अनि साढे २ लाख अमेरिकीहरु बैंक त्यागेर क्रेडिट युनियनको सदस्य बने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनि साढे २ लाख अमेरिकीहरु बैंक त्यागेर क्रेडिट युनियनको सदस्य बने

 एजेन्सी । यो सन् २०११ नोभेम्बर ५ शनिबारको घटना हो । एकै दिन ४० हजार बढी अमेरिकीहरु ठूला बैंकहरुमा भएको खाता बन्द गरेर क्रेडिट युनियनहरुको सदस्य बने । उनीहरुमार्फत प्रति सदस्य सरदर २ हजार अमेरिकी डलरका दरले करिब ८० हजार मिलियन डलर क्रेडिट युनियनहरुमा थपिएको दिन थियो । बैंकहरुबाट रुष्ट ग्राहकरुले आफ्नो सबै रकम क्रेडिट युनियनहरुमा सारेको ऐतिहासिक दिन थियो त्यो । अमेरिकी प्रमुख बैंकहरुको एउटा गलत निर्णयका कारण सोही वर्ष सेप्टेम्बर २९ देखि डिसेम्बरसम्मको अवधिमा करिब साढे २ लाख अमेरिकीहरुले बैंक छोडेर क्रेडिट युनियन रोजे । 

सन् २०११ को नोभेम्बर ५ लाई अमेरिकी इतिहासमा ‘बैंक ट्रान्सफर डे’ का रुपमा चिनिन्छ । त्यति मात्र होइन, उक्त घटनाको ‘रिपल इफेक्ट’का रुपमा एक वर्षभित्र ६० लाख अमेरिकीहरुले बैंकको सर्वोत्तम विकल्पको रुपमा समुदायमा आधारित क्रेडिट युनियनलाई विश्वास गरे ।

कारण के थियो ?

सन् २०११ सेप्टेम्बर २९ मा अमेरिकी बैंकहरुले डेबिट कार्ड शुल्क बापत मासिक ५ अमेरिकी डलर तिर्नुपर्ने नियम घोषणा गरे । ग्राहकहरुले त्यसको ठाडो विरोध गरे । क्यालिफोर्नियाकी एक युवतीले फेसबुकमार्फत विरोध अभियान सुरु गरिन् । फेसबुक आजको अत्यधिक लोकप्रिय नभएपनि अमेरिकामा प्रभावशाली नै थियो । उनको एउटा पोष्टमा ८५ हजार भन्दा बढीले समर्थन जनाउँदै विरोध प्रदर्शनमा सहभागी हुने वचन दिए । फेसबुकमा सही, तथ्यपरक र जनभावनालाई जित्ने केवल एउटा पोष्टले कस्तो व्यापक असर गर्न सक्छ भन्ने उक्त घटनाले प्रमाणित गरेको थियो । फेसबुकको आजको लोभलाग्दो लोकप्रियताको सानो तर तरङ्गित पार्ने झिल्को त्यतिबेला नै अमेरिकामा बलिसकेको थियो । 

ती आँटिली युवती

क्यालिफोर्नियास्थित एक आर्ट ग्यालरी सञ्चालक २९ वर्षीया क्रिस्टेन क्रिस्टियनले आफ्नो खाता भएको बैंकले डेबिट कार्ड शुल्क बापत मासिक ५ अमेरिकी डलर लिने घोषणा गरेको जानकारी पाइन् । अन्य ठूला बैंकहरुले पनि यस्तै घोषणा गरेका थिए । यसले उनलाई आक्रोशित बनायो । बैंक अफ अमेरिकाले सन् २०१२ को सुरुबाट उक्त नयाँ शुल्क लागू हुने भनेपनि त्यसको तत्काल विरोध आवश्यक भएको क्रिस्टियनले ठानिन् । उक्त नियम यस कारण पनि अविवेकी थियो कि त्यो बैंक अफ अमेरिकामा २० हजार अमेरिकी डलर भन्दा कम रकम भएका ग्राहकहरु मात्र लक्षित थियो । अन्य ठूला भनाउँदा बैंकहरुले पनि त्यस्तै नियम लागू गर्ने बताएका थिए । क्रिस्टियनको बुझाईमा उक्त नियम अमेरिकाका कामदार वर्ग र न्यून आय भएकाहरुमाथि ठाडो अन्याय थियो । 

जाजय विषयमा विरोधका आवाजहरु थप बुलन्द बनाउन उनले नवीनतासँगै  प्रभावकारिता प्रदर्शन हुने पाइला चालिन् । क्रिस्टियनले २०११ अक्टोबर ४ मा एउटा फेसबुक इभेन्ट तयार गरी ठूला बैंकहरुको उक्त घोषणाको विरोधमा तिनमा भएका आफ्ना सबै खाता बन्द गरी समुदायमा आधारित क्रेडिट युनियनहरुमा रकम सार्न आग्रह गर्दै त्यसको औपचारिक विरोध कार्यक्रम नोभेम्बर ५ शनिवार आयोजना हुने भन्दै सहभागिताको लागि अनुरोध गरिन् ।

गर्वका साथ आफुलाई समुदायमा आधारित क्रेडिट युनियनको सदस्य भन्न रुचाउने उनले विरोधको त्यो कार्यक्रमलाई फेसबुकमा ‘‘बैंक ट्रान्सफर डे’ नाम दिएर पोष्ट गरिन् । एक अमेरिकी पत्रिकासँगको अन्तर्वार्तामा क्रिस्टियनले आफ्ना ५ सय फेसबुक साथीहरुलाई विरोधमा भाग लिन आमन्त्रण गर्दै अन्य सहभागीहरु बढाउने उपाय समेत प्रयोग गर्न आग्रह गरेको बताइन् । फलतः करिब १ महिनाभित्र ८५ हजार अमेरिकीहरुले बैंकहरुसँग नाता तोडेर क्रेडिट युनियनहरुसँग सम्बन्ध जोडे । उक्त घटनाको एक बर्ष भन्दा बढीको अवधिमा ६० लाख अमेरिकीहरुले आफ्नो बैकिङ स्वरुप र सम्बन्ध परिवर्तन गरेको स्वयं बैंकहरुले स्वीकारेका थिए । यसको अर्थ त्यो जनसंख्याको बहुसंख्यक क्रेडिट युनियनका सदस्य थपिए । 

क्रिस्टियनले उक्त अभियान कुनै संगठनको माध्यमबाट वा कसैको इशारामा नभई आफ्नो आक्रोश स्वरुप सञ्चालन गरेको बताइन् । बैंक ट्रान्सफर डे को निर्धारित दिन देशभर प्रदर्शनहरु भए । खासगरी ठूला बैंकहरुको गैरजिम्मेवार निर्णय विरुद्ध उनले अभियान ओकलेकी थिइन् । बैंकहरुको उक्त घोषणा विरुद्ध विरोधहरुले उग्र रुप लिदै गएपछि बाध्य भएर नोभेम्बर १ मा निर्णय रद्द गरेपनि त्यो ढिलो भैसकेको थियो । 

क्रेडिट युनियनका सदस्यहरु

क्रेडिट युनियनका नवआगन्तुक सदस्यहरुले बैंकसँगको रिस साँध्ने माध्यमका रुपमा क्रेडिट युनियनको सदस्य बनेपनि पछि तिनको सहज, सरल र सदस्य मैत्री सेवाबाट अधिक प्रभावित भएको जनाए । उनीहरुमध्ये धेरै जसो युवा उमेर समूहकाहरु थिए । उनीहरुले क्रेडिट युनियनहरुबाट यस्तो भरपर्दो सेवा अपेक्षा नगरेको प्रतिक्रिया दिए । क्रेडिट युनियनसँगको उनीहरुको हार्दिकता ‘वर्ड अफ माउथ’ हुँदै राम्रो प्रचार पनि भयो ।

यो घटनासँग अप्रत्यक्ष जोडिएको एउटा प्रसंङग पनि छ । करिब २० महिनाअघि अमेरिकीहरुलाई पायक पर्ने क्रेडिट युनियन खोज्न सहज तुल्याउने उद्देश्यले एउटा वेबसाइट निर्माण गरिएको थियो स्मार्टरच्वाइस डट ओआरजी भन्ने,जसमा सरदर साप्ताहिक २ हजार जति भिजिट हुन्थ्यो, तर बैंक ट्रान्सफर डे को अघिल्लो दिन ७० हजार हिट भयो भने भोलीपल्ट ४० हजार । करिब एक महिनापछि सरदर वेबसाइट भ्रमणको संख्या करिब ६ हजार पुगेको थियो ।

त्यसबेला करिब २ महिनामा थपिएका क्रेडिट युनियनका सदस्य अघिल्लो १ वर्षमा थपिएको भन्दा बढी थियो । सदस्यता शुल्क वापत क्रेडिट युनियनहरुले साढे ४ बिलियन अमेरिकी डलर प्राप्त गरेका थिए ।
त्यसबेला सीएननको समाचारका एक पाठकले प्रतिक्रिया लेखका थिए, ‘हामी सबैले बैंक छोड्नुपर्छ । तिनीहरु फेरि लुकाएर शुल्कहरु लिन्छन् । खाल्डोबाट जोगिन क्रेडिट कार्ड छोडेर क्रेडिट युनियनतर्फ लाग्नुपर्छ ।’

अमेरिकी समाचार संस्था सीएननले त्यसबेला पोष्ट गरेको समाचारमा उक्त घटनालाई ‘बैंक डम्पिङ डेज्’का रुपमा चित्रित गरेको थियो । तर, उक्त घटनाले समुदायमा आधारित भएर ‘खरायो र कछुवा’ को कथामा झै कछुवा चालमा निर्दिष्ट लक्ष्य बोकेका क्रेडिट युनियनहरुलाई भने ठूलो सकारात्मक प्रभाव पर्यो । सदस्यको जनसंख्या अनपेक्षित बढ्दा उनीहरुलाई विकासको बुई चढ्नै पर्ने दबाब पर्यो जसले गर्दा उनीहरु गुणात्मक सुधारतर्फ मोडिए ।

नोटः (यद्यपि, सुरुमा एक महिनाबढीको अवधिमा बैंक छोडेर क्रेडिट युनियन जानेहरुको संख्या साढे ६ लाख बताइएको थियो । अझै पनि इन्टरनेट सर्च गर्दा धेरै वेबसाइट र न्यूज एजेन्सीहरुले त्यति नै संख्या बताएपनि, अमेरिकी क्रेडिट युनियनहरुको छाता संगठन-क्रेडिट युनियन नेशनल एशोसिएसन (CUNA) ले पछि सच्चाउँदै उक्त संख्या साढे २ लाख मात्र भएको विवरण सार्वजनिक गरेको थियो । )

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप