काभ्रेका सहकारी संघ संस्थाहरूको सेवा एकसाताका लागि बन्द
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेका सहकारी संघ संस्थाहरूको सेवा एकसाताका लागि बन्द

काठमाडौं । तीब्र रुपमा फैलँदो कोरोना भाइरस (कोभिड १९) दोस्रो चरणको संक्रमण का कारण काभ्रे जिल्ला पछिल्लो समय निकै प्रभावित भएसँगै कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेले आजदेखि सम्पर्क व्यक्ति मार्फत सेवा दिने गरी एक साताका लागि कार्यालयीय सेवा बन्द गर्ने निर्णय गरेको छ ।

हिजो बसेको क्लबको वैठकले आज (२०७८ बैशाख २६ गते) देखि लकडाउन तथा निषेधाज्ञा अवधिभर आआफ्ना संस्थामा सम्पर्क व्यक्ति मार्फत सदस्यहरुलाई अत्यावश्यक सेवा प्रवाह गरिने जनाएको छ । सामुदायिक साकोस पनौतिका प्रमुख कार्यकारी अधिकृत एवं क्लबका अध्यक्ष मदन बस्नेतले भन्नुभयो, महामारी बढ्दो छ, निषेधाज्ञाका कारण सदस्य आवत जावत पनि असहज छ । संस्थामा कारोबार शून्य छ । कर्मचारीहरुलाई उच्च जोखिम मोलेर कार्यालय बोलाउँदा पनि भोलि कर्मचारीहरुको स्वास्थ्य अवस्था प्रति को जिम्मेवार हुने, समय परिस्थितिले पनि कार्यालय सेवा बन्द गरी सम्पर्क व्यक्ति मार्फत सदस्यहरुको अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्ने निर्णय गरेका हौं । सामुदायिक साकोसमा कार्यरत केही कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ । काभ्रेका अन्य सहकारीका कर्मचारीहरु पनि संक्रमणको उच्च जोखिमका बीच रहनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण कर्मचारी र सदस्यहरुलाई सुरक्षित रहन सामुदायिक साकोस परिवार अनुरोध गर्दछौं ।  

वागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटाले जोखिम दिनप्रतिदिन भयावह बन्दै गइरहेको र सबै जना आआफ्नो ठाउँमा सुरक्षित रहनुपर्ने पहिलो प्राथिमकता रहेको बताउनुभयो । उहाँले व्यक्तिको स्वास्थ्य सुरक्षा पहिलो विषय हो, सहकारीका सदस्यहरुका लागि अतिआवश्यक सेवा सम्पर्कको आधारमा पनि गर्न सकिन्छ र जस्तोसुकै परिस्थितिमा पनि सहकारी सदस्यको सेवामै प्रतिबद्ध रहन्छ । तर जोखिमको समयमा संस्थाका कर्मचारी, सदस्यहरु र सञ्चालकहरु पनि सबै नै सुरक्षित हुन अति आवश्यक छ । जिल्लामा हेर्नेहो भने अहिले पनि विभिन्न सहकारी संघ संस्थाका कर्मचारीहरु, सदस्यहरु दिनप्रतिनिद संक्रमित भइरहनुभएको छ । त्यसकारण पनि सहकारीको कार्यालयीय सेवालाई थाति राखेर व्यक्तिगत सुरक्षामा विशेष सावधानी र ध्यान पुर्याऊँ । 

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक के.बी. लामा स्याङ्तानले प्रशासनले साताको दुई दिन वित्तीय सेवा सञ्चालन गर्न भनेपनि कर्मचारीहरुमा बड्दै गएको कोभिड संक्रमण जोखिमका कारण कार्यालयीय सेवा बन्द गर्ने निर्णयमा पुगेका छौं, उहाँले भन्नुभयो, प्रविधि मार्फत सेवा उपयोग गर्न सदस्यहरुलाई अनुरोध गरेका छौं । विन्धबासिनीको धेरै सदस्यहरु ग्रामिण क्षेत्रका छन्, प्रविधि प्रयोगमा सदस्यहरुलाई केही असहजता त छ नै तैपनि तीब्र संक्रमण जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ । प्रशासनले पनि बैंक वित्तीय संस्थालाई कडाइ गरेको छ । साताको दुई दिन सेवा दिन भनिएपनि हामीले अति आवश्यक पर्ने सदस्यहरुका लागि सम्पर्कको आधारमा सेवा दिने निर्णयमा पुगेका हौं । उहाँले भन्नुभयो, जिल्ला प्रशासनले पुन आज अर्को सूचना जारी गर्दैछ, संक्रमण दर उच्च बन्दै गएकोले हामीले हिजो नै काभ्रेका विभिन्न सहकारी संघ संस्थाका व्यवस्थापकहरुको बीचको छलफलबाट सहकारी संघ संस्थाको सेवालाई एक सातका लागि बन्द गर्ने निर्णयमा पुग्यौं । विन्धबासिनी साकोसको पनि विभिन्न सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको छ । हामी उहाँहरुको स्वास्थ्यलाभको कामना गर्दै अन्य कर्मचारीहरु र सदस्यहरुलाई सुरक्षित रहन अनुरोध गर्दछौं । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप