साईबर सुरक्षा सबन्धी भर्चुअल तालिम सम्पन्नः नेफ्स्कूनको आयोजनामा तालिम निरन्तर सञ्चालन हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साईबर सुरक्षा सबन्धी भर्चुअल तालिम सम्पन्नः नेफ्स्कूनको आयोजनामा तालिम निरन्तर सञ्चालन हुने

काठमाडौं । कोभिड महामारीका समयमा प्रविधिकरणलाई जोड दिँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले आज जुम प्लेटफर्म मार्फत साईबर सुरक्षा तालिम सञ्चालन गरेको छ । पछिल्लो समय व्यावसायिक रणनीतिक योजना मार्फत नै प्रविधिकीकरण लाई जोड दिँदै आएको संघले साकोस अभियानलाई डिजिटाइजेसन मा लानुपर्ने आवश्यकता सँगै प्रविधि प्रयोगको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पहिलो पटक साईबर सुरक्षा तालिम सञ्चालन गरेको हो । प्रविधिकरणमा जोडिएका र प्रविधिमा जोडिने चरणमा रहेका आवद्ध सदस्य संस्थाका जनशक्तिहरुलाई प्रविधि प्रयोगमा दक्षता हासिल गराउने उद्देश्यका साथ प्रथम चरणको तालिम प्रारम्भ भएको हो । 

साईबर सुरक्षा तालिम साकोस अभियानलाई प्रविधिकरणमा लैजाने महत्वपूर्ण फड्को को रुपमा रहेको छ, तालिम शुभारम्भका क्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भन्नुभयो, “वर्तमानलाई परिवर्तन गर्दै भविष्यलाई व्यवस्थापन गर्न  हाइटेकको पक्षमा उभिनुपर्ने आजको आवश्यकता हो । त्यसका लागि हामी सबै तयार रहनुपर्छ ।”

उहाँले प्रविधिगत परिवर्तलाई आत्मसाथ गर्दै हामीले गर्ने प्राविधिक कामको हरेक कोणबाट सुरक्षाविधि अपनाउँदै त्यसलाई व्यवसाय सँग जोड्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । प्रविधि प्रयोगका क्रममा देखिने सुरक्षा चुनौतीहरुको सुरक्षित समाधानका लागि साकोसका टेक्नोक्र्याट्सहरुलाई दक्ष बनाउन तालिम आवश्यक रहेको र नेफ्स्कून यसको व्यवस्थापनमा लागि पर्ने बताउनुभयो । 

आबद्ध सदस्य साकोसहरुका लागि न्यूनतम शु्ल्कमा सञ्चालन गरिएको साइबर सुरक्षा तालिममा शुरुमा साईवर सुरक्षाको परिचय, साईबर सुरक्षाका प्रमुख तीन पिलर, साइबर थ्रेट, साईबर सुरक्षाको महत्व लगायतका विषयवस्तुहरु उदाहरण सहित प्रकाश पारिएको थियो । सहकारीले आफ्नो डाटाहरुको सुरक्षा गर्न र हामीले प्रयोग गर्ने कम्प्यूटर, आइटी सिस्टमलाई सुरक्षित गर्न सेक्यूर वेवसाइट र एचटिटिपिएस् को प्रयोगमा ध्यान दिने साथै सुरक्षित पासवर्डहरुको प्रयोग गर्नुपर्नेमा जोडदिइएको थियो । 

अभौतिक रुपमा कसैले हाम्रो कम्प्यूटरमा भएको डाटालाई गलत प्रयोग गर्ने, डाटाहरु फेरबदल गर्ने, चोर्ने, नष्ट गर्ने लगायतका कामहरु गरिरहेका हुन्छन । प्रविधि प्रयोगका क्रममा कसरी सुरक्षित रहने र आफ्नो कार्यालयीय र व्यक्तिगत विषयमा गोपनियता र विश्वसनीयता कायम गर्न सजग रहनुपर्ने विषयवस्तुबारे प्रष्ट पारिएको थियो । प्रविधि प्रयोगको क्रममा सचेत नहुँदा र प्राविधिक ज्ञानको कमी हुँदा हामीले हाम्रो कम्प्यूटरमा बारम्बार आइरहने गलत, अनावश्यक सन्देशहरु खोल्ने, अनावश्यक फाइलहरु कपि गर्ने लगायतका काम बाट पनि डाटाहरु फिसिङ हुनेगरेको उदाहरण प्रस्तुत गरिएको थियो । साईबर थ्रेटहरुको पहिचान, उपयुक्त एन्टीभाइरसको प्रयोग, डाटाहरुको सुरक्षित व्याकअप (भण्डारण), सेक्यूर वल्ड वाइड वेभ र एचटिटिपिएस्को प्रयोगमा ध्यान दिएर साइबर क्राइम र साइबर थ्रेट बाट बच्ने उपायहरु सुझाइएको थियो । साथै साइबर ल को विषयमा पनि जानकारी गराइएको थियो । 

विहान ११ बजे शुरु भएको अभौतिक तालिममा नेफ्स्कूनका पदाधिकारीहरु, सञ्चालकहरु, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत, तालिम प्राचार्य, बरिष्ठ अधिकृतहरु र सूचना प्रविधि शाखाका कर्मचारीहरु लगायत ९३ जना साकोस व्यवस्थापकहरु सहित अन्य प्रतिनिधिहरुको सहभागिता रहेको हो ।
  
कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कोभिड महामारीको बिषम परिस्थितिमा नेफ्स्कूनले पहिलो पटक साईबर सुरक्षा तालिम सञ्चालन गरेको र साकोस अभियानको साझा सञ्जाल निर्माणमा पनि प्रविधि प्रयोग सुरक्षा सजगता महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । उहाँले एशियाली ऋण महासंघ अकुले पनि सन् २०२५ सम्म एशियाका सम्पूर्ण क्रेडिट यूनियनहरुलाई सझा सञ्जालमा समेट्ने लक्ष्य लिएको र विश्व ऋण परिषद्ले पनि विश्वभरका क्रेडिट युुनियनहरुलाई साझा प्लेटफर्म मार्फत एकठाउँमा ल्याउने अभियान थालनी गरेको उल्लेख गर्दै सम्पूर्ण साकोसहरुले सुरक्षित प्रविधि प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । साथै अभियानले प्रयोग गरिरहेको सिस्टम कति सुरक्षित छ भनेर समय समयमा हेर्न र थप सुरक्षा संयन्त्रको अबलम्बन गर्न अब आइटि अडिडको पनि आवश्यकता रहेको हुँदा नेफ्स्कूनले त्यसका लागि सहजीकरण गर्न पहल गर्ने पनि बचतबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत सीतल थपलियाले सहजीकरण गर्नुभएको आजको तालिम कार्यक्रममा आजको जल्दोबल्दो विषयको रुपमा रहेको साईबर सुरक्षा, मालवेयर, साईबर फिसिङ, साइबर क्राइम र साइबर ल को विषयबस्तुहरु समेटिएका थिए । कोभिड महामारीको दोस्रो लहर चलिरहेको विद्यमान अवस्थामा ्र प्रविधि प्रयोगमा आएको व्यापकता र इन्टरनेट प्रयोगकर्ताहरुको बढोत्तरीसँगै साईबर क्राइमहरु पनि बढ्ने देखिएको उल्लेख गर्नुभयो । पछिल्लो तथ्यांक अनुसार पनि सन् २०१६ देखि २०१९ मा साईबर क्राइमको घटना ३७ प्रतिशतले बढोत्तरी भएको र प्रत्येक बर्ष २० प्रतिशत ठूला कम्पनीहरु कुनै न कुनै प्रकारको साइबर एटेम मा पर्ने गरेको बताउनुभयो । 

पेनड्राइभको प्रयोगमा सजगता अपनाउने, कम्यूटरमा भएको डाटाको सुरक्षा सजगता, कम्प्यूटर, सफ्टवयर र फेसबुक एकाउन्टहरुको स्ट्रोङ यूजर नेम, पासवर्डको प्रयोग, समय समयमा यूजरनेम पासवर्ड परिवर्तन, उपयुक्त एन्टीभाइरस टुल्सको प्रयोगमा ध्यान दिने लगायतका  विषवस्तुहरु प्रष्ट्याइएको थियो ।  
 
तालिममा सहभागी व्यवस्थापक द्वय बाबुराजा बज्राचार्य र राजकुमार आचार्यले प्रविधिमैत्री कामको सुरक्षा मा जहिल्यै पनि प्राविधिक जटिलताहरु भोग्नुपर्ने भएकोले यसको सुरक्षाका लागि परिवर्तित प्राविधिक ज्ञान आवश्यक रहेको उल्लेख गर्नुभयो ।  उहाँहरुले नेफ्स्कूनले आयोजना गरेको आजको तालिम अत्यन्त प्रभावकारी रहेको भन्दै सुरक्षित प्रविधि प्रयोग र सञ्चालनमा नेफ्स्कूनको साथ सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

तालिम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने सहभागीबीचको अन्तरक्रियात्मक सत्रमा बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र सूचना प्रविधि अधिकृत द्वय राजन सुवेदी र प्रविण अधिकारीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी आगामी चरणमा सञ्चालन हुने भर्चुअल तालिम जस्तै क्रेडिट रिस्क, कम्प्लाएन्स तालिम (टीटीआर, एसटीआर), सम्पत्ती शुद्धीकरण निवारण र  विभिन्न पालिका स्तरका नियमनकारी निकायहरुमा पेश गर्नुपर्ने प्रतिवेदन लेखन लगायतका तालिमहरु सञ्चालनका सम्बन्धमा जानकारी गराइएको थियो । 
 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप