दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेशको दाङमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । “सशक्त साकोसः उत्तरदायी सञ्जाल” भन्ने मूल नाराका साथ साउन ३१ गते आयोजित स्थापना दिवस समारोह नेफ्स्कूनका सञ्चालक सदस्य नवराज अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख तथा नेफ्स्कूनकी पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य हुमा डीसी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, लुम्बिनी प्रदेश बचत संघका कार्यवाहक अध्यक्ष ऋणीराम सापकोटा, लुम्बिनी प्रदेश विशिष्टीकृत सहकारी संघ लिमिटेडका अध्यक्ष डी.पी. थापा लगायत विभिन्न सहकारी संघ–संस्था तथा सहकारी अभियानकर्मीहरूको उपस्थिति रहेको थियो ।
स्थापना दिवसका अवसरमा नेफ्स्कूनले प्रदेशस्तरमा उत्कृष्ट योगदान पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरेको थियो । लुम्बिनी प्रदेशमा उत्कृष्ट योगदानका लागि नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरिएको थियो। त्यसैगरी प्रदेशस्तरीय उत्कृष्ट संस्थाका रूपमा बर्दियाको किसान कमैया बचत तथा ऋण सहकारी संघ लिमिटेडलाई सम्मान गरिएको थियो ।
त्यस्तै, प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकको सम्मान रुपन्देही, बुटवलका विनोदप्रतापलाई प्रदान गरिएको थियो। सहकारी अभियानमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित संघ, संस्था तथा व्यवस्थापकलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई आयोजकका तर्फबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो । सहभागीहरूले स्थापना दिवसले सहकारी अभियानलाई थप एकताबद्ध, जिम्मेवार, पारदर्शी र सदस्यकेन्द्रित बनाउन तथा बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत विकासमा नयाँ ऊर्जा प्रदान गरेको बताएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक सदस्य नवराज अर्यालले स्थापना दिवसका अवसरमा उपस्थित प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सहकारी अभियानमा जागरण र गुणस्तरीय कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सबै सहकारी संस्थालाई नेफ्स्कूनका कार्यक्रमसँग आबद्ध हुन आग्रह गर्दै संघले सहकारी संस्थाहरूको हितलाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आएको बताउनु भएको थियो । सहकारी ऐनले केन्द्रीय सहकारी संघहरूलाई सुपरिवेक्षण गर्ने अधिकारसमेत प्रदान गरेको उल्लेख गर्दै अर्यालले संघको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुस भएको थियो । राज्यले संघहरूलाई वित्तीय कारोबार गर्न रोक लगाएपछि जिल्ला बचत तथा ऋण सहकारी संघ, प्रदेश बचत तथा ऋण सहकारी संघ र केन्द्रीय संघबीचको सहकार्यमा ‘साकोस बैंक’ स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी समेत दिनुभएको थियो । साकोस बैंक सञ्चालनका लागि राज्यले बाटो खुला गरेकाले अब आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीले नेफ्स्कूनले सहकारी अभियानमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकारी संघ–संस्थाको सुदृढीकरण र विकासका लागि रचनात्मक भूमिका खेल्न नेफ्स्कूनलाई आग्रह गर्नुभएको थियो । मन्त्री चौधरीले सहकारी संस्थाहरूले आफ्ना सदस्यलाई प्रभावकारी वित्तीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै सदस्यहरूले पनि सहकारीमार्फत आवश्यक वित्तीय सेवा लिन र लिएको ऋण समयमै भुक्तानी गर्न आग्रह गर्नुभएको थियो। केही खराब सञ्चालक तथा व्यवस्थापनका कारण सहकारी क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै सहकारी सञ्चालनमा असल नियत, पारदर्शिता र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो । नीति, कानुन तथा नियमनको पूर्ण पालना गर्दै सहकारी संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले सहकारी क्षेत्रमा चुनौतीसँगै सम्भावना र अवसर समेत रहेको बताउनुभयो । सदस्यहरूमा पुनः विश्वासको वातावरण निर्माण गर्नुपर्ने लुम्बिनी प्रदेश सरकार सहकारी संस्थाहरूलाई नीति, नियम तथा ऐनबमोजिम सञ्चालन गराउँदै सहकारी क्षेत्रको हित र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख तथा नेफ्स्कूनकी पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य हुमा डीसीले सहकारी संस्थाहरू सदस्यकेन्द्रित हुनुपर्ने बताउनुभयो । सदस्यहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर प्रभावकारी वित्तीय कारोबार तथा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारी क्षेत्रमा जोखिम उच्च रहेकाले राज्यको नीति, नियम तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै संस्था सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । संस्थाको सञ्चालन विधि, नीति तथा कानुनअनुसार पारदर्शी र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै डीसीले सहकारीको दिगो विकास र सदस्यको विश्वास कायम गर्न सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाहरूलाई सदस्य–मैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । संघहरूलाई व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै संघमार्फत वित्तीय कारोबार गर्न तथा नेफ्स्कूनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको थियो । वित्तीय क्षेत्र जोखिमपूर्ण भएकाले सहकारी संस्थाहरू राज्यको नीति, नियम तथा प्रचलित कानुनअनुसार जिम्मेवार र पारदर्शी ढंगले सञ्चालन हुनुपर्ने बताउनुु भयो । केही व्यक्तिको खराब नियतका कारण सहकारी क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै सञ्चालक तथा व्यवस्थापनमा असल नियत, सुशासन र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो । सहकारी क्षेत्रमार्फत विश्व शान्तिको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिँदै कर्जा लगानी गर्दा परम्परागत पाँच ‘सी’सँगै थप ‘छ सी’को अवधारणालाई समेत ध्यान दिनुपर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेश बचत संघका कार्यवाहक अध्यक्ष ऋणीराम सापकोटाले सहकारी संस्थाहरूले जोखिमरहित ढंगले काम गर्दै सुशासनलाई उच्च प्राथमिकता दिनुपर्ने बताए। उनले सहकारी संस्थामा पारदर्शिता, जिम्मेवारी र प्रभावकारी व्यवस्थापन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश विशिष्टीकृत सहकारी संघ लिमिटेडका अध्यक्ष डी.पी. थापाले सहकारी संस्थाहरूले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो । विशेषगरी दुग्ध सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सहकारीमार्फत उत्पादन बढाई रोजगारी सिर्जना तथा अर्थतन्त्र सुधारमा योगदान पु¥याउनुपर्ने बताउनुभयो । सबै प्रकारका सहकारी संस्थाबीच सहकार्य गर्दै सदस्यकेन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिँदै थापाले सहकारीमार्फत उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताउनु भएको छ ।
लुम्बिनी बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष ऋणी राम सापकोटाले सहकारी संस्थाहरूको क्षमता विकास, संस्थागत सुशासन र सदस्यको वित्तीय सशक्तीकरणमा नेफ्स्कूनको भूमिका अझ प्रभावकारी बन्ने बिश्वास सहित लुम्बिनी प्रदेशका सहकारी संघ–संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सहकारी अभियानलाई नयाँ उचाइमा पु¥याउन हामी सबै प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेफ्स्कून स्थापना दिवसमा लुम्बिनी प्रदेश अन्र्तरगत विभिन्न जिल्लाबाट १७४ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन दाङ सेवा कार्यालयका इन्चार्ज चन्द्रदेव जोशीले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापनमा बाँके, बुटवल दाड सदस्य सेवा कार्यालयका कमचारीहरुले गनुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि