नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न

सुर्खेत ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवस कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक सदस्य मन्दरा मिश्रले गर्नुभएको थियो भने राष्ट्रिय सहकारी महासंघ लिमिटेडका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा नेफ्स्कूनका पूर्वसञ्चालक तथा भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकाल र जिल्ला सहकारी संघ लिमिटेड, सुर्खेतका अध्यक्ष प्रकाश तिमल्सीना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि योगीले साकोस अभियानलाई ग्रामीण तहसम्म विस्तार गर्न नेफ्स्कूनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाका सदस्यको शेयर तथा बचत संरक्षण, संस्थागत विकास, शिक्षा तथा तालिम, बहस र पैरवीलगायतका क्षेत्रमा नेफ्स्कूनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । योगीले सहकारी अभियानमाथि आउने चुनौतीको सामना गर्न बचत तथा ऋण सहकारी संघ–संस्थाबीच एकता आवश्यक रहेको बताउँदै राज्यसँग प्रभावकारी रूपमा बहस र पैरवी गर्न अभियान एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेफ्स्कूनका पूर्वसञ्चालक तथा भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले सहकारी संस्थाले सहकारीका मूल सिद्धान्त र मूल्य–मान्यता आत्मसात गर्दै अघि बढेमा चुनौती सामना गर्न सहज हुने बताउनुभयो । उहाँले केन्द्रीय संघले सरकार जुनसुकै पक्षको भए पनि सहकारी क्षेत्रको विकास र वित्तीय सुरक्षाका लागि निरन्तर बहस तथा पैरवी गर्नुपर्ने धारणा राख्नुभयो ।

जिल्ला सहकारी संघ लिमिटेड, सुर्खेतका अध्यक्ष प्रकाश तिमल्सीनाले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सेवामा पहुँच पु¥याउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरू सूचना प्रविधिमैत्री बन्नुपर्ने, सदस्यको उत्पादनको बजारीकरणमा सहयोग गर्नुपर्ने तथा सहकारीका असल अभ्यासलाई राज्यसमक्ष पु¥याएर नीतिगत बहस अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा नेफ्स्कून सञ्चालक सदस्य मन्दरा मिश्रले सदस्य संस्थाहरूको हकहित र संस्थागत विकासका लागि नेफ्स्कून निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै जोखिम न्यूनीकरण, शिक्षा, तालिम, व्यवसायीकरण तथा प्राविधिकीकरणमा नेफ्स्कूनले सहयोग गर्दै आएको जानकारी दिनुभयो । मिश्रले केही सहकारी संस्थामा देखिएका समस्याका कारण समग्र सहकारी अभियानलाई प्रभावित हुन नदिन संस्थाहरूले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। संघहरूको वित्तीय कारोबार व्यवस्थापनलगायतका विषयमा नेफ्स्कूनले सम्बन्धित निकाय र सदस्य संस्थासँग निरन्तर छलफल तथा बहस पैरवी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशस्तरीय उत्कृष्ट संस्था पुरस्कार शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतलाई प्रदान गरिएको थियो । त्यस्तै, कर्णाली प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार भविश्य उज्ज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतका व्यवस्थापक विनोद वलीलाई प्रदान गरिएको थियो । यसैगरी कर्णाली प्रदेशस्तरीय उत्प्रेरणा अभिनन्दन सम्मान जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, सुर्खेतलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न ६८ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १०२ जना प्रतिनिधिको सहभागिता रहेको थियो। नेफ्स्कूनको स्थापनाकालदेखि हालसम्मको अवस्था तथा आगामी कार्यदिशाबारे नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रविण अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रमुख विष्णु जोशीले गर्नुभएको थियो भने व्यवस्थापन दीपकराज जोशी, गजेन्द्रबहादुर साउद र प्रियंका कलवारले गर्नुभएको थियो ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप