आज २ सय ५० औं रोबर्ट ओवेन जन्मजयन्ती
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज २ सय ५० औं रोबर्ट ओवेन जन्मजयन्ती

काठमाडौं । आज १४ मे । विश्व सहकारी अभियानका पिता एवम् समाज सुधारक रोबर्ट ओवेनको २ सय ५० औं जन्मजयन्ती हो आज । ओवेनको जन्म बेलायतको वेल्सस्थित न्यूटाउनमा सन् १७७१ मे १४ मा भएको थियो । पिता रोबर्ट ओवेन र आमा अ्यामी विलियम्सका उनी छैठौं सन्तान थिए ।

उनी श्रमिक हकहित संरक्षण र निःशुल्क शिक्षाका पनि प्रखर वकालक थिए । आफ्ना सहयोगी कामदारहरुको पारिश्रमिक, सेवा सुविधा, दैनिक सेवा अवधिलगायतका आधारभूत विषयमा न्याय र विवेकपूर्ण निर्णयहरु लिएका ओवेन श्रमिकहरुको सामाजिक आर्थिक अवस्था उकास्न सहकारी महत्वपूर्ण माध्यम भएको निष्कर्षमा पुगेका थिए । अधिकांश रोबर्ट ओवेन समर्थकहरु (ओवेनाइट्स) हरुको अगुवाईमा पछि सन् १८४४ अक्टोबर २४ मा बेलायतकै टोड लेनमा अक्टोबर २४ मा विश्वकै पहिलो सहकारी उपभोक्ता पसल दर्ता भएको थियो जसको औपचारिक सञ्चालन भने डिसेम्बर २१ शनिवारको दिन बेलुकीपख भएको थियो । 

सहकारी विचारका प्रवर्तक् ओवेन श्रमिक हकहितका वकालत गर्ने परोपकारी व्यक्ति थिए । प्रतिस्पर्धाको स्थानमा प्रजातन्त्र, स्वशासन, स्वउत्तरदायित्व, स्वसहयोग आदिमा आधारित सहकारी पद्धतिमार्फत आर्थिक र सामाजिक विकास सम्भव भएको उनको ठम्याई थियो । उनको विचार आज विश्वले बोकेको छ । संयुक्त राष्ट्र संघले सन् २०१२ लाई संयुक्त राष्ट्र संघीय ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गर्दै विभिन्न कार्यक्रमसहित मनाएको थियो । सन् २०२१ ओवेनको २ सय ५० औं जन्मजयन्ती वर्ष हो ।

१० वर्षको उमेरमा कपडा उद्योगमा सहयोगीका रुपमा काम थालनी गरेका उनी पछि म्यान्चेस्टरस्थित ठूलो कपडा कारखानाको व्यवस्थापक र  लगानीकर्ता समेत बनेका थिए । उनको कारखानाको उत्पादन अत्यन्त उच्च कोटीको हुन्थ्यो । बाल तथा युवा अधिकार संरक्षणका क्षेत्रमा समेत उनको योगदानको चर्चा आजसम्म हुन्छ । उनी जोश जाँगरले भरिएका, समाजका लागि ‘केही गरौं’ भन्ने इमान्दार समाजसुधारक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूटाउनमा आवेन जन्मेको घर नजिकै रोबर्ट ओवेन म्युजिम समेत सञ्चालनमा छ भने उनको पूर्ण कदको सालिक समेत निर्माण गरिएको छ ।

विश्वभर नै कोरोना महामारीको दोस्रो लहर फैलिएका कारण उनको २ सय ५० औं जन्मजयन्तीमा भौतिका कार्यक्रमहरु आयोजना गरिने छैन तर बेलायतको वेल्समा आज, भोली र पर्सि फोटो प्रदर्शनी, अनलाइन टक शो, जुममार्फत अन्तरक्रियात्मक कार्यक्रम तथा अमेरिकामा पनि कविता वाचन कार्यक्रम राखिएको छ । सानै देखि फुर्तिला ओवेन पढ्न पनि खुवै रुचाउँथे । ओवेनको मृत्यु सन् १८५८ नोभेम्बर १७ मा न्यूटाउनमै भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप