नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले वागमती प्रदेश अन्तर्गत ३९ औं स्थापना दिवस चितवनमा सम्पन्न गरेको छ । 

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रदिपराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

नेफ्स्कून पुर्व सञ्चालक, जिल्ला सहकारी संघ लि मकवानपुर, चितवन र नवलपरासीका प्रतिनिधिहरु, वागमती प्रोस्कूनका प्रतिनिधि राष्ट्रिय सहकारी बैकका प्रतिनिधी, जिल्ला बचत संघ, मकवानपुर, चितवन र नवलपरासिका प्रतिनिधिहरु, धादिङ्ग जिल्ला बचत संघका अध्यक्ष तथा प्रतिनिधीहरु तथा सहकारी व्यवस्थापक क्लब चितवनका प्रतिनिधी सहकारी संघ संस्थाका प्रतिनिधि लगायत नेफ्स्कूनका उच्च व्यवस्थापनको उपस्थितिमा नेफ्स्कूनका अधिकृत श्यामराजा तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  

नेफ्स्कूनका पूर्व सञ्चालक एंव चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष विद्या कोइरालाले कार्यक्रमको स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । संघको डकुमेन्ट्री संघका वरिष्ठ अधिकृत प्रेम नाथ वाग्लेले प्रस्तुत गर्नुभएको थियो । 

प्रमुख अतिथि प्रदीप राज पौडेलले सहकारी संस्थाहरूको ऋण असुलीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले २०८२ सालमै परिपत्र जारी गरेको जानकारी दिदै सहकारीका सदस्यहरूलाई आफूले लिएको ऋण समयमै भुक्तानी गर्नुपर्ने सन्देश प्रदेश सरकारले निरन्तर प्रवाह गर्दै आएको बताउनु भयो । प्रदेशको नियमन क्षेत्रभित्र हाल ३ हजार २३० सहकारी संस्था रहेकामा करिब १ हजार ३५० संस्था अध्यावधिक भइसकेको प्राधिकरणको इजाजत नलिएका संस्थाहरूलाई आवश्यक सहजीकरण गर्न सहकारी अभियानलाई सुझाव दिनुभएको थियो । सहकारी संस्थाको विनियम संशोधन, एकीकरणको पूर्वस्वीकृति तथा साधारण सभाको प्रतिवेदन बुझाउने लगायत सेवा काठमाडौँ धाउन नपर्ने गरी इमेलमार्फत उपलब्ध गराइएको र अन्य सेवा समेत अनलाइन मार्फत सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो ।  प्रदेश सहकारी ऐनमा रहेका बाझिएका तथा दुविधायुक्त विषय संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले सहकारी अभियानमा साझा प्रविधिको विकास भए नियमन तथा अनुगमन अझ सहज हुने धारणा राख्नुभएको थियो । उहाँले ३९औं स्थापना दिवसको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभएको थियो । 

सभाध्यक्ष घनश्याम अधिकारीले नेफ्स्कूनको स्थापना कालदेखि हालसम्मको यात्रामा महत्वपूर्ण योगदान पु¥याउने सम्पूर्ण सहकारीकर्मीलाई धन्यवाद तथा बधाई व्यक्त गदैं पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विचलनको प्रमुख कारण संविधानमा रहेको नियामकीय व्यवस्थासमेत रहेको उल्लेख गर्नुभयो । नेफ्स्कूनले सहकारी संस्थाको विकास, प्रवद्र्धन, स्तरीकरण, सुशासन र व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । कर्जा सूचना केन्द्र, असुली न्यायाधिकरण तथा छुट्टै नियामकीय निकाय प्राधिकरण स्थापनामा संघको महत्वपूर्ण भूमिका रहेको र सदस्य संस्थाको वास्तविक अवस्थाबारे जानकारी लिन सदस्य सूचना प्रणाली (एमआईएस) सञ्चालनमा ल्याइएको तथा स्वनियमन मार्गदर्शन जारी गरिसकिएको जानकारी दिनुभएको थियो । सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’ निर्देशिका पनि छिट्टै जारी हुने बताउनु भएको थियो । सहकारी संस्थाहरूलाई आन्तरिक सुशासन मार्फत बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार माध्यममा आएका समाचारका आधारमा संघप्रतिको धारणा नकारात्मक नबनाउन आग्रह गर्नुभएको थियो । 

कार्यक्रमको समापनमा प्रमुख अतिथिले केक काटेर स्थापना दिवस मनाइएको थियो भने कार्यक्रमको समग्र व्यवस्थापन नेफ्स्कून चितवनका प्रमुख यमकला सुवेदी र मकवानपुरका प्रमुख ज्योति महतल लगायत अन्य कर्मचारीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप