कास्की । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र पोखरा महानगरपालिका–१५, कास्की स्थित अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनका लागि सम्झौता भएको छ ।
भदौ ३ गते सम्पन्न सम्झौता अनुसार सहकारी क्षेत्रमा विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन गर्दै स्वनियमनको अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिनेछ । सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग मार्फत सहकारी संस्थाको निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्यसमेत सम्झौताले लिएको छ ।
सम्झौतामा सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको पालना, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।
सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा प्रवद्र्धन, आपसी सहयोग तथा संस्थागत जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
सम्झौता कार्यक्रममा अलकापुर साकोसका अध्यक्ष तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र सदस्य सेवा कार्यालय पोखराका प्रमुख सुरज चालिसेको सहभागिता रहेको थियो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२७ दिन अगाडि
२९ दिन अगाडि
१० दिन अगाडि
५९ दिन अगाडि