र नियमसंगत ढंगले संस्था सञ्चालन भएको छ भन्ने विश्वास जागृत गराएको छ । समाजमा सहकारीले गरेको धेरै राम्रा कुराहरु ओझेलम पर्ने तर कुनै सहकारीको खराबी भुसको आगो सरी फैलने संवेदनशील परिस्थितिकाबीच हाम्रो मिहिनेत परिश्रम सही ठाउँमा सही रुपमा प्रयोग भैरहेको छ भन्ने प्रत्याभूति हामीलाई दिलाएको छ । यसबाहेक नेफ्स्कूनले तरलता व्यवस्थापन, ऋण र बचत जस्ता वित्तीय सेवा  र परामर्श, सल्लाह सुझाब जस्ता गैर वित्तीय सहयोग प्रवाह गरेको त छदैछ ।

नेफ्स्कूनको भूमिकालाई कसरी हेर्नुभएको छ ?
हामीले बुझेसम्म हाम्रो अभिभावक संघ नेफ्स्कूनले आफ्ना सदस्यहरुलाई समुदायमा बिशिष्ट छवि सहित सुशासित, गुणस्तरीय र विश्वसनीय बनाउन विभिन्न किसिकमका तालिम, शिक्षा, गोष्ठी, सेमिनार र भेलाहरु सञ्चालन गर्दै आएको छ । छाता संगठन भएकोले नेफ्स्कूनको दायित्व भनेको कसरी आफन सदस्यहरुलाई समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्ने दिगो, बलियो र वित्तीय रुपमा स्वस्थ्य सहकारी बनाउने हो भन्ने लाग्छ । त्यसैको परिणति हो गुणस्तर सुनिश्चिचता सम्बन्धी एक्सेस्, प्रोबेसन, कर्बर्स, आधारशिला, सार जस्ता कार्यक्रमहरु । फिल्ड कार्यालयहरुबाट पनि नेफ्स्कूने वित्तीय र गैर वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ । हामी चाहन्छौं हालको सहकारी ऐन र नियमावलीमा भएका कतिपय व्यवधानहरु हटाउँदै तिनलाई सहकारी मैत्री बनाउन र छुट्टै साकोस ऐन निर्माणको लागि यसले बहस पैरवीलाई घनीभूत बनाउँदै लगोस् । तालिम, शिक्षा र सुशासन प्रवर्धनका नियमित कार्यक्रम त छदैछन् ।

अन्त्यमा, लेटाङ साकोस बारे केही बताइदिनुहुन्छ कि ?
लेटाङ साकोसको स्थापना २०५० साल मङसिर २९ गते भएको हो । लेटाङ नगरपालिका भर कार्यक्षेत्र रहेको संस्थामा हाल ३ हजार बढी सदस्य हुनुहुन्छ जसमध्ये ५५ प्रतिशत महिला सहभागिता छ । वित्तीय अवस्थाको बारेमा भन्नुपर्दा हामीसँग ३ करोड ५० लाख सेयरपुँजी रहेको छ भने ऋण लगानी २९ करोड ५० लाख छ । हाल एकल कार्यालय रहेको संस्थामा ८ जना कर्मचारी हुनुहुन्छ भने केही इन्टर्न पनि रहनुभएको छ । हामीले विप्रेषण सेवा पनि विगत लामो समयदेखि प्रवाह गर्दै आएका छौं । हाल संस्थाले १३ वटा बचत र १६ वटा ऋण सेवा प्रदान गरेको अवस्था छ । गएको साधारण सभाबाट हामीले १२.५ प्रतिशत सेयर लाभांश वितरण गर्ने निर्णय गर्यौं । कोभिड अघि सम्म तरलताको स्थिति राम्रो रहेपनि अहिले भने केही अधिक छ । लगानीका प्रमुख क्षेत्रहरुमा व्यापार व्यवसाय र कृषि छ ।

(लेटाङ साकोसका व्यवस्थापक सीताराम न्यौपानेको सहयोगमा)
 

भर्खरै
जनकपुरमा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया सम्बन्धी तालिम
जनकपुरमा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया सम्बन्धी तालिम

२३ घण्टा अगाडि

संगम आयआर्जन साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
संगम आयआर्जन साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

देउराली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
देउराली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

चितवन स्थित गणेशस्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित गणेशस्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

रौतहट स्थित संकल्प साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रौतहट स्थित संकल्प साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश २०८३ उपर साकोस अभियन्ताहरूबीच छलफल
सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश २०८३ उपर साकोस अभियन्ताहरूबीच छलफल

१ दिन अगाडि

चितवन स्थित कृषक उपकार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित कृषक उपकार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

लोकप्रिय
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।
सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।

६ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

३ दिन अगाडि

सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।
सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।

६ दिन अगाडि

सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।
सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।

६ दिन अगाडि

सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।
सम्पत्ती सामान लिलाम विक्री सम्बन्धी शिलबन्दी दरभाउपत्र बारेको सूचना ।

६ दिन अगाडि

पाठकबाट थप