नेफ्स्कूनको ३९औँ स्थापना दिवस विविध कार्यक्रम सहित काठमाडौंमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस विविध कार्यक्रम सहित काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘सशक्त साकोस :उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ आफ्नो ३९औँ स्थापना दिवस आज देशका सातै प्रदेशमा विविध कार्यक्रम सहित मनाएको छ ।

२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको नेफ्स्कूनले यस वर्ष पनि काठमाडौंसहित कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरेको हो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य एवं नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य ज्ञानु पौड्याल, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश प्रसाद पोखरेल, सहकारी प्रवर्धन महाशाखाका डिलाराम पन्थी, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतम, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका राम कुमार महतो, नेफ्स्कूनका पूर्व अध्यक्ष डि.बी बस्नेत, प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा,नेफ्स्कूनका पूर्व अध्यक्ष मिनराज कंडेल, तथा अतिथिमा डी एस आई के का प्रतिनिधि लाउरा सानसिओ, सञ्जय झा. नेफ्स्कूनका कानूनी सल्लाहकार अधिवत्ता शिव अधिकारी तथा सञ्चारकर्मी, नेफ्स्कूनमा आबद्ध संघ संस्थाका  प्रतिनिधि तथा उच्च व्यवस्थापन र कर्मचारीहरु गरी ३७५ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

संघका सञ्चालक सदस्य सुशिल कुमार वस्न्यातले कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएको थियो भने, डा. शिवजी सापकोटाले नेफ्स्कूनको स्थापना कालदेखि हालसम्मका उपलव्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएका योगदान तथा स्क्यान कार्यक्रम मार्फत आबद्ध सहकारी संस्थाहरुमा नियमित अनुगमन तथा सुपरिवेक्षण भइरहेको र आगामी दिनका योजना तथा रणनीतिहरु स्लाइड मार्फत प्रस्तुत  गर्नुभएको थियो । 

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेफ्स्कूनले साकोस अभियानमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापक तथा कर्मचारी, उत्कृष्ट साकोस तथा संघसंस्थालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान
स्थापना दिवसका अवसरमा नेफ्स्कूनले संस्थापक अध्यक्ष पुरस्कारबाट दोलखाका एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भूमिराज खड्कालाई सम्मान गरेको छ । त्यसैगरी नेफ्स्कूनका पूर्वअध्यक्ष, पूर्वसल्लाहकार तथा सहकारी अभियानका अग्रणी व्यक्तित्व स्व. कैलाशभक्त प्रधानाङ्गलाई मरणोपरान्त नेफ्स्कून जीवनपर्यन्त उपलब्धि सम्मान प्रदान गरिएको छ । नेफ्स्कून विद्वत्ता सम्मानबाट डा. रुपा जोशी सम्मानित हुनुधएको छ भने अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा योगदान पु¥याउनु भएका भारतका सिक्ट्याबका निर्देशक डा. डी. रबीलाई नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट नेफ्स्कूनका पूर्वसञ्चालक तथा चिनारी साकोस काठमाडौंका न्हुच्छे नारायण श्रेष्ठ र नेफ्स्कूनका पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रा देवी महतो सम्मानित हुनुभएको छ । 

नेफ्स्कून सर्वोत्कृष्ट संघ सम्मान रौतहट जिल्ला बचत संघले प्राप्त गरेको छ । यसैगरी प्रदेशगत रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला बचत संघहरूलाई नेफ्स्कून संघ उत्प्रेरणा सम्मान प्रदान गरिएको छ । कोशी प्रदेशबाट झापा जिल्ला बचत संघ, मधेशबाट पर्सा जिल्ला बचत संघ, बागमतीबाट धादिङ जिल्ला बचत संघ, गण्डकीबाट स्याङ्जा जिल्ला बचत संघ, लुम्बिनीबाट नवलपरासी (पश्चिम) जिल्ला बचत संघ, कर्णालीबाट सुर्खेत जिल्ला बचत संघ र सुदूरपश्चिमबाट दार्चुला जिल्ला बचत संघ सम्मानित भएका छन् ।

उत्कृष्ट साकोस र व्यवस्थापक सम्मानित
नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक सम्मान धादिङको स्रोत परिचालन साकोसका व्यवस्थापन प्रमुख दयानिधी नेपालले प्राप्त गर्नुभएको छ ।  त्यस्तै नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान नवलपुरको मध्यनेपाल साकोस तथा सर्वोत्कृष्ट साकोस सम्मान–राष्ट्रिय महिला मकवानपुरको महिला सेवा साकोसलाई प्रदान गरिएको छ ।

प्रदेशस्तरीय उत्कृष्ट संस्थातर्फ कोशी प्रदेशमा सुनसरीको गोरखा साकोस, मधेशमा बाराको पालनपोषण साकोस, बागमतीमा चितवनको सुरक्षित साकोस, गण्डकीमा नवलपुरको पौरखी साकोस, लुम्बिनीमा बर्दियाको किसान कमैया साकोस, कर्णालीमा सुर्खेतको शुभसेभिङ साकोस र सुदूरपश्चिममा कञ्चनपुरको कञ्चनझलारी साकोस सम्मानित भएका छन् ।  प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकतर्फ कोशीबाट समसेवन साकोस, मोरङकी जर्मन कुमारी राई; मधेशबाट चन्द्रोदय साकोस, रौतहटका शुभ नारायण चौधरी; बागमतीबाट हातेमालो साकोस, मकवानपुरकी रमला कुमारी सापकोटा; गण्डकीबाट सार्दीखोला साकोस, कास्कीका गोबिन्दराज आचार्य; लुम्बिनीबाट लुम्बिनी साकोस (बुटवल), रुपन्देहीका बिनोद प्रताप जबरा; कर्णालीबाट भविष्य उज्जवल साकोस, सुर्खेतका बिनोद ओली तथा सुदूरपश्चिमबाट एकता साकोस, कञ्चनपुरकी चित्रकुमारी पाण्डे सम्मानित हुनुभएको छ । 

त्यस्तै संघमा कार्यरत उत्कृष्ट कर्मचारी पुरस्कारबाट नेफ्स्कूनका व्यवसाय अधिकृत राजेन्द्र ढकाल सम्मानित हुनुभएको छ ।  नेफ्स्कून पत्रकारिता पुरस्कार राजधानी दैनिकका पत्रकार अमृतनाथ तिमल्सिनालाई प्रदान गरिएको छ । प्रविधिको प्रभावकारी प्रयोग तथा सदस्य सेवामा उत्कृष्ट योगदान पु¥याएको भन्दै भक्तपुरको झझल्को साकोसलाई नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि) प्रदान गरिएको छ । उक्त संस्थाले १० वटा युजरसहित मोबाइल बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

सहकारी व्यवस्थापक कोर्षका प्रशिक्षार्थी दीक्षित
स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सम्बन्धी सहकारी व्यवस्थापक कोर्ष उत्तीर्ण प्रशिक्षार्थीलाई दीक्षितसमेत गरेको छ । नेफ्स्कूनले नेपालको वित्तीय सहकारी क्षेत्रको प्रवद्र्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनमा निरन्तर भूमिका निर्वाह गर्दै आएको जनाएको छ । यस वर्षको स्थापना दिवसलाई ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’को अवधारणासहित सदस्य संस्थाको क्षमता, गुणस्तर, सुशासन र उत्तरदायित्व अभिवृद्धिमा केन्द्रित गरिएको संघले जनाएको छ । साथै नेफ्स्कूनले यसै दिवसको अवसर पारेर स्वनियमन मार्गदर्शन विमोचन गरेको छ । 

स्थापना दिवसका अवसरमा प्रदान गरिएका सम्मान तथा पुरस्कारले साकोस अभियानमा योगदान गर्ने व्यक्ति, संस्था, व्यवस्थापक तथा कर्मचारीलाई थप उत्प्रेरणा प्रदान गर्दै गुणस्तरीय सदस्य सेवा र उत्तरदायी सहकारी अभ्यासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । नेफ्स्कूनले ३९औँ वर्षमा प्रवेश गर्दै साकोस अभियानको संस्थागत सुदृढीकरण, गुणस्तरीय सेवा, सुशासन र उत्तरदायी सञ्जाल निर्माणलाई थप प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । अन्त्यमा केक काटेर कार्यक्रमको समापन अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप