नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न

जनकपुरधाम । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवस मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न भएको छ ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका सहकारी रजिष्ट्रार रुपेश कुमार साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य नथुनी यादव, नेफ्स्कूनका पूर्व सञ्चालक हरेराम प्रसाद, जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव नारायण यादव, मधेश प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संघका प्रतिनिधि तथा नेफ्स्कूनका प्राचार्य एवं सहजकर्ता बल्लभ तिमल्सिना लगायतको उपस्थिति थियो ।

कार्यक्रममा उपाध्यक्ष अधिकारीले सहकारी कुनै व्यक्ति वा नेतृत्वको निजी संस्था नभई पुस्तौँपुस्तासम्म निरन्तर रहने संस्थागत अभियान भएको बताउनुभयो । नेतृत्व परिवर्तन भए पनि सहकारीको उद्देश्य, मूल्य, सिद्धान्त र संस्थागत संरचना बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वका सफल सहकारी तथा क्रेडिट युनियनबाट सिक्दै नेपालमा संस्थागत सुशासन, प्रभावकारी नियमन, पारदर्शिता र बलियो अनुगमन प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रमुख अतिथि रजिष्ट्रार साहले सहकारी संस्थाहरूले सुशासन, पारदर्शिता, जिम्मेवारी र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरू नवप्रवर्तनतर्फ अघि बढ्नुपर्ने समयमा अझै पनि सुशासन र कानुनको पालना चुनौतीका रूपमा देखिनु चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो । निष्क्रिय तथा कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई प्राविधिक सहयोग, प्रभावकारी अनुगमन र सहकार्यका माध्यमबाट पुनःसक्रिय बनाउनुपर्नेमा रजिष्ट्रार साहले जोड दिनुभयो। सहकारी संस्थाको क्षमता अभिवृद्धि र सुदृढीकरणका लागि आवश्यक बजेट तथा कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका पूर्व सञ्चालक हरेराम प्रसादले सहकारी संस्था ठूलो भएर मात्र सफल नहुने बताउँदै गरिब, दलित, जनजाति तथा पिछडिएका समुदायको जीवनस्तर उकास्न संस्थाले पु¥याएको योगदान महत्वपूर्ण हुने धारणा राख्नुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य नथुनी साहले सहकारी क्षेत्रका समस्या समाधानका लागि सरकार र सहकारी अभियानबीच सहकार्य, संवाद र समन्वय आवश्यक रहेको बताउनुभयो। सीमित सहकारी संस्थामा देखिएका समस्याका आधारमा समग्र सहकारी क्षेत्रलाई बदनाम गर्न नहुने उहाँको भनाइ थियो । ‘ऋण तिर्नु पर्दैन’ भन्ने भ्रम फैलाउने गतिविधिलाई नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्दै उहाँले नयाँ सहकारी कानुन तथा नीति निर्माण गर्दा राष्ट्रिय सहकारी महासंघसहित समग्र सहकारी अभियानसँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने बताउनुभयो ।

 स्थापना दिवसको अवसरमा केक काटेर ३९औँ स्थापना दिवस मनाइनुका साथै सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, संस्थागत सुशासन, नियमन, अनुगमन, पारदर्शिता तथा आगामी सम्भावनाका विषयमा छलफल र विचार आदानप्रदान गरिएको थियो ।

नेफ्स्कूनको ३९औँ स्थापना दिवसको अवसरमा मधेश प्रदेशमा सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने विभिन्न संघ, संस्था, व्यवस्थापक तथा कर्मचारीलाई सम्मान गरिएको छ । मधेश प्रदेश उत्कृष्टता तथा उत्प्रेरणा पुरस्कारबाट पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सम्मानित भएको छ । त्यसैगरी प्रदेश उत्कृष्ट सहकारी संस्थातर्फ बारा जिल्लाको पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ। मधेश प्रदेश उत्कृष्ट व्यवस्थापकतर्फ चन्द्रोदय साकोस, रौतहटका व्यवस्थापक शुभनारायण चौधरी सम्मानित हुनुभएको छ। त्यस्तै नेफ्स्कून सर्वोत्कृष्ट संघको सम्मानबाट रौतहट बचत तथा ऋण सहकारी संघ सम्मानित भएको छ ।

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले स्थापना कालदेखि हालसम्म संघले गरेका गतिविधि, साकोसहरूको नियमित सुपरिवेक्षण तथा आगामी दिनका रणनीतिक उपायबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका अधिकृत महेश बरालले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापन जनकपुर सदस्य सेवा कार्यालयका कर्मचारीहरूले गर्नुभएको थियो  ।

३९औँ स्थापना दिवसले मधेश प्रदेशमा बचत तथा ऋण सहकारी अभियानलाई थप व्यवस्थित, उत्तरदायी, सुशासित र सदस्यकेन्द्रित बनाउँदै सहकारी संस्थाहरूबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१८ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप