कास्की । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र पोखरा महानगरपालिका–१५, कास्की स्थित अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनका लागि सम्झौता भएको छ ।
भदौ ३ गते सम्पन्न सम्झौता अनुसार सहकारी क्षेत्रमा विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन गर्दै स्वनियमनको अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिनेछ । सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग मार्फत सहकारी संस्थाको निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्यसमेत सम्झौताले लिएको छ ।
सम्झौतामा सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको पालना, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।
सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा प्रवद्र्धन, आपसी सहयोग तथा संस्थागत जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
सम्झौता कार्यक्रममा अलकापुर साकोसका अध्यक्ष तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र सदस्य सेवा कार्यालय पोखराका प्रमुख सुरज चालिसेको सहभागिता रहेको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१६ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि