नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

इटहरी÷सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवस ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ भन्ने मूल नारासहित कोशी प्रदेशस्तरीय कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

नेफ्स्कूनका सञ्चालक सालिकराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सहकारी रजिष्ट्रार भुपेन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक योगमाया सुवेदीले नेफ्स्कूनको छत्रछायामा तथा स्कुलिङमा रहेका संघ–संस्थामा समस्या नरहेको बताउँदै त्यसको श्रेय नेफ्स्कूनलाई दिनुपर्ने बताउनु भएको थियो । 

त्यस्तै, कोशी प्रदेश सहकारी संघका सञ्चालक गंगा प्रसाद दाहालले आगामी दिनमा स्थापना हुने सहकारी बैंकका लागि नेफ्स्कूनले सहजीकरण तथा नेतृत्व गर्नुपर्ने र सबैले त्यसमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदीले राज्यले भनेजस्तो तीन वर्षमा रकम फिर्ता गरेर समस्या समाधान गर्न सक्ने अवस्था नरहेको बताउनु भएको थियो । उहाँले राइफाइसनले भनेअनुसार ‘तीन वडा एस’ कार्यान्वयन नगर्ने हो भने संस्था सञ्चालन गर्न कठिन हुने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अतिथिका रूपमा सहभागी जिल्ला बचत संघ झापाका अध्यक्ष युवराज गिरीले नेफ्स्कूनले प्रदान गरेको सम्मान तथा पुरस्कारले थप उत्साह प्रदान गरेको बताउनु भएको थियो । उहाँले आगामी दिनमा संघका लागि अझ सशक्त रूपमा काम गर्न सम्मानले दिशानिर्देश गरेको समेत उल्लेख गर्नुभएको थियो ।

नेफ्स्कूनकी पूर्व महिला उपाध्यक्ष अमृता सुब्बाले स्थापना हुन लागेको बैंक साकोसहरूका लागि मात्रै हुने हो कि सबैका लागि हुने हो भन्ने जिज्ञासा राख्नुभएको थियो । जिल्ला बचत संघ पाँचथरका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ, शिक्षक साकोस धनकुटाका सञ्चालक ध्रुव घिमिरे, रामधुनी साकोसका व्यवस्थापक बोधराज निरौला लगायतले वित्तीय कारोबार तथा अन्य सेवाका विषयमा आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे चासो व्यक्त गर्नुभएको थियो ।

प्रदेशस्तरीय स्थापना दिवसको अवसरमा नेफ्स्कूनको केन्द्रीय बैठकको निर्णयअनुसार उत्कृष्ट संघका रूपमा जिल्ला बचत संघ झापा र उत्कृष्ट साकोसका रूपमा गोर्खा साकोस, धरानलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट व्यवस्थापकका रूपमा समसेवन साकोस, लेटाङकी जर्मनकुमारी राईलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सहकारी रजिष्ट्रार भूपदेव खनालले अभियान र नियामकीय निकाय सँगसँगै बसेर कहाँ–कहाँ कमजोरी छन् भन्ने पहिचान गरी सुधार गर्नुपर्ने बताउनु भएको थियो । उहाँले तल्लो तहका संस्थाहरूलाई भ्रमित पार्ने काम गर्न नहुनेमा जोड दिनु भएको थियो । खनालले राज्यले भन्न खोजेको आशयलाई स्पष्ट रूपमा बुझ्नुपर्ने बताउँदै पदाधिकारीको कार्यकालमा रहिरहनका लागि घुमाउरो तरिकाले आफैँ शासन गरिरहने मनसाय त्याग्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खनाललाई मायाको चिनोसहित स्वागत गरिएको थियो ।

समापन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक सालिकराम ढकालले अब संघ–संस्थामा नेतृत्व गर्ने व्यक्तिको योग्यता, अनुभव, नैतिकता र इमानदारितालाई ध्यान दिँदै ‘फिट एन्ड प्रपर टेस्ट’लाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले राज्यले संघहरूलाई विकल्पका रूपमा बैंक खोल्न सक्ने व्यवस्था गर्न सकिने संकेत गरेकाले त्यसको सहजीकरण र नेतृत्वका लागि नेफ्स्कूनले काम अघि बढाएको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशभरिका विभिन्न संघ–संस्था तथा नेफ्स्कून व्यवस्थापन सहित १९७ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा प्रशासन प्रमुख गणेश तिमल्सिनाले दिनुभएको थियो ।  उहाँले कार्यक्रममा संघको प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले केक काटेर स्थापना दिवसको खुसी साटासाट गरेका थिए, भने समग्र कार्यक्रमको सञ्चालन नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयका प्रमुख ऋषभराज रेग्मीले गर्नुभएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप