सहकारीले सदस्यको भावना र जीवनशैलीमा परिवर्तन ल्याउनसक्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले सदस्यको भावना र जीवनशैलीमा परिवर्तन ल्याउनसक्नुपर्छ

संगीता तिमिल्सिना
उपाध्यक्ष, कर्मशील साकोस, पोखरा

कोभिड महामारीका कारण मुलुकको परिस्थिति असहज छ । परिस्थितिले चुनौती दिदै छ । विश्व जनमानस चकमन्न परेको छ । उर्जा भएको जनशक्ति लगायत सम्पुर्ण मानव जमात  घरभित्र थन्किन बाध्य भएको छ । विश्वले आर्थिक विकासमा फड्को मार्न लागी राखेको समयमा कोभिडको एक पछि अर्को लहर गरी  सन्नाटा फैलिइरहेको  छ । हुनत बिगतका पानाहरुलाइ पल्टाएर हेर्दा , समय समयमा यस्ता खालका प्रकोपहरुले हुरी चलाएकै पाइन्छ, रुप मात्र फेरिने हो । 
 
मानिस चाहिने भन्दा  बढि सौखिन र सुबिधा भोगी भैसकेको छ, दैनिक आहार विहार छिटो र मिठो चाहिने भएको छ । उस्ले आफ्नो  जीवन र भोजनमा क्षणिक आनन्द भन्दा अरु सोच्दैन, हरेक दिनका चौबीस घन्टामा आफुलाई  एक घन्टा पनि कसरत गर्न छुट्टाउदैन । खाएका तत्वहरुका सबै क्यालोरी खपत हुदैनन्, शरीरमा जम्मा हुदै जान्छ, त्यसले विभिन्न किसिमका सुगर, प्रेसर युरिकएसिड आदि रोग पैदा हुँदै जान्छन् । अनि यी दीर्घ रोग तथा असाध्य रोग लागेकालाई यस्तो  खालको हावा हुरी आउँदा बढार्दोरहेछ । यो चेतना बेलैमा हामीलाई  हुन जरुरी छ , हामी मध्य अधिकांश लाई थाहा पनि छ, तर आफुलाई नपरी होस न आउने हाम्रो स्वभाव छ ।

अब थोरै प्रसङ्ग सहकारीका विषयमा । झण्डै ३० हजार हाराहारीमा भएका सहकारी संस्थाहरुमा ७३ लाख हाराहारी सदस्यहरु आबद्ध छन् । कुल राष्ट्रिय आयमा ५ प्रतिशत योगदान सहकारीको रहेको छ भने, बित्तिय क्षेत्रमा योगदान १७ प्रतिशत रहेको छ । आर्थिक बर्ष ०७७र०७८ को सहकारी नारा 'मर्यादित ब्यवसाय र प्राविधिमा सहकारी' भन्ने रहेको छ, जसलाई सार्थक बनाउन, सहकारीका सदस्यहरुको भावना र जीवन शैलीमा परिवर्तन ल्याउनु पर्दछ ।

भावनामा सकारात्मक सोच पैदा भयो भने, एक अर्कामा सहयोगको वातावरण सिर्जना हुन्छ र मलाई दुःख सुखमा साथ दिने मेरो संस्था छ भन्ने महसुस भए सदस्यले आफुलाई सहकारी मार्फत व्यवसायमा समर्पित गराउँदछ। सदस्यको क्षमताले जस्तो खालको व्यवसाय आफू,परिवार,समाज र मुलुकको हितमा रहने गरी गर्दछ, त्यो उसले सम्मानित र मर्यादित भएको महशुस हुनुपर्छ । सदस्यले उत्पादन गरेका बस्तु तथा सेवा सहकारीनै जिम्मेवार भएर, एउटा उप समिति गठन गरि, अन्य सदस्यहरु समक्ष पुर्याउनु पर्दछ, ताकि सदस्यले गरेको उत्पादन सदस्यकोमानै पुग्नसकोस्, उत्पादकलाई बजारको समस्य पनि नपरोस् र उपभोक्ताहरुलाई बिचौलियालाई जस्तो महँगो पनि तिर्न नपरोस् । हुनत वर्तमान समयमा धेरै कृषि सहकारी, उत्पादक सहकारी, उपभोक्ता सहकारीहरु खुलेका छन तथापि तिनीहरुको काम प्रभावकारी हुन सकेको छैन । मर्यादित व्यावसाय हुनको लागी, हामी पनि मर्यादामा रहनुपर्छ । 

आजको विश्व प्रविधिमय भैसकेको छ । अब हामीले जुन सुकै क्षेत्रमा पनि ठाँउ र काम अनुसारको प्रविधिलाई  प्रयोग गर्नु पर्दछ । जस्तै वर्तमान समयको कोरोना माहामारिमा हामीले प्रविधि प्रयोग गरेरै कति कामहरु सम्पन्न गरेका छौ,। जुम मिटिङ गरेर, नेपाल मात्र हैन, विश्व एउटा मोबाइल तथा ल्यापटप को स्क्रिनमा जुटाउन सकेका छौ । यो सबै प्रविधिको उपलब्धि हो । यहीँ  टेक्नोलोजीलाई प्रयोग गरेर अब हामीले हाम्रा सदस्यहरुलाई जुन काम गरिन्छ, त्यसमा रिसर्च गरेर, तत विषयमा बिज्ञ बनाउनु पर्दछ , ताकि उनीहरु आफुले गरेको कामबाट फेल नहुन् ।

'सुखी नेपाली, समृद्ध नेपाल' को राष्ट्रिय लक्ष्य पुरा गर्न दीगो विकास लक्ष्य प्राप्तिका लागि एसडीजीले अघि सारेका १७ वटा लक्ष्यहरुमा, आर्थिक,सामाजिक,साँस्कृतिक,वातावरणीय र पर्यावरणीय सुधारको पक्षमा काम गरेका छन , यि सबै समृद्धिका सूचक हुन । यिनै आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय पक्ष सहकारीको मर्ममा समेटिने हुँदा, सहकारी अभियन्ताहरुले यसैक्षेत्रमा आफ्ना सदस्यहरुको, जीवनस्तर उकास्नका लागि सहकारी मार्फत समृद्धिमा काम गर्नु पर्दछ ।

सहकारीले सरकारको परिपुरकको रूपमा काम गर्नु पर्दछ र गरेको पनि छ । सरकारको काम लाई सहयोग पुर्याउने, सार्वजनिक, नीजी र सहकारी, तीन वटै तहमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि चालिएको पहल स्पष्टै छ। सहकारी मार्फत युवाहरूलाई उद्यमी बनाउनु पर्दछ, युवाहरूलाई परिचालन गर्दै , सहकारी क्षेत्रको बृहत्तर विकास हुनुनै समृद्ध नेपालको परिकल्पना साकार हुनु हो। २०७४ को सहकारी ऐनले पनि तीनै तहका सरकारले सहकारीलाई साझा कार्य सूचीको मोडेल तयार गर्न बाटो फुकाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप