सहकारी संघ संस्थाहरुलाई अभियानको संयुक्त अपील 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संघ संस्थाहरुलाई अभियानको संयुक्त अपील 

काठमाडौं । सहकारी अभियानले कोभिड महामारीको दोस्रो लहरको व्यापकपतालाई ध्यानमा राखी सहकारी संघ संस्थाहरुका लागि संयुक्त अपील जारी गरेको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता एवम् विशेष आमन्त्रितका रुपमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायतको सहभागितामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिं (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंक लि.बीचको संयुक्त कार्यदलको आज बसेको भर्चुअल बैठककाे समयमै सबैकाे सहमतिमा अभियानको तर्फबाट काेभिड महामारीलाई ध्यानमा राखी हाललाई सदस्य संघ संस्थाहरुलाई प्रत्यक्ष रुपमा कार्यालय मार्फत गरिने सेवा प्रवाह स्थगन गरी सम्पर्क व्यक्ति तोकेर वा सम्भव भएसम्म प्रविधिको माध्यमबाट बैकल्पिक रुपमा अत्यावश्यक वित्तीय सेवा प्रवाह गर्न, घरदैलोमा गई बचत संकलन कार्य स्थगन गर्न, जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपले पालना गर्न अपील गरिएकाे हो ।

यसैगरी, सदस्यहरुसँंग नियमित सम्पर्कमा रही उनीहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्याबारे जानकारी लिन र स्थानीय तहसँंग समन्वय गरी सदस्य तथा समुदायको स्वास्थ्य सेवामा सहजीकरण गर्न खाद्यान्न, तरकारी, दुध लगायतका गैह्र वित्तीय सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाहरुले भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी सुरक्षित रुपमा बस्तु तथा सेवा प्रवाह गर्न, अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कनका लागि सदस्यहरुमा अभौतिक माध्यमको प्रयोग मार्फत सचेतना अभिबृद्धि गर्न, निषेधाज्ञा जारी नभएका जिल्लाहरुमा समेत न्यूनतम कर्मचारीहरुमार्फत आशिंक रुपमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न आग्रह गरेको छ । नेफ्स्कून र बैंकबीचको कार्यदलको बैठकले कोरोना भाइरसको दोस्रो लहरबाट उत्पन्न हुनसक्ने तरलताको उचित व्यवस्थापनका लागि दुबै निकायको अग्रसरतामा पर्याप्त तरलता रकम व्यवस्थापन गर्ने निर्णय समेत भर्चुअल बैठकले गरेकाे अपीलमा उल्लेख छ । हिजो नै संघीय सहकारी विभागले पनि बिषम परिस्थितिलाई ध्यानमा राखी कार्यालयमा अत्यावश्क बाहेकका काम हाललाई स्थगन गरी सम्पर्कका आधारमा सेेेेवा दिन आग्रहसहितकाे सूूूूचना जारी गरेको थियो । सेवा प्रवाह सम्बन्धमा विभागले जारी गरेको सूचनमा नेपालभर क्रियाशील सबै सहकारी संघ संस्थाहरुले अन्यन्त जरुरी र अत्यावश्यक कार्य तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनको पूर्ण समन्वयमा मात्र सञ्चालन गर्न र बाँकी सेवा तथा क्रियाकलापहरु अवस्था सहज नभएसम्म स्थगन गर्न अनुरोध गरिएको छ ।

वित्तीय सहकारीको स्थायित्व एवम् दिगो सञ्चालनका लागि नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबीचको सहकार्यको सहमति अनुरुप २०७७ साल बैशाख १७ गते ८ सदस्यीय कार्यदल गठन भएको थियो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा गठित उक्त कार्यदलमा संघका महासचिव दामोदर अधिकारी तथा कोषाध्यक्ष दिपक पनेरु तथा बैंकका तर्फबाट सञ्चालक सरिता भट्टराई, ज्ञान बहादुर तामाङ र रामहरि बजगाई सदस्य हुनुहुन्छ । उहाँहरुसमेत भर्चुअल रुपमा जोडिनुभएको बैठकमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, महासंघका उप महाप्रबन्धक बाबुल खनाल, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद बिमली, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, बैंकका सदस्य सेवा विभाग प्रमुख रामबाबु आचार्य लगायतको उपस्थिति थियो ।

आजको संयुक्त बैठकले कोरोनाका कारण बैशाख २८ गते नेपालको सहकारी अभियानका पथ प्रदर्शक संविधान सभा सदस्य एवम् बागमती प्रदेश सांसद माननीय पशुपति चौलागाईको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै संयुक्त समवेदना जारी गर्ने निर्णय समेत गरेको छ भने कोरोनाकै कारण मृत्युवरण गर्नुभएका सहकारी क्षेत्रसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिनुभएकाहरु प्रति पनि हार्दिक समवेदना व्यक्त गरेको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप