भोलिको साइबर सुरक्षा तालिमको आकर्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोलिको साइबर सुरक्षा तालिमको आकर्षण

काठमाडौं । साकोस अभियानको प्रविधिकरण नेफ्स्कूनको अहिलेको प्रमुख प्राथमिकता हो । प्रतिस्पर्धी स्थान ओगट्न र सदस्यहरुका सबै आवश्यकताहरुको सहज, सरल र समयसापेक्ष सम्बोधन गर्न नेफ्स्कूलने समग्र साकोस अभियानको डिजिटाइजेशनमा बिशेष जोड दिदैं आएको छ । नेफ्स्कूनको पाँचौ रणनीतिक योजनामा पनि उक्त विषय अटाएको छ । सोही अनुरुप नेफ्स्कूलने यही बैशाख १९ गतेबाट सदस्यहरुबीच विद्युतीय भुक्तानी सेवा तथा अन्तर साकोस भुक्तानी पूर्जा सटही सेवा प्रारम्भ गरेको छ । 

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले डिजिटाइजेसनसँग जोडिने अन्योन्याश्रित विषय प्रविधि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर भोलि साइबर सुरक्षा विषयमा भर्चुअल तालिम राखिएको बताउनुभयो । जुम प्लेटफर्मममा बिहान ११ बजेबाट सुरु हुने तालिम प्रविधिकरणमा जोडिएका र जोडिदै गरेका सहकारीहरु र तिनमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको जनशक्ति लक्षित छ ।

‘प्रविधि भित्र्याउने कुरा महत्वपूर्ण हो,’ कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो, ‘तर त्यो भन्दा अहम् विषय तिनको सुरक्षा संवेदनशीलता भएकाले सोही विषय सम्बोधन गर्न तालिम आयोजना गरिएको हो ।’ उहाँले यो तालिम सबै सहकारीहरुका लागि आवश्यक भएकोले यसको आकर्षण पनि बढी नै रहेको बताउनुभयो । साइबर सुरक्षाकै विषयमा भने नेफ्स्कूनले आयोजना गर्न लागेको यो पहिलो तालिम हो । 

तालिमका मुख्य सहजकर्ता नेफ्स्कूनका बरिष्ठ सूचना प्रविधि अधिकृत शीतल थपलियाले डिजिटल सुरक्षा भित्रका ३ महत्वपूर्ण विषयहरुः गोपनीयता, अखण्डता र उपलब्धताको विषयमा भोली चर्चा गरिने तयारी सुनाउनुभयो । ‘यो प्रविधि साक्षरतासँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘एउटा कम्प्युटरदेखि ठूला सफ्ट्वेयर सञ्चालन गर्नेहरुका लागि पनि तालिम उपयोगी हुनेछ ।’ बरिष्ठ सूचना प्रविधि अधिकृत थपलियाले भन्नुभयो, ‘प्रविधिसँग जोडिएर मात्र हुँदैन यसको सुरक्षाका उपायहरु पनि अवलम्बन गरिएन भने यसले जोखिम सृजना गर्दछ, त्यसैले सदस्य संघ संस्थाहरुमा जडित प्रविधिहरुको सुरक्षाका लागि यो तालिम राखेका हौं ।’

तालिममा के कस्ता प्रविधिजन्य चुनौतीहरु हुन्छन् र तिनबाट बच्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयका साथै साइबर सुरक्षाको कानूनी पाटाहरुका बारेमा पनि जानकारी गराइनेछ ।
साइबर सुरक्षाको परिचय, यसले ओगट्ने क्षेत्रहरु, फिसिङ, मालवेयर, स्प्याम, फेक इमेल, डाटा चोरी आदि विषयहरु पनि भोलीको तालिममा अटाउने थपलियाले बताउनुभयो । प्राविधिक विषय भएपनि सहभागीहरुलाई सरल, सहज र व्यावहारिक उदाहरणहरु सहित बुझाउने गरी आफुले तयारी गरेको सहजकर्ता थपलियाले बताउनुभयो । अहिलेको जल्दोबल्दो विषय भएकाले आवश्यकतासँगै आकर्षण हुनु स्वाभाविक भएको उहाँले पनि उल्लेख गर्नुभयो । सहभागितामूलक र अन्तरक्रियात्मक विधि अपनाइने भएकाले बुझ्न सहज हुने उहाँले बताउनुभयो । जिज्ञासा हुने सहभागीहरुले च्याट बक्समार्फत वा सिधै प्रश्न सोध्न सक्ने र थप जानकारी आवश्यक भएको अवस्थामा आफुसँग व्यक्तिगत वा नेफ्स्कूनमा सम्पर्क गरेर पनि लिन सकिने थपलियाले बताउनुभयो ।

भारतबाट कम्प्युटर बिज्ञानमा एमएससी गर्नुभएका थपलियासँग राजधानीका विभिन्न क्याम्पसहरुमा १ दशक लामो आइटी अध्यापन अनुभव समेत रहेको छ भने थुप्रै सूचना प्रविधि (आइटी) कम्पनीहरुमा उहाँले परामर्शदाताको रुपमा पनि काम गर्नुभएको छ । उहाँ खासगरी साइबर सुरक्षा विषयका गहन अध्येता समेत हुनुहुन्छ ।

विश्व ऋण परिषद् (ओकू) ले सन् २०२५ सम्ममा विश्वका सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई डिजिटाइज गर्ने लक्ष्य लिदै साइबर सुरक्षालाई साझा जिम्मवारी (सेयर्ड रेस्पन्सिबिलिटी) भनेको छ । लक्ष्य हासिल भए नभएको मापनका लागि ओकूले डिजिटल च्यानल, सेयर्ड प्लेटफर्म, रिस्क म्यानेजमेन्ट र डाटा अनालिटिक्स गरी ४ वटा विषयलाई प्रमुख आधार बनाएको छ । ओकूको सदस्य नेपालले पनि पछिल्लो समयमा प्रविधिलाई प्राथमिकीकरण गर्दै सदस्यहरुलाई प्रविधि सहजीकरणमा पनि सहयोग उपलब्ध गराउँदै आएको छ । यसै क्रममा सबै सदस्यहरुलाई उपयोगी तालिम आयोजना गरिएको नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताउनुभयो ।

कोभिड महामारीको समयमा यस्तो तालिम आवश्यकता झनै टड्कारो छ । साइबर अपराधका घटनाहरु महामारी वा संकटको अवस्थामा मौलाउने हुँदा बेलैमा तिनको प्रकृति र सुरक्षा सावधानीका उपायहरु अपनाउनु पर्ने प्रशिक्षक थपलियाले बताउनुभयो । तालिममा सहभागिता सीमा नरहेकाले जतिजनाले पनि भाग लिन सकिने व्यवस्था मिलाइएको छ । सहभागिताको लागि नाम दर्ता https://docs.google.com/.../1FAIpQLSeGQEwL3V.../viewform. लिङ्कमार्फत गर्न सकिने छ भने तालिम शुल्क ८ सय रुपैयाँ (भ्याटसहित) डिजिटल भुक्तानी प्लेटफर्म ई सेवा तथा डिजिटल वालेट खल्ती बाट तिर्न सकिने छ । नेफ्स्कूनले तालिममा सहभागिताका लागि सबैलाई आग्रह गरेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप