सहकारीबाट व्यापारः व्यापारबाट अपार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीबाट व्यापारः व्यापारबाट अपार

दक्षिण कोरियाका धेरै मानिसहरु उनलाई Representative of Young Man's Vegetable Shop का रुपमा चिन्छन् । उनको परिचय पत्रमा ‘भेजिटेबल सेलर’ (तरकारी व्यापारी) लेखिएको छ । सन् १९९८ मा राजधानी सियोलमा एउटा ट्रकबाट तरकारी र फलफुल विभिन्न पसलहरुमा पुर्याउँदै बिक्री गर्ने कामबाट सुरु भएको उनको व्यापार दक्षिण कोरियाभर ४० वटा स्टोरहरु भेजिटेबल चेनको रुपमा फैलिएको छ । सन् २००३ मै उनका स्टोहरुबाट बार्षिक बिक्री १० बिलियन वन (कोरियाली मुद्रा) पुगेको थियो । उनको सफलतासँग सहकारी साइनो पनि गाँसिएको छ । उनको नाम ली योङ सुक हो ।

सन् १९९८ देखि २० वर्षसम्म ली फलफुल तथा तरकारी व्यापार पनि अरु झैं सम्मानित पेशा हो भन्ने प्रमाणित गर्न आत्मविश्वास र गर्वका साथ काममा खटिरहे । चिनजानका मानिसहरु ली ले तरकारीको रुपमा प्रयोग गरिने समुद्री जीवको व्यापार (जसमा पछि उनले अन्य तरकारी र फलफुलपनि थपे) मा गरेको निरन्तरको परिश्रम, लगाव, इमानदारी र क्रेडिट युनियनको साथले सफल भएको बताउँछन् । सन् २०१० तिर नै उनी धेरै स्टार्ट अप हरुका लागि रोल मोडल बनेका थिए । उनका सफलताका कथाहरु कोरियामा धेरै संगीत, नाटक र चलचित्रमा उतारिएका छन् ।

आफु सफल भैसकेपछि सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म एक बेरोजगार युवा थिए । म सँग पैसा थिएन । पहुँच पनि थिएन । मेरो पढाइ पनि खासै राम्रो थिएन । पैसा, पढाइ र पहुँच नभएका कारण राम्रो जागिर पाउन सकिरहेको थिइन । सुरुमा मैले सामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काम गरेँ । त्यसमा पनि टाढासम्म सामान पुर्याउन जान मसँग रकम  थिएन, सुरुमै काम गरेको ठाउँमा पैसा माग्न मिलेन । मलाई सधै लाग्थ्यो, मसँग ३ मिलियन वन भएको भए, म आफै केही गर्न सक्थेँ तर त्यति पैसाको जोहो गर्ने विकल्प थिएन ।’

सन् १९९१ मै एउटा सानो कलेजबाट कला विषयमा पढाइ सकेपछि उनी एउटा सभा समारोह सम्मलेन आयोजना गर्ने कम्पनीमा काम गर्न थाले । उनले धरै सभा समारोहहरु आयोजनाको जिम्मा लिए । तर त्यहाँ सन्तुष्ट हुन सकेनन र ६ महिनामै छोडे । उनी फेरि बेरोजगार बने । 

ली ले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘म यस्तो काम गर्न चाहन्थे जहाँ मेरो क्षमताको पहिचान होस्, म कति परिश्रम गर्छु भन्ने कुरा बोध होस । म मेरो परिश्रम बराबरको मुल्य कमाउन चाहन्थेँ, तर त्यस्तो काम पाउन सजिलो थिएन । तर जब म रोजगारीको लागि भौतारिरहेको थिएँ तब एक दिन मैले एक वृद्धलाई भेटे जो एउटा पार्क अगाडि व्यापार गरिरहेका थिए । उनीसँगको त्यसदिनको त्यो भेटले मेरो जीवनमा परिवर्तन ल्यायो ।’

त्यस दिन ली लाई अन्यत्र कही जानु थिएन त्यसैले हान नदी छेउ पार्कमा बेञ्चमा बसिरहेका थिए । नजिकै एक वृद्ध समुद्री जीव (सी फुड) बेच्न बसिरहेका थिए । तर धेरै लामो समयसम्म ली त्यहाँ बसुन्जेलसम्म ती वृद्धाले एउटा पनि उक्त समुद्री जीव बेच्न सकेनन् । ली ले ठाँने ‘मैले आँटे भने धेरै बेच्न सक्छु’ । त्यसैले उनले ती वृद्धबाट २० हजार वन (१६ अमेरिकी डलर) बराबरको सीफुड लिए र आधा घन्टामा दोब्बर रकममा बेचे । यो त उनको लागि चिठ्ठा परे झै भयो । त्यसैले उनले फेरी सीफुड थपे र २ घन्टामा ८० हजार वन जम्मा गरे ।

त्यति बेला उनलाई लाग्यो, आफ्नो लागि व्यापार नै जीवनमा गर्नुपर्ने उत्तम चीज हो । यो सोझो काम थियो जसमा उनलाई केवल सही सामान आवश्यक पर्दथ्यो । ली ले ती वृद्धलाई आफ्नो गुरु बन्न आग्रह गरेँ जोसँग उनले करिब १ वर्ष सँगै रहेर व्यापार बारेमा यथेष्ट ज्ञान लिए । त्यो एकदमै महत्वपूर्ण समय थियो उनको लागि किनकि त्यसअविधमा उनले व्यापारका आधारभूत विषयहरु बुझेँ, कसरी राम्रो सामान छान्ने र होलेसेलबाट कसरी सामानहरु ल्याउने लगायत ।

त्यसपछि उनले आफै व्यवसाय सुरु गर्ने निधो गरे । तर आँट र हिम्मतको रथ अघि बढाउन रकम पनि आवश्यक थियो जसको व्यवस्था गर्न लिलाई कठिन भयो । कही कतैबाट सहयोग नभएपछि उनी विगतमा सँगै काम गर्ने पुराना साथी भेट्न गए जसले ‘कुनै बेला केही आवश्यक पर्यो भने भन्नु’ भनेका थिए । 

अन्तर्वार्तामा ली ले भनेका छन्, ‘मैले गरिबीबाट मुक्तिको लागि उनीसँग ३ मिलियन वन मागेँ । साढे २ मिलियन पुरानो ट्रक किन्न, बाँकी सामान खरिद गर्न आवश्यक भएको बताएँ । तर उनीसँग पनि पैसा थिएन त्यसैले भोलिपल्ट छिमेकको एउटा क्रेडिट युनियनमा लगेँ । त्यहाँबाट उनले मलाई ऋण मिलाइ दिए । नजिक भएका अन्य बैंकहरुबाट त्यो सम्भव थिएन । तर त्यो क्रेडिट युनियनले सधै ‘सपना र इच्छा भएका’ हरुलाई ऋण उपलब्ध गराउथ्यो । त्यो क्रेडिट युनियनले ‘व्यक्तित्व र सम्भवाना’ (Personality and Possibility) हेर्दथ्यो नकि व्यक्तिको ‘पृष्ठभूमि र उत्पत्ति’ । त्यो क्रेडिट युनियनबाट लिएको ३ मिलियन वन मेरो लागि सफलताको सिड मनी बन्यो ।’

वाचा गरे झै उनले एउटा पुरानो ट्रक किने र तरकारी अनि फलफुलको बिक्री सुरु गरेँ । ली अरु भन्दा बढी बिक्री गर्दथे किनकि उनी अरु भन्दा बढी परिश्रम गर्दथे । ऋण लिएको एक महिनाभित्र क्रेडिट युनियनमा सबै तिरे । त्यसपछि ५ वर्ष उनले लगातार ट्रकबाट फलफुल र तरकारी बिभिन्न ठाउँमा वितरण गरेँ । पछि जब लीसँग १ सय मिलियन वन जम्मा भयो तब उनले सन् १९९८ मा डेइचि डङ भन्ने स्थानमा एउटा स्टोर खोले जसको नाम थियो ‘Everything From Nature (सबैचिज प्रकृतिबाट)

अब ली केवल एउटा ट्रकको मालिक मात्र होइन, एउटा स्टोरकै मालिक बने । यति हुँदा पनि उनी स्टोरमा अन्य साथी र कर्मचारीभन्दा २ घन्टा अघि काममा आउथे र बेलुकी अरुभन्दा २ घन्टा पछि निस्कन्थे । उनको यही लगावको लगानीका कारण छोटो समयमै उक्त स्टोर गुणस्तरीय सामान र गुनिलो व्यवहारका लागि समेत धेरै ग्राहकहरुको रुचाइममा परिसकेको थियो ।

ली कोरियाभरमै तरकारी र फलफुल बिक्रीमा उत्कृष्ट बन्न चाहन्थे । जुन सम्भव पनि भयो । केही वर्षमै उनी १० बिलियन वनको वार्षिक कारोबार गर्न सफल भए । पछि जहाँ जहाँ उनले नयाँ स्टोरहरु थप्दै गए त्यहाँबाट उनले बैंकलाई तिर्ने किस्ता मात्र लिन्थे र कामदारहरुलाई नै मालिक बनाउँदै गए । जब उनलाई रकम अभाव भएको बेला क्रेडिट युनियनले सहयोग गरेको थियो पछि त्यसैगरी उनले आफ्ना कर्मचारीहरुलाई पनि मालिक बन्न सहयोग गरेँ । 

शहरका अन्य तरकारी पसलहरु भन्दा लीको स्टोर फरक छ । अरु स्टोरहरु राती अबेरसम्म खुल्छन् तर उनको स्टोर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म मात्र खुल्छ । शनिवार दिउँसो ३ बजे बन्द हुन्छ भने आइतबार पुरै बन्द । अर्को महत्वपूर्ण रणनीति भनेको स्टोरका कर्मचारीहरुले प्रत्येक ग्राहकसँग गर्ने व्यवहार अत्यन्तै नम्र, शिष्ट र उदाहरणीय छ । ली भन्छन्, ‘यस्तो व्यवहार गर्न कत्ति पनि पैसा खर्च गर्नुपर्दैन ।’

त्यस्तै एउटै सामाग्रीबाट धेरै मुनाफा आर्जन नगरी धेरै सामानबाट थोरै थोरे नाफा गर्ने तर ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनले रणनीति लिएको जनाएका छन् । उनको स्टोरले कर्मचारीहरुलाई पनि एकदमै राम्ररी व्यहार गर्दछ । स्टोरले २ वर्ष काम गरेका कर्मचारीलाई विदेशमा गएर सुपरमार्केटहरु कसरी सञ्चालन भएका छन् भन्ने अध्ययन अवलोकनको अवसर प्रदान गर्दछ । कतिपयले एउटा सामान्य तरकारी पसलमा काम गर्ने कर्मचारीलाई अध्ययन अवलोकनको लागि विदेश पठाउने भन्दा अचम्म लागेपनि त्यसले आफ्नो व्यवसायलाई निक्कै सहयोग पुग्ने दाबी लीले गरेका छन् ।

(कोरियाली बचत तथा ऋण सहकारीहरुको छाता संघ नाकूफोकले सन् २०१७ मा प्रकाशित गरेको एक पुस्तकमा ली को सफलताको कथा समावेश गरिएको छ ।)

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप