नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको सक्रियताले गति लिएको छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको सक्रियताले गति लिएको छ

‘२५ हजार सदस्यको विश्वास जितेको छु’

रन बहादुर थापा
प्रमुख कार्यकारी अधिकृत
जनउत्थान साकोस, रुपन्देही

सहकारी सिकाइ
म २०५९ सालबाट सहकारी क्षेत्र प्रवेश गरेको हुँ । जनउत्थानमा भने २०६३ सालमा व्यवस्थापकमा नियुक्त भएको हुँ । सहकारी प्रवेश गरेदेखि नै यो मेरो जीवन पद्धति बनेको छ । करिब २५ हजार सदस्यहरुको अपार स्नेह, सद्भाव र विश्वास आर्जन गरको छु । यो नै सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ । मुलुकभरका सहकारीकर्मी र अभियन्ताहरुबाट माया पाएको छु । समाजमा एक हदसम्म व्यक्तिगत छवि निर्माण भएको छ भन्दा बढाइचढाइ गरेको पक्कै नहोला । सम्बन्धहरुको विस्तार नै ठूलो सफलता हो भन्ने लाग्छ । यी सम्बन्धहरुले संस्थागत सँगै व्यक्तित्व विकासमा पनि धेरै भूमिका खेलेको छ । सहकारीकर्ममा लागेको व्यक्तिले यस्तै सम्बन्धको सहकार्यबाट सिक्दै निखार ल्याउने हो भन्ने मेरो बुझाइ हो ।

संस्थागत वृद्धि
एउटा सहकारी संस्थाको ‘ग्रोथ’मा व्यवस्थापन र सञ्चालक समितिको सामूहिक योगदान रहन्छ । एक्लैले गर्ने भन्दा पनि सहयोगी हात, मन र मस्तिष्कहरुको मिलन आवश्यक छ । त्यसैले हामी ‘टीम स्पिरिट’ को महत्व पढाउँछौं पनि । जनउत्थानको सम्बन्धमा पनि त्यही हो । म संस्थामा व्यवस्थापक भएर आएपछि र आजको अवस्थामा केही तात्विक फरक छ नै त्यही कारण आज संस्थाले यो उचाई हासिल गरेको छ । सञ्चालक समिति, कर्मचारी साथीहरु र सबैभन्दा बढी सेयर सदस्हयरुको सहयोगको आडमा मैले व्यवस्थापकीय बागडोर सम्हालेपछिको अंकगणितको अन्तरलाई यहाँ प्रस्तुत गरेको छु । 

विवरण                      २०६३ साल                              २०७८ साल
सदस्य संख्या                २०० जना                                 २५००० जना
कुल पुजी                     १३ लाख                                    २४१ करोड
ऋण लगानी                 १३ लाख                                    १९६ करोड
संस्थागत पुजी              थिएन                                        १६ करोड
भाखा नाघेको ऋण       १०० प्रतिशत                                १.३६ प्रतिशत

शिक्षा र तालिम
व्यवस्थापकीय नेतृत्व विकास निरन्तर प्रक्रिया हो । मैले पनि सहकारीमा संलग्न रहँदै प्राप्त तालिम र शिक्षाका अवसरहरुमा आफुलाई जोड्दै लगेँ । यस क्रममा थुप्रै तालिमको अवसरहरु प्राप्त गरेँ जसका लागि जनउत्थान परिवारप्रति सधै कृतज्ञ छु ।
सहकारी लेखा पालन तालिम
PEARLS तालिम
ऋण व्यवस्थापन तालिम
वित्तीय परामर्श तालिम
सी यू एम सी सी
सी यू डि सी सी
संस्थागत विकास तालिम
प्रोडक्ट डिजाइनिङ तालिम
एक्सेस अडिटर्स तालिम
समूह परिचालन तालिम
नेतृत्व विकास तालिम

संस्थालाई समय
सहकारी वा संस्थाको लागि नै भनेर सरदर दैनिक १० घन्टा  समय खर्चिन्छु । यसलाई अझै बढाउन पाए हुन्थ्यो भन्ने लाग्छ र प्रयासरत छु पनि किनकि जति बढी समय दिनसक्यो उपलब्धिहरु त्यति नै उकालो चढ्छ भन्ने लाग्छ ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सक्रियता
नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सक्रियता पछिल्लो समय बढेको छ जुन हामीजस्ता प्राविधिक र व्यावसायिक व्यक्तिहरुका लागि एकदमै खुसीको कुरा हो । कोभिड महामारीले भौतिक भेट गर्न असम्भव भएपनि यस्ता किसिमका भर्चुअल विधिबाट हामी देशभरका सहकारीकर्मीहरु जोडिन पाएका छौं । सिक्न र सिकाउन पाएका छौं । दुरदराजमा रहेका सहकारी संस्था र कर्मीहरुले पनि सदस्यमैत्री नयाँ रणनीतिहरु बारे थाहा पाउने अवसर प्राप्त गर्नुभएको छ । सबै सहकारीहरुको प्रगति र विकासमा नै जनउत्थानको पनि थप प्रगति सम्भव छ किनकि एउटा सहकारीमा समस्या आयो भने त्यसको प्रभाव हामीलाई पनि पर्छ । त्यसैले नीति, विधि र प्रविधिमा सहकारी संघ संस्थाहरु सञ्चालनमा यस्ता कार्यक्रमले सहयोग पुर्याउँछ । यस्तो भर्चुअल तालिममा सबैले अवसर प्राप्त गर्नुभएको छ र प्रभावकारी पनि देखिएको छ । अझै पूर्व उत्कृष्ट व्यवस्थापकहरुको अनुभवपनि समेट्न सक्दा ‘सुनमा  सुगन्ध’ हुन्छ भन्ने मलाई लाग्छ ।

आगामी कार्यक्रमको आकर्षण
७ गतेको भर्चुअल सिकाइ आदान प्रदान कार्यक्रमबाट साकोसमा नगदरहित (क्यासलेस), चेकरहित (चेकलेश) र पेपररहित (पेपर लेस) वित्तीय कारोबारमा बारेमा र आधुनिक प्रविधि प्रयोगबारे अनुभवहरु सुन्न पाइन्छ जसले हाम्रो सीप तथा क्षमता विकासमा टेवा पुग्नेछ भने सहकारी संचालनमा स्थानिय श्रोतहरुको प्रयोगका सम्बन्धमा पनि केही जान्न सकिने गरिने तयारी भैरहेको छ । हाम्रा अनुभवहरुले सहकारी अभियानमा संलग्न सबैलाई उत्प्रेणा मिल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

‘व्यक्तिगत समय नै संस्थागत जीवनमा समाहित भएको छ’

विनोद पराजुली
प्रमुख कार्यकारी अधिकृत
कोलिय देवदह साकोस, रुपन्देही

सहकारी साइनो
२०६१ सालमा ११ जनाबाट कोलिय बचत कोष सञ्चालन गर्दा सहभागी थिएँ । पछि २०६३ सालमा डिभिजन सहकारी कार्यालयमा बिधिवत दर्ता गर्दाको २५ जनामा पनि थिएँ । व्यवस्थापकको रुपमा भने २०६५ पौष १९ गते देखि कार्यरत छु । शुरु देखि नै कोलिय साकोसमा व्यवस्थापक रहेको र हाल देवदह साकोस, तारापुञ्ज साकोस र मायादेवी महिला विकास साकोस एकिकरण पश्चात पनि व्यवस्थापकको रुपमा कार्यरत छु । 

सहकारीबाट उपलब्धि 
सहकारीले के दियो भन्दा पनि सहकारीले आज यो स्थानमा उभिन र सबै सहकारी अभियान भित्र सदभावपूर्ण सहकार्यको भावमा रहेको जिवनशैली यापन गर्न, सहकारी अभियानमा रम्न,  सदस्यहरुको मनोभाव अनुसार कार्य गर्न र आत्मीयताको भावना जर्गेना गर्दै सबै सदस्यहरुलाई समृद्धिको यात्रा तय गर्ने दिशा तर्फ उन्मुख हुन सकिएको छ जस्तो लाग्छ । यस भन्दा पनि माथि उठेर भन्ने हो शुरुको अवस्थामा सहकारीमा तलब भन्दा पनि सहकार्यको भूमिकामा रहेर न्यून तलब हुँदा पनि थुप्रै विकास बैंकबाट अफर आउदा पनि यही काम गर्छु र यहीबाट बैंकको म्यानेजर भन्दा बढी सेवासुविधा पाउने स्थानमा सहकारीलाई पुर्याउँछु भन्दै काममा खटिएको हुँ ।   

संस्थागत वृद्धि
शुरुको संस्था र अहिले ४ वटा संस्था एकिकरण हुँदा सदस्य संख्या, कारोबारमा थुप्रै परिवर्तन आएको छ र सदस्यको विश्वास जित्न सकिएको छ । 

तालिम र शिक्षा
PEARLS, संस्थागत विकास तालिम, सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम, योजना तथा बजेट तर्जुमा, वित्तिय प्रतिबेदन बुझाईको तालिम, लेखा तालिम, सम्पत्ति शुद्धिकरण निवारण तालिम, CICTAB द्धारा सञ्चालित २ वटा तालिम र नेफ्स्कूनको सहकार्यमा बंगलादेश र थाईल्याण्डको सहकारी भ्रमण अवलोकन लगायत २०र२२ बटा तालिमहरुमा सहभागी भएको छु ।
 
संस्थाका लागि समय 
संस्थाको लागि भनेर दैनिक यति नै समय भन्दा पनि व्यक्तिगत समय नै संस्थागत जीवनमा समाहित भएको को छ । स्मरण छ जब संस्थालाई तीब्र बृद्धि विकास गर्नु पर्ने बेला थियो त्यो समय संस्थाले आफ्नै  भवन खरिद गरिसकेपछि संस्थाको एउटा  कोठामा (२०६९ देखि २०७४) सपरिवार बसेर चौविसै घण्टा पनि दिएँ । तत् पश्चात २०७० सालमा प्रोबेशनमा सहभागी भई १८ महिना अवधिमा ब्राण्ड र २०७२ सालमा एक्सेस कार्यक्रममा सहभागी भई पहिलो परीक्षण २०७४ सालमा नै ब्राण्ड प्राप्त गर्न सफलता मिल्यो । त्यतिबेला अब एशियास्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वास पश्चात मात्र घर फर्केको थिएँ । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सक्रियता
नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सक्रियतालाई सकारात्मक रुपमा लिएको छु । शुरुका दिनमा यसले गति लिन नसके पनि अबका दिनमा पक्कै पनि यसले गति लिनेछ र लिनु पर्नेछ त्यसका लागि जहाँ जून रुपमा मेरो व्यक्तिगत वा संस्थागत आवश्यकता पर्दछ त्यहाँ सोही अनुरुप सहभागिता रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । अब केन्द्रिय म्यानेजर्स क्लब मात्र होईन सातै वटा प्रदेशमा पनि क्लब गठन हुनुपर्दछ र यसले खेल्ने भूमिका पनि थप सबल र विस्तारित हुनुपर्छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप