नेफ्स्कूनको ३९औँ स्थापना दिवस गण्डकी प्रदेशमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवस गण्डकी प्रदेशमा

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३९ औं स्थापना दिवस श्रावण ३१ गते पोखरा पार्टी प्यालेसमा “सशक्त साकोस : उत्तरदायी सञ्जाल” यस बर्षको थिम सहित सम्पन्न भएको छ । 

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भीम बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश रजिष्ट्रार कार्यालय नि. रजिष्ट्रार अमृत प्रसाद कंडेल विशिष्ट आतिथ्यता, नेफ्स्कून निवर्तमान सञ्चालक तथा राष्ट्रिय सहकारी वैंकका सञ्चालक कमलादेवी गिरी, नेफ्स्कून निवर्तमान सञ्चालक तथा जिल्ला बचत संघ बाग्लुङका अध्यक्ष चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ स्याङजाका अध्यक्ष  प्रदिपराज अधिकारी, कास्की बचत संघका अध्यक्ष  शेरबहादुर कार्की, लमजुङ बचत संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, पर्वत बचत संघका अध्यक्ष जगन्नाथ शर्मा, तनहुँ बचत संघका अध्यक्ष देवी बहादुर बस्नेत, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका विज्ञ सदस्य नारायण प्रसाद आचार्य, म्यानेजर्स क्लव कास्कीका अध्यक्ष  मोहन अधिकारी, म्यानेजर्स क्लव स्याङजाका अध्यक्ष शिव वाग्लेको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरूले सहकारी संस्थाहरूको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँहरूले हाल बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर न्यून हुनुका साथै कतिपय अवस्थामा निक्षेप स्वीकार गर्नसमेत अनिच्छा देखाउने अवस्था रहेकाले सहकारी संघहरूको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताउनुभयो । सहकारी संस्थाहरूलाई सक्षम र सबल बनाउन सञ्चालक तथा कर्मचारीहरूलाई नियमित रूपमा तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । शिक्षा तथा क्षमता विकास नगरी केवल अनुगमन गर्ने र कानुनी दायरामा ल्याउने प्रयासले मात्र सहकारी क्षेत्रका समस्या समाधान हुन नसक्ने उहाँहरूको भनाइ थियो । सहकारी संस्थालाई जोखिममुक्त बनाउन सदस्यहरूलाई उत्पादनमुखी क्षेत्रको पहिचान गरी सोही क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने, युवाको सहभागिता बढाउनुपर्ने तथा प्रविधिमैत्री वातावरण निर्माण गर्नुपर्नेमा समेत उहाँहरूले जोड दिनुभएको थियो । त्यसैगरी, साना तथा छरिएर रहेका पुँजीलाई संकलन गरी त्यसको उचित व्यवस्थापन र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने, विद्यमान चुनौतीहरूको सामना गर्दै नआत्तिई योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने तथा नियामक निकायबाट जारी गरिएका परिपत्र, निर्देशन लगायतका कानुनी व्यवस्थाहरूको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । साथै, सहकारी संस्थाहरूलाई स्तरीकरण कार्यक्रममा सहभागी गराई सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सहकारी अभियानमा नेफ्स्कूनले अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्दै सहकारी संस्थाहरूलाई सुशासनयुक्त, व्यवस्थित तथा जोखिममुक्त बनाउन सहकारी विभाग, प्रदेश सरकार तथा स्थानीय सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा संघप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।  यसले नेपालको सहकारी क्षेत्रलाई एसियाली स्तरमा समेत उच्च स्थानमा पु¥याउन महत्वपूर्ण योगदान गरेको उहाँहरूको भनाइ थियो । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उहाँहरूले आगामी दिनमा पनि सहकारी क्षेत्रको विकास र प्रर्बधनका लागि नयाँ तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्न नेफ्स्कूनलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले हाल सहकारी अभियानले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्तको मर्मअनुसार कार्य गरेमा विद्यमान अवस्था सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले सदस्यहरूको जीवनस्तर उकास्ने, युवाको सहभागिता बढाउने तथा प्रविधिमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। विद्यालय तहदेखि नै सहकारीसम्बन्धी शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै स्वनियमन सहकारीको मूल मर्म भएकाले ऐन, नियम, नीति तथा कार्यविधिको पूर्ण पालना गरी कार्य गर्नुपर्ने धारणा राख्नुभयो। नेपालको अर्थतन्त्रमा सहकारीको योगदान अतुलनीय रहेको उल्लेख गर्दै पेपरलेस कारोबारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै, सञ्चालक तथा व्यवस्थापनले आफ्ना कार्यहरूको नियमित स्वमूल्याङ्कन गरी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। आपसमा बाझिएका कानुनी तथा नियामकीय व्यवस्थामा आवश्यक सुधारका लागि सम्बन्धित निकायमा समयमै सुझाव दिनुपर्ने बताउँदै उहाँले सहकारी अभियानलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। अन्त्यमा उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यस वर्ष नेफ्स्कून “सशक्त साकोसः उत्तरदायी सञ्जाल” भन्ने मूल नाराका साथ अघि बढ्ने बताउनुभयो । उहाँले विगतका पुस्ताले सहकारी अभियानमा पु¥याएको योगदानको सम्मान गर्दै आवश्यक सुधार र पुस्तान्तरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।  राम्रो कार्य गर्नेलाई पुरस्कृत र गलत कार्य गर्नेलाई कारबाहीको व्यवस्था प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । विगतका दृश्यमा एकरूपता कायम भए पनि अब प्रतिवेदन प्रणालीमा समेत एकरूपता आवश्यक रहेको बताउँदै जुन पद्धतिको खेल हो, त्यसैको नियमअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पूँजी पर्याप्तता वृद्धि गर्न स्पष्ट योजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै नेफ्स्कून सम्बन्धित निकायको सहयोगी संघका रूपमा कार्यरत रहेको, प्रतिस्पर्धी नभएको स्पष्ट पार्नुभयो । विभिन्न महामारीमा जोखिम मोलेर सदस्यलाई सेवा प्रदान गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्न नसक्दा निराशा बढेको उल्लेख गर्दै सञ्जालको पूँजी सञ्जालमै परिचालन गर्न संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अन्त्यमा एकताको विकल्प नभएको भन्दै संयमित भएर सहकारीको मर्मअनुसार कार्य गर्न आग्रह गर्नुभयो । साथै ३९औँ स्थापना दिवसमा पुरस्कृत उत्कृष्ट जिल्ला सहकारी संघ स्याङ्जा, पौरखी साकोस र उत्कृष्ट व्यवस्थापक गोविन्दराज आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले नेफ्स्कूनले ३८औं स्थापना दिवसको दिन सार्वजनिक गरेको स्क्यान कार्यक्रमबारे जानकारी तथा नेफ्स्कूनको स्थापना कालदेखि हालसम्मका विवरण र अवको नयाँ कार्यदिशाका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । 

अन्तमा केक काटी कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो भने  सम्पूर्ण व्यवस्थापन नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका ११० वटा साकोसका १५५ जना प्रतिनिधिहरु साथै अन्य विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप