साकोसमा सदस्यको वित्तीय सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमा सदस्यको वित्तीय सहभागिता

 

                                केशवप्रसाद पोख्रेल 
निवर्तमान कोषाध्यक्ष, नेफ्स्कून 

बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य केन्द्रीत वित्तीय कारोवार गर्ने संस्थाहरु हुन् । संस्थाको वित्तीय व्यवस्थापन गर्ने औजारको रुपमा पल्र्स अनुगमन प्रणालीलाई अवलम्वन गरिन्छ । पर्ल्सले वासलात र आय विवरणको विश्लेषण र व्यवस्थापनमा विशेष महत्व राख्दछ । वासलातको विश्लेषण कुल सम्पत्तिको अनुपातमा गरिन्छ भने आय विवरणको विश्लेषण औसत कुल सम्पत्तिको अनुपातमा गरिन्छ । कुल सम्पत्तिको अनुपातमा शेयर, संस्थागत पूँजी, बचत निक्षेप, वाह्य ऋणको स्थिति के छ भन्ने कुरा वासलताबाट जानकारी प्राप्त गर्न सकिन्छ । औसत कुल सम्पत्तिको अनुपातमा कुल आय फरकता (Total income Margin), सञ्चालन खर्च, ऋण सुरक्षण खर्च, अपलेखन खर्च र अन्य खर्चको अवस्था र खुद बचतको अवस्था आय विवरणको विश्लेषणबाट जानकारी प्राप्त गर्न सकिन्छ । पल्र्स विश्लेषणबाट अवस्थाको पहिचान भई सबल पक्ष र समस्याको बारेमा जानकारी पाउन सकिन्छ । समस्या भनेको परिमाण हो भने कमजोरी भनेको कारण हो । समस्या पत्ता लागेपछि कारणहरु पत्ता लगाउनु पर्छ । कारणहरु पत्ता लगाउँदा Product, Price, Place, Protion, Personnel, Process, Policy, Planning, Physical, Nature Evidence बाट खोज्नु पर्ने हुन्छ । 

 यिनै कमजोरीहरुका कारण मध्ये उत्पादन तथा सेवामा सदस्य सहभागिताको न्यून उपस्थिति महत्वपूर्ण मान्न सकिन्छ । चाहे शेयर पूँजीम होस, चाहे बचतमा होस्, चाहे ऋण लगानीमा होस् , सदस्य सहभागिताको स्थिति न्यून रहेमा यसले संस्थामा जोखिम निम्त्याउन सक्छ । संस्थामा सदस्यहरुको बित्तीय सहभागिताको स्तरले के कस्ता समस्या उत्पन्न हुनसक्छन् भन्ने कुरा यहाँ प्रष्ट्याउने प्रयत्न गरिएको छ । 

. शेयर पूँजीमा सदस्य सहभागिता ः 


सहकारी ऐन २०७४ ले शेयर पूँजी बिक्री सम्वन्धी व्यवस्थामा  “सहकारी संस्थाले एकै सदस्यलाई आफ्नो कुल शेयर पुँजीको बीस प्रतिशत भन्दा बढी हुने गरी शेयर बिक्री गर्न सक्ने छैन” भनिएको छ । यो दफाको उद्देश्य शेयर पूँजीमा नियन्त्रण गर्न खोजेको भएता पनि यो व्यवस्थाले शेयर पुँजी थपमा नियन्त्रण गर्न सक्दैन । एउटा संस्थाको विद्यमान शेयर पूँजी ५० लाख छ, अब त्यो संस्थामा नयाँ सदस्यले प्रवेश गर्दा ५० लाखको २०% बरावरको शेयर किन्न चाहेमा रु १० लाख शेयर किन्न पाउने भयो अब त्यसको एक महिना पछि संस्थाको शेयर पुँजी बढेर ८० लाख भयो र अब त्यही सदस्यले फेरी शेयर थप गर्न चाहेमा १८ लाख सम्म शेयर पु¥याउन सक्ने भयो यसो गर्दा त्यो सदस्यले अब ६ लाख शेयर पूँजी थप्न सक्ने भयो । यसो गर्दा एउटै सदस्यले अनवरत रुपमा शेयर पूँजीको बढीमा २०  सम्म शेयर थप्न सक्ने व्यवस्था भएमा मात्र शेयरमा नियन्त्रण हुन्छ । संस्थामा शेयर पूँजी बढी भएमा सदस्यलाई बढी लाभांश दिन सकिदैन । अर्को कुरा संस्थामा निश्चित सदस्यको मात्र शेयर पूँजी वृद्धि भएमा सदस्यको शेयरपूँजीको सहभागिताको वितरणमा असन्तुलन पैदा हुन्छ । जसले वितरणलाई समेत प्रभाव पार्दछ । 

पर्ल्स ले कुल सम्पत्तिको अनुपातमा शेयरपूँजी १०–२० प्रतिशत सम्म व्यवस्थापन गर्नुपर्छ भनेको छ । यस आधारलाई हेर्ने हो भने कुनै ५ लाख कुल सम्पत्ति भएको संस्थामा १२% शेयरपूँजी छ भने जम्मा शेयर पुँजी ६०,०००। हुन्छ । यो शेयर पुँजीको अवस्थालाई राम्रो मान्न सकिन्छ । तर यदि त्यो संस्थामा २०० जना सदस्य छन् भने १९५ जना सदस्यको चाही एक एक कित्ता शेयरपुँजी रु १९५०० मात्र र ५ जना सदस्यको ८१०० कित्ता को दरले ४०,५००। शेयर पूँजी हुँदा पनि कुल सम्पत्तिको अनुपातमा १२ प्रतिशत शेयरपूँजी पुग्छ । अर्काे कुरा शेयर पूँजीको २०% भन्दा बढी पनि शेयर पूँजी छैन । यस्तो अवस्थामा शेयरपूँजीमा सदस्यहरुको सहभागिताको स्तर अनुपात असुन्तलित हुन जान्छ । त्यस संस्थामा ५ जना सदस्यहरुको स्वार्थ लाभांसमा केन्द्रीत हुन्छ । यसैले संस्थामा शेयर पूँजीमा सदस्यहरुको सहभागितास्तर क्रमशः वृद्धि गर्दै जानु आवश्यक हुन्छ । मापदण्ड २०६५ र संशोधन २०६६ ले संस्थाले शेयरपूँजीको १० गुणा सम्म बचत गर्न सक्ने छन् भन्नुको अर्थ बचत वृद्धिको अनुपातमा सम्पुर्ण सदस्यहरुले शेयर पनि थप्दै जानुपर्छ भन्ने यसको आशय हो । 

अर्को कुरा    कुल शेयर पूँजी .     ६०,०००
                  सदस्य संख्या          २००          बराबर ३०० 

भन्नु को अर्थ प्रत्येक सदस्यको शेयरपूँजी कम्तिमा रु ३०० कायम गर्न सकेमा सदस्यहरुको शेयरपुँजीमा समानुपातिक सहभागिता स्थापित हुन्छ । यसबाट शेयर लाभांशको वितरणमा समेत न्याय स्थापित हुन सक्छ । यस्तो अवस्थामा संस्थाले सदस्यहरुलाई बचतको अनुपातमा, ऋणको अनुपातमा शेयरपुँजी थप गर्ने रणनीति अवलम्वन गर्नुपर्छ । अन्यथा पल्र्सको आधारबाट मात्र शेयरपूँजीको अवस्थाले सदस्यहरुको सहभागिता स्तर मापन गर्न सक्दैन । 

 बचत निक्षेपमा सदस्य सहभागिता ः 


पर्ल्स अनुसार बचत निक्षेप कुल सम्पत्तिको अनुपातमा ७०–८० प्रतिशत हुनु पर्दछ । यस्तो बचत निक्षेपको अनुपात केही निश्चित सदस्यहरुको कारोवारबाट पनि पुग्न सक्छ । केही निश्चित सदस्यहरुको बचत मात्रले बचत अनुपात, पुग्दा यसले पनि संस्थामा जोखिम निम्त्याउँछ । किन की केही सदस्यले मात्र बचत गरी कुल सम्पत्तिको अनुपात पुग्नु भनेको उनीहरुले बढी मात्रमा बचत गरेका हुन्छन् । यस्तो बचत फिर्ता हुना साथ संस्थामा तरलताको अभाव हुने, कुल सम्पत्तिमा कमी आउने गर्दछ । तर संस्थामा आम सदस्यहरुको बचत निक्षेपमा सहभागितामा सानो सानो बचतले गर्दा कुल सम्पत्तिको अनुपात पुग्ने र यस्तो बचत फिर्ता हुने पनि कम संभावना हुन्छ । निश्चित सदस्यहरुको बचत बढी हुँदा ति सदस्यहरुले व्याजदरमा मोलतोल गरि राख्ने संभावना पनि हुन्छ । थोरै प्रतिशतमा कम हुँदा पनि बचत फिर्ता गर्ने संभावना भइरहन्छ । 


सदस्यहरु बीच बचतको सहभागिता वृद्धि गर्न बचतका वस्तु तथा सेवाको बजारीकरणमा विशेष ध्यान पु¥याउनु पर्छ । सदस्यहरुको आवश्यकता अनुसार , पेशा व्यवासय अनुसार , लिङ्ग अनुसार उमेर अनुसार, संस्कार र संस्कृति अनुरुपका बचतका उत्पादन तथा सेवाको विकास गर्न सक्नु पर्छ । ती सेवाहरुलाई सदस्यहरु बीच बिक्री गर्न समेत सक्नुपर्छ । यसका लागि नियमित रुपमा बजारीकरणको रणनीति अवलम्वन गरी पहल गर्नु पर्छ । जसका लागि योजनामा नै बिक्रीको लक्ष्य किटान गरी सो अनुसारको लक्ष्य प्राप्तीमा अगाडि बढ्न सकेमा सदस्य सहभागिताको स्थिति बृद्धि हुन सक्छ । बचतका वस्तु तथा सेवाहरुमा कम्तिमा २५ % सदस्यहरुको सहभागिता भएमा यस्तो बस्तु तथा सेवालाई सामान्य मान्न सकिन्छ ।
 
प्रत्येक सदस्यहरुको नियमित र ऐच्छिक बचतमा सहभागिता र सक्रिय कारोवार भएमा मात्र त्यसलाई राम्रो मान्न सकिन्छ । More Member participation of savings  को नीति अवलम्वन गरी प्रत्येक वस्तु तथा उत्पादनको समय सापेक्ष न्यूनतम मौज्दात रकम यकिन गर्न सके मात्र बचत लामो दायित्वको रुपमा कायम हुने र त्यसलाई ढुक्कले लगानी गर्न सकिन्छ । अन्यथा धेरैको संलग्नता त हुने तर फिर्ता प्रतिशत अत्याधिक हुँदा कारोवार ठूलो देखिने तर कुल सम्पत्तिको अनुपातस्तर सधै कम हुने हुन्छ । संस्थाका वस्तु तथा सेवाको उचित ढंगले सदस्यहरु बीच पु¥याई आम सदस्यहरुलाई उत्प्रेरीत गर्न सके मात्र सदस्य सहभागिताको स्तरबृद्धि हुनसक्छ । यसबाट पूँजी निर्माण भई सदस्यहरुकै आवश्यकतामा प्रयोग हुनसक्छ । बचतमा सदस्यहरुको सहभागिता कम भएमा संस्थामा पूँजीको अभाव भई वाह््य ऋण बढी मात्रमा ल्याउनु पर्ने संभावना बढ्छ । 

अर्को कुरा, सदस्यहरु बीच बचतको अनुपात मिलाउन :
 

कुल बचत निक्षेप 

सदस्य संख्याले हुन आउने रकम बरावरको बचत प्रत्येक सदस्यहरुलाई बचतका बस्तु तथा सेवाको बिक्री मार्फत भित्र्याउन सकेमात्र बचतमा सदस्य सहभागिता पनि बढ्ने र कुल सम्पत्तिको अनुपात सन्तुलन पनि मिल्न सक्छ । यस्तो संचित बचतले सदस्यको आफ्नै पूँजी निर्माण हुने र भबिष्यको लागि वा सन्ततिको लागि उपयोगि हुनसक्छ । अर्को कुरा यसको प्रतिफल पनि क्रमशः वृद्धि हुँदै जाँदा वर्तमानको लागि सदस्यहरुको आर्थिक जीवनस्तर वृद्धिमा सहयोग समेत पु¥याउन सक्छ । 

सदस्य सहभागिताको स्तर नहेरी केवल कुल सम्पत्तिको अनुपातलाई मात्र हेरेर ठिक वा वेठिक भन्न सकिन्न । त्यसैले सहकारी ऐन २०७४ ले “संस्थाले सामान्यतया प्राथमिक पूँजी कोषको बढीमा १५ गुणा सम्म सदस्यहरुबाट बचत निक्षेप संकलन गर्न सक्दैनन् भन्ने प्रावधान राखेको हुन सक्छ । यस्तो व्यवस्था सामान्यतया प्रत्येक सदस्यहरुबाट बचत निक्षेप स्वीकार गर्दा सदस्यले खरिद गरेको शेयरपूँजीको १५ गुणा सम्म बचत स्विकार गर्ने र सो भन्दा बढी बचत गर्नु परेमा सोही शेयर र बचतको अनुपात मिलान गर्नु पर्दछ भन्ने अभिप्राय हुन सक्छ । 

 ऋण लगानीमा सदस्य सहभागिता  ः 

संस्थामा ऋण लगानी कुल सम्पत्तिको अनुपातमा ७०–८० प्रतिशत सम्म हुनु पर्छ भन्ने कुरा पल्र्सले बताएको छ । यो अनुपात केही निश्चित सदस्यहरुलाई ऋण लगानी गर्दा पनि पुग्ने गर्दछ । तर निश्चित तथा सिमित सदस्यहरुलाई मात्र ऋण लगानी गरी यो अनुपात मिलाउन खोजेमा संस्था जोखिममा पर्न सक्छ । एउटा सदस्यलाई १ करोड रुपैया ऋण लगानी गर्नु भन्दा ४ जना सदस्यलाई रु २५ लाखका दरले ऋण लगानी गर्नु सुरक्षित हुन्छ । अर्को कुरा १ करोड ऋणको व्यवस्था गर्नु पर्दछ तर २५ लाखका दरका ऋण मध्ये एउटा ऋणको भाखा नाघेमा रु २५ लाखको मात्र ऋण सुरक्षण कोषको व्यवस्था गर्नुपर्ने हुन्छ । 

ऋण लगानीमा सदस्य सहभागिता वृद्धि गर्न मापदण्ड २०६५ र संशोधन २०६६ ले “संस्थाले आफ्नो प्रत्येक सदस्यलाई संस्थाको कुल पूँजीकोषको १०% ननघाई ऋण प्रदान गर्न सक्नेछन् ” भनिएको छ । यस प्रावधानले पनि ऋण सहभागिता विस्तार होस भन्ने आशय व्यक्त गरेको छ । ऋणमा सदस्य सहभागिता कति छ भन्ने बुझ्न एक आर्थिक बर्ष भित्र कुल सदस्य संख्या मध्ये कतिले ऋण सेवा उपयोग गरे भन्ने हेर्न सकिन्छ । कुल सदस्य संख्या मध्ये ४५ प्रतिशत सदस्यले यसको उपयोग गरेमा यसलाई सामान्य मान्न सकिन्छ । 

ऋणलाई व्यवस्थापन गर्ने उद्देश्य अनुसार उत्पादन तथा सेवाको विकास, उत्पादन तथा सेवामा लगानी सिमा निर्धारण, ऋणको किस्ता, समयावधि तोकेर सदस्य सहभागिता विस्तार गर्नुपर्छ । 

 निश्कर्ष ः 
यसरी संस्थामा चाहे बचत होस् चाहे ऋण लगानी होस् चाहे शेयरपुँजी होस् , सदस्य सहभागितामा बृद्धि भएमा लामो दायित्वको पूँजी निर्माण, ऋण सेवा उपयोगमा विस्तार, सक्रिय सदस्य निर्माण र जोखिम न्यूनिकरण हुन जान्छ । संरक्षित पूँजी फिर्ता कोष शेयर, बचत र ऋण लगानीमा सदस्यहरुको योगदान गरे वापतको पुरस्कार हो । सदस्यहरुको सहभागिता स्तर जति बढी हुन्छ त्यति धेरै सदस्यहरु बीच यस कोषको रकम वितरण हुन्छ । संरक्षित पुँजीकोष वितरण गर्दा २०% शेयरमा लगानी गरे वापत ४०% बचतमा योगदान गरेवापत र ४०% ऋणमा योगदान गरे वापत वितरण गर्दा बढी बैज्ञानिक हुन जान्छ । कारोवारको योगदानको मापन लाभांश तथा व्याजबाट गर्नु उपयुक्त हुन्छ । शेयरपुँजीको मापन लाभांशबाट, बचतको मापन बचतको ब्याज खर्चबाट , ऋण लगानीको मापन ऋणबाट प्राप्त व्याजको आधारमा गर्नुपर्छ । कुनै संस्थाको लाभांश कोषमा ७५००। ऋणबाट प्राप्त कुल व्याज ५०,००० र बचतको व्याज खर्च ३३,०००। छ र संरक्षित पूँजी फिर्ता कोषमा ४५२५। छ भने जम्मा लाभांश तथा व्याज ९०,५००। हुन्छ । अब संरक्षित पूँजी फिर्ता कोष विवरण ः          

            

यसरी सदस्यको वित्तीय सहभागिताको आधारमा संरक्षित पूँजी फिर्ता कोष वितरण गर्दा सबै वित्तीय कारोवारमा सदस्यहरुको संलग्नतामा बृद्धि हुन सक्छ । अन्य व्यवसाय भन्दा सहकारी व्यवसायको सबै भन्दा सुन्दर पक्ष पनि यही हो । यस कोषको सही वितरण प्रणाली स्थापित गर्न सके सहकारी सदस्यहरुको मुख्य वित्तीय कारोवार गर्ने केन्द्र स्थापित हुनसक्छ । यसबाट सदस्यहरुको वित्तीय सहभागितामा बृद्धि भई सामाजिक उद्देश्य समेत पुरा हुन सक्छ । 
                                                     जय सहकारी  !

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप