बाँके जिल्ला सहकारी अभियानको १० बुँदे निर्णय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाँके जिल्ला सहकारी अभियानको १० बुँदे निर्णय

बाँके । जिल्ला सहकारी संघ बाँकेले अस्थायी अक्सिजन बैंक संचालन गर्ने भएको छ । संघले अक्सिजन अभावलाई मध्यनजर गर्दै अस्थायी अक्सिजन बैंक संचालन गर्न समिति समेत बनाएको छ । संघको संयोजनमा आज लुम्बिनी प्रदेश निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, राष्ट्रिय सहकारी बैंक लि. का संचालक विजया धिताल, केन्द्रिय कृषि सहकारी संघका संचालक देव बहादुर के.सी., जिल्ला स्थित विषयगत सहकारी सघहरुका पदाधिकारीहरु, प्रारम्भिक सहकारी सस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुबीच सम्पन्न सहकारी अभियानको संयुक्त भर्चुअल छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विभिन्न १० बुँदे निर्णय गरिएको हो । बैठकले अस्थायी अक्सिजन बैंक संचालन गर्न बिन्दा खरेलको संयोजकत्वमा विष्णु रिमाल र अम्बिका काफ्ले सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ ।

आजको बैठकले जिल्ला स्थित सम्पूर्ण सहकारी संघ, संस्था, सहकारी कर्मीहरुको सहयोगमा १५ लाख रुपैयाको विपत व्यवस्थापन कोष समेत स्थापना गर्ने काम अघि बढाउन ५ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त कार्य गर्न मिना सिग्देलको संयोजकत्वमा प्रकाश ज्ञवाली, बल बहादुर खड्का, एकता शाह र वसन्ती सुनार सदस्य रहेको समिति निर्माण गरेको छ ।

त्यसैगरी सबै सहकारी संघ संस्थाका संचालक तथा कर्मचारीहरुको म्यादी बिमा गर्ने गराउने निर्णय भएको छ भने कोरोना संक्रिमत सदस्यहरुको उद्धार गर्न अस्थायी एम्बुलेन्स सेवा संचालन गर्न खड्क बहादुर वलीको संयोजकत्वमा लोकेन्द्र बहादुर चन्द र दिपक कुमार बि।सी। सदस्य रहेको उपसमिति पनि गठन गरेको छ ।

जिल्लाको सहकारीहरुको सहभागितामा विशिष्टिकृत संघ मोडेलमा अक्सिजन कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने गरी प्रेम प्रसाद सुवेदीको संयोजकत्वमा देव बहादुर के।सी।, विजया धिताल, भुपेन्द्र अधिकारी र विष्णु रिमाल सदस्य रहेकोे उपसमिति गठन गर्ने निर्णय भएको जनाइएको छ ।

संक्रमित सदस्यहरुले बाँके जिल्ला भर प्रेम प्रसाद सुवेदी, बैजनाथ गाउँपालिका भर एकता शाह, नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँ पालिका कालागि प्रकाश ज्ञवाली, कोहलपुर नगरपालिकाका लागि बल बहादुर खड्का, तोकीएको छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका कालागि जमान सिंह वली, खजुरा गाउँपालिका कालागि खड्क बहादुर वली र जानकी गाउँपालिका कालागि नन्दकुमार गडरिया सम्र्पक व्यक्ति चयन गरिएको जनाइएको छ ।

त्यसैगरी  जिल्लाका स्थानिय तहसँग समन्वय गरी सहकारी कर्मीहरुलाई कोभिड विरुद्धको खोप लगाउन प्रबन्ध गर्ने निर्णय पनि भएको छ । कोभिड संक्रमित सदस्यहरुलाई नेपालगंज मेडिकल कलेज, कोहलपुर अस्पताल र भेरी अञ्चल अस्पतालमा प्रविधिमा आधारित हेल्प डेस्क स्थापना गर्न पहल गर्ने निर्णय भएको जनाइएको छ ।

कृषि, उत्पादन, प्रशोधन तथा उपभोक्ता सहकारीहरुले स्वास्थ्य मापदण्ड पुरा गरी स्थानिय सरकार र प्रशासनको समन्वयमा नियमित कार्य संचालन गर्ने, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले भौगोलिक अवस्था र सदस्यको आवश्यकता अनुसार कार्य संचालन गर्ने र सदस्यहरु सँगको सम्बन्धलाई थप प्रगाढ बनाउन संघले अपिल गरेको छ ।

तरलता व्यवस्थापनको लागि जिल्ला सहकारी संघले प्रत्यक्ष सहयोग गर्ने साथै राष्ट्रिय सहकारी बैंक र नेफस्कूनलाई तरलता व्यवस्थापनको लागी अनुरोध गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताए । त्यसैगरी जिल्लाको सबै स्थानिय तहहरुमा सम्पर्क व्यक्ति तोकिएको बताए ।

संक्रमित सदस्यहरुले बाँके जिल्ला भर प्रेम प्रसाद सुवेदी, बैजनाथ गाउँपालिका भर एकता शाह, नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँ पालिका कालागि प्रकाश ज्ञवाली, कोहलपुर नगरपालिकाका लागि बल बहादुर खड्का, तोकीएको छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका कालागि जमान सिंह वली, खजुरा गाउँपालिका कालागि खड्क बहादुर वली र जानकी गाउँपालिका का लागि नन्दकुमार गडरिया सम्पर्क व्यक्ति चयन गरिएको जनाइएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप