नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK (German Sparkassenstiftung for International Cooperation)  बीच पाँचवटा सहकारी संस्थामा क्षमता विकास तथा जोखिम व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । 

संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा DSIK, नेफ्स्कून र सम्बन्धित सहकारी संस्थाका प्रतिनिधिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा DSIK, नेफ्स्कून तथा छनौट भएका सहकारी संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार सहकारी संस्थाका ऋण शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गरी स्तरीय तालिम प्रदान गर्नुका साथै उनीहरूलाई प्रमाणित गर्ने र ऋण जोखिम न्यूनीकरणमा सहयोग गरिनेछ । साथै, सहकारीका सदस्यलाई वित्तीय एवं व्यवसायिक शिक्षा प्रदान गर्ने तथा किसान र लघु उद्यमी सदस्यको क्षमता विकासमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको तरलता व्यवस्थापन तथा ऋण जोखिम न्यूनीकरणको चुनौतीलाई सम्बोधन गर्न कुशल ऋण व्यवस्थापन गर्न सक्ने तथा स्थानीयस्तरका उद्यमीलाई उपयुक्त परामर्श दिन सक्ने कर्मचारी तयार गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

कार्यक्रम अन्तर्गत DSIK ले प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउनेछ भने नेफ्स्कूनले समन्वय गर्ने र सम्बन्धित सहकारी संस्थाले कार्यक्रमको प्रत्यक्ष कार्यान्वयन गर्नेछन् । कार्यक्रम मार्फत संस्थाको वित्तीय सुशासन, जोखिम व्यवस्थापन तथा सदस्यहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।

कार्यक्रम न्यूनतम १५ महिनादेखि अधिकतम तीन वर्षसम्म सञ्चालन हुनेछ । कार्यक्रम सम्पन्न भएपछि सहभागी सहकारी संस्थाको वित्तीय स्वास्थ्य थप सुदृढ हुने, ऋणको जोखिम न्यूनीकरण हुने तथा कर्मचारीको क्षमता विकाससँगै सदस्यहरूको उद्यमशीलता वृद्धि हुने अपेक्षा गरिएको छ । 

सम्झौतामा साहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी, जनउत्थान साकोसका रन बहादुर थापा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, विन्धवासिनी साकोसका अध्यक्ष शान्ता कुमार क्षेष्ठ र प्रमुख कार्यकारी अधिकृत केबि लामा, पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ,  नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, वरिष्ठ अधिकृत दुर्गा प्रसाद ढकाल, नविन राज दाहाल र DSIK जर्मनका Laura Scaino, सञ्जय झा. र नेफ्स्कूनका अधिकृतहरुको  उपस्थितिमा सम्झौता भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप