नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

धनगढी । नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक दिप्ती शाहीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुदुरपश्चिम प्रदेश सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका रजिष्ट्रार जयन्ती गिरीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक मनमोहन बिष्ट, सुदुरपश्चिम प्रदेश बचत संघका कोषाध्यक्ष मदनराज रेग्मी, नेफ्स्कून सदस्य सेवा कार्यालय उपसमिति सदस्य सुरत बोगटी, लोकेश लाल शाह, जिल्ला सहकारी संघ कैलालीका सञ्चालक इच्छा चौधरी, जिल्ला सहकारी संघ कैलालीका कानुनी सल्लाहकार बीर बहादुर जठरा, जिल्ला सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बचत संघ दार्चुलाका प्रतिनिधि सुरेन्द्र बहादुर बम, सि.एम.सि.कञ्चनपुरका कोषाध्यक्ष चित्रा पाण्डेय र सि.एम सि. कैलालीका अध्यक्ष छविलाल जैंसीको आतिथ्यता रहेको थियो । 

जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्दले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयकी रजिष्ट्रार जयन्ती गिरीले नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप प्रगतिको कामना गर्नुभएको थियो । उहाँले नेफ्स्कूनको स्थापनादेखि हालसम्मका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिने प्रस्तुति प्रभावकारी रहेको बताउनु भएको थियो । सरकारले तोकेका मापदण्डको अनिवार्य पालना गर्दै सदस्यको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बचत फिर्ता गराउन सक्नु मात्र उपलब्धि नभई संस्थालाई गुणस्तरीय र दिगो बनाउनुपर्ने धारणा राख्नुभएको थियो । नेतृत्वमा स्वस्थ प्रतिस्पर्धा र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गर्दै नियमनभन्दा स्वनियमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । नेफ्स्कूनले सदस्य संस्थाको क्षमता विकास तथा दिगोपनाका लागि गर्दै आएका कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको थियो । सुदूरपश्चिमका सहकारीलाई शिक्षा, तालिम लगायतका क्षेत्रमा नेफ्स्कूनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमका अध्यक्ष दिप्ती शाहीले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै ती चुनौतीको समाधान सकारात्मक सोच र सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनु भएको थियो ।  नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्दै साकोस सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । हालै सहकारी ऐनमा भएको संशोधित व्यवस्था अनुसार साकोस बैंकलाई सफल बनाउन सबै पक्षबाट सकारात्मक सुझाव र सल्लाह आवश्यक रहेको उहाँको भनाइ थियो । साकोसहरूको उन्नति, प्रगति, विकास तथा स्तरोन्नतिका लागि  नेफ्स्कून सदैव तयार रहेको उल्लेख गर्दै उहाँले सदस्य संस्थाहरूको हितमा आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै, रजिष्ट्रार कार्यालयबाट राखिएको अपेक्षाअनुसार नेफ्स्कून सहकार्य गर्न तयार रहेको बताउँदै सहकारी क्षेत्रको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।  

संघका वरिष्ठ अधिकृत नविन राज दाहालले नेफ्स्कूनको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण गतिविधि, उपलब्धि तथा विभिन्न चरणमा संघले हासिल गरेका प्रगतिबारे जानकारी गराउनु भएको थियो । उहाँले देश तथा विदेशमा नेफ्स्कूनले साकोस अभियानको विकास, विस्तार र प्रवद्र्धनका लागि गर्दै आएका विभिन्न कार्यहरूको स्मरण गराउँदै अभियानलाई व्यवस्थित, दिगो र सदस्यकेन्द्रित बनाउन संघले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । साथै, साकोस अभियानको संस्थागत विकास, क्षमता अभिवृद्धि, सुशासन तथा स्तरीकरणका क्षेत्रमा नेफ्स्कूनले पु¥याउँदै आएको योगदानबारे समेत जानकारी गराउनु भएको थियो । उहाँले आगामी दिनमा पनि साकोस अभियानलाई थप सुदृढ र प्रभावकारी बनाउन संघले निरन्तर पहल गर्दै जाने बताउनुभएको थियो । 

विभिन्न संघ संस्था तथा उच्च व्यवस्थानन सहीत ७० भन्दा बढीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन धनगढी सेवा केन्द्रका प्रमुख पवन जंग मल्लले सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप