विकू र पोखरा रोयल साकोसको सफलताको स्वाद लिने अवसर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू र पोखरा रोयल साकोसको सफलताको स्वाद लिने अवसर

काठमाडौं । नवलपुरको गैंडाकोट–८ स्थित विकू तथा पोखरा–१० बुद्धचोकस्थित पोखरा रोयल साकोस नेपालका अग्रणी बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये गनिन्छन् । प्रविधि आन्तरिकीकरण एवम् सदस्य पहुँच, कारोबारको आयातन तथा सहज, सुरक्षित र सम्पूर्ण सेवामा समर्पित दुवै संस्था नेपालको अग्लदो साकोस अभियानका प्रतिनिधि पात्र हुन् । सदस्यहरुको आवश्यकता र समयको माग सतत् सम्बोधन गर्न कसर बाँकी नराखी सेवामा चुस्तता, कारोबारमा इमानदारी र प्रविधिमा नवीनता पस्कने थुप्रै सहकारीहरुमध्ये पर्छन्– विकू र पोखरा रोयल ।

यसरी सफलताको शिखरारोहण गर्ने सहकारीहरु कसरी आफूलाई बारम्बार अब्बल सावित गरिरहेका छन्, संस्था सञ्चालनमा यिनीहरुले के कस्ता विधि र काइदाहरु अवलम्बन गरेका छन्, सदस्य सम्बन्धलाई कसरी स्नेही बनाएका छन्, नीति र विधिमा के नयापन पस्केका छन् र सञ्जाल सम्बन्धलाई कसरी बहुउपयोगी बनाएका छन् आदि विषयमा जान्ने बुझ्ने रहर अरु सहकारीकर्मीहरुलाई पनि हुनु स्वाभाविक हो । अरुबाट राम्रा कुराहरु सिकेर आफ्नो संस्थाको विकास र विस्तारमा लाग्ने जोकोहीको चाहना हुन्छ ।

त्यसमाथि कोभिड संक्रमणले भौतिक यात्रामा संकुचन ल्याएको समयमा प्रविधिमार्फत यी लगायत सातै प्रदेशका यस्तै सफल सहकारीहरुमध्ये केहीका सर्वोत्तम अभ्याससँग भर्चुअल साक्षात्कारको अवसर साँच्चिकै ‘सुनमा सुगन्ध’ नै हुन्छ । यसैलाई विचार गरेर नेफ्स्कूनले भोली बिहान ११ बजे जुम प्लेटफर्म माध्यबाट देशभरका सहकारीहरुका लागि निःशुल्क यी संस्था बारे थप जान्ने बुझ्ने अवसर जुटाएको छ । नेफ्स्कूनका सदस्य संस्थाहरुमा कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नवीनतम् विषयको प्रवर्धन र अवलम्बन गर्न संघ अन्तर्गत एक प्राविधिक एवम् व्यावसायिक विशेषज्ञ समूहको रुपमा गठित नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले भोलि ‘साकोस व्यवस्थापन सिकाइ आदान प्रदान कार्यशाला’ आयोजना गरेको हो ।

नेफ्स्कूनमा आवद्ध बचत तथा ऋण सहकारी संस्थामा कार्यरत मानव संशाधनको क्षमता बिकास गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भएको नयाँ अभ्यासलाई बचत तथा ऋण सहकारी संस्थामा प्रयोगमा ल्याउने, साकोसका मानव संसाधनमा भएको ज्ञान र सिकाइ ब्यवस्थापन गरी एक आपसमा आदान प्रदान गरी प्रभावकारी सदस्य सेवामा समर्पित बनाउने, अनुसन्धान र बिकासलाई साकोस अभियानमा आत्मासाथ गराउने, नविनतम विषयहरुलाई साकोसमा प्रवद्र्धन र अवलम्बन गर्ने उद्देश्यले नेफ्स्कुनले प्रत्येक बर्ष छनौट गर्ने साकोस अभियानको उत्कृष्ट ब्यवस्थापकहरु, उत्कृष्ट संस्थाको ब्यवस्थापकहरु सम्मिलित प्राविधिक विज्ञ समूह नै  नेफ्स्कून  साकोस म्यानजर्स क्लव हो ।

कार्यशालामा नेफ्स्कूनका निवर्तमान सञ्चालक, पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् कुशल सहकारी अभियन्ता भिम गुरुङ, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलको प्रस्तुतिको आर्कषण रहनेछ ।

‘भोलीको कार्यक्रममा सहकारी र साकोस अभियानको समसामयिक विषयवस्तु र नेफ्स्कूनले महामारीका समयमा कार्यालय सञ्चालनमा प्रयोग गरेको विधि, सदस्यहरुको सेवा व्यवस्थापन, सञ्जाल सहकार्य आदिका बारेमा प्रस्तुति तयार गरेको छु’ नेफ्स्कूनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले भन्नुभयो, ‘सँगै महत्वपूर्ण रुपमा विकू र पोखरा रोयल साकोसका असल अभ्यासहरु आदान प्रदान हुनेछ । यसले सहभागीहरुलाई धेरै फाइदा पुग्ने विश्वास लिएका छौं ।’

एक्सेस् ब्राण्ड प्राप्त विकूले एसियाली ऋण महासंघले हालै आयोजना गरेको भर्चुअल टुरमा गरेको प्रस्तुतिले पनि सहभागी सबै एशियाली देशका सदस्य साकोसहरुको मन जितेको बताउँदै पोखरेलले विकूको यस्ता नवीनतम प्रयोग र प्रविधिका साथै महामारी लक्षित नीति र कार्यक्रमबारे भोली प्रस्तुति हुने उल्लेख गर्नुभयो । साथै उहाँले प्रोबेसन कार्यक्रममा आबद्ध पोखरा रोयल पनि नीति, विधि र प्रविधिको उम्दा उदाहरण भएकाले त्यसका बारेमा दूरदराजमा रहेकाहरुलाई पनि जानकारी प्राप्त हुने र अन्तरक्रिया समेत गर्न सकिने गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेफ्स्कून–साकोस म्यानेजर्स क्लबका संयोजक दोलखास्थित मिलीजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले प्रविधिको प्रयोग गरी घरमै बसेर साकोस अभियानको असल अभ्यासहरुबारे जानकारी पाउने अवसर भोलीको कार्यक्रमको मुख्य आकर्षण भएको दाबी गर्नुभयो ।

‘प्रविधिको हिसाबले विकू नेपालमा मात्र होइन विश्वमा पनि चिनिएको छ भने पोखरा रोयल पनि नवीन प्रविधिका लागि चिनिएको साकोस हो,’ प्रमुख कार्यकारी अधिकृत न्यौपानले भन्नुभयो, ‘यस्तै उहाँहरुका असल अभ्यासबारे दुबै साकोसका प्रमुख कार्यकारी अधिकृतहरुले प्रस्तुति गर्नुहुनेछ ।’ 

अहिलेको समयमा भौतिक भ्रमण गरेर दुवै साकोसका गतिविधि बारे जानकारी लिन सम्भव नभएकोले प्रविधिमार्फत एकैपटक, एकै बसाइमा, मितव्ययी रुपमा सिक्ने जान्ने बुझ्ने अवसरलाई एकदमै महत्वपूर्ण भएको न्यौपानले बताउनुभयो ।

यस्तै, महामारी लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) का बारेमा पनि दुबै संस्थाबाट जानकारी लिन सकिने क्लबका संयोजक न्यौपानले बताउनुभयो । ‘यो सुरुवात मात्र हो, ’उहाँले भन्नुभयो, ‘७ वटै प्रदेशमा यस किसिमको सिकाइ आदान प्रदान कार्यशाला सञ्चालन गर्दैछौं । गण्डकी प्रदेशबाट शुरु भएको यो कार्यक्रमको निरन्तरता स्वरुप अरु प्रदेशमा आयोजना हुने कार्यक्रम सम्बन्धी जानकारी छिट्टै उपलब्ध गराउँछौं ।’ उहाँले हाल क्लबले बचत तथा ऋण सहकारी (साकोस) मा राष्ट्रिय रुपमा प्रयोग भईरहेको असल अभ्यासहरुलाई साटासाट गर्न र ब्यबहारमा उतार्नको लागि जुमको माध्याम बाट साकोस ब्यवस्थापन सिकाई आदान प्रदान कार्यशाला राखिएको बताउँदै  कार्यशालामा सक्रिय सहभागिता जनाई असल अभ्यास सिकाइको फाइदा उठाउन अनुरोधसमते गर्नुभयो । 

महामारीका समयमा नेफ्स्कूनका सदस्य साकोसहरुलाई निरन्तर सिकाइका लागि म्यानेजर्स क्लबमार्फत भर्चुअल कार्यक्रम जारी राखिने संघका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराउनुभयो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप