‘हेडसर’ का सहकारी भोगाइ र भावहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हेडसर’ का सहकारी भोगाइ र भावहरु
(यज्ञराज ढुङ्गेल– मुलुकको सहकारी अनि शिक्षा अभियानका अग्रणी व्यक्तित्व हुनुहुन्छ । दोलखामा सहकारी अभियानको थालनी, संरक्षण, विकास र प्रवर्द्धनमा उहाँको अगुवाई रहेको स्थापित छ । गृहजिल्ला बाहेक मुलुकका ५७ जिल्लामा तालिम, शिक्षासँगै सहकारी विकासमा ढुङ्गेल ३ दशक बढी खट्नुभयो । त्यसैगरी, झण्डै ३ दशकै लामो उहाँको शिक्षण पेशा रह्यो । जिल्लाको प्रतिष्ठित प्रधानाध्यापक उहाँ जिल्लाबासीहरुका लागि मात्र नभई सबैको प्रिय ‘हेडसर’ का रुपमा आजपर्यन्त चिनिनुहुन्छ । शिक्षण पेशा र सहकारी सेवाका अथक् साधक ढुङ्गेलको जीवनी र भोगाइ बुझ्ने प्रयास साकोस आवाजले गरेको छः )

सहकारी यात्रारम्भ
२०४२ सालमा मैले पढाउने ठाँउ नाम्दुको बैतेश्वर साझा संस्थाको उपाध्यक्ष भएपछि सहकारी क्षेत्रमा प्रवेश गरेको हुँ । सहकारी ऐन २०४८ पछि २०५० सालमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था मेरो आफ्नै पहलमा स्थापना गरेर २० बर्षसम्म अध्यक्ष भएर सञ्चालन गरेँ । दोलखा सदरमुकाम चरिकोटमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.आफ्नै पहलमा २०५३ सालमा स्थापना गरेर ३ वर्षसम्म अध्यक्ष रहेँ । दोलखाको मैनापोखरीमा हिमाली स्वास्थ्य सहकारीको स्थापना गरेर २ बर्षसम्म अध्यक्ष रहेँ र २०६० साल तिर नेफ्स्कूनको संचालक सदस्य निर्वाचित भएर काम गरेँ । जनसचेतन स्थापना गर्दा जिरीमा २ वटा सहकारी संस्थाहरु भर्खर खुलेका थिए । अरु थिएनन् । 
 
विगतमा सहकारीप्रति जनधारणा
साझा संस्थाहरुले गरेको भ्रष्टाचारको कारण सहकारीप्रति मानिसहरुको धारणा बिल्कुलै नकारात्मक थियो । समुदायका मानिसहरुलाई सहकारीमा आबद्ध गराउन निक्कै कठिन थियो । पैसा हिनामिना हुने डरले मानिसहरु सहकारीको सदस्य बन्न मान्दैनथे । एकजना सदस्य बनाउन पनि धेरै मेहनत गर्नु पर्दैनथ्यो । आम्दानी नभएको हुनाले बचत गराउन पनि निकै कठिन थियो ।

सहकारीप्रति आकर्षण 
म शिक्षक हुँदा सञ्चयकोष, उपदान, पेन्सन, आदि कुनै व्यवस्था थिएन त्यसकारण बचत गर्ने उपायहरुको खोजीमा थिएँ । सहकारीले यो आवश्यकता पुरा गर्ने देखेर सहकारीप्रति आकर्षण बढ्यो । अनौपचारिक क्षत्रका गरीव किसानहरुले पनि सहकारीमा बचत गरेर जीवनको उत्तरार्धका लागि रकम जम्मा गर्ने सहकारी उत्तम माध्यम हो । सुरुमा त बचत गर्ने, ऋण लिने कुरा मात्र बुझेको थिएँ तर पछि गएर सहकारीको बारेमा धेरै कुराहरु थाहा पाउने मौका मिल्यो । धेरै अध्ययन गरेँ र धेरै तालिमहरु पनि लिएँ । अहिले त सहकारीका मूल्य, मान्यता, सिद्धान्त र व्यवस्थापनामा धेरै प्रष्ट छु ।

आजको जनसचेतन
मेरो जनसचेतन बचत चथा ऋण सहकारी संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित छ । सहकारीका मुल्य, मान्यताहरुको वास्तविक  प्रयोग गरेर हुर्केको यो संस्थाले गरिब पिछडिएका गाउँका जनताहरुलाई सेवा दिइरहेको छ । हाल यस संस्थामा झण्डै ३०,००० सदस्यहरु र करिव २ अर्बको कुल सम्पत्ति छ । यसको कार्यक्षत्र दोलखा जिल्लाभर रहेको छ । यसको दाँजोमा आउने सहकारी संस्थाहरु देशभरमा थोरै छन् ।

सहकारी क्षेत्रमा प्रेरणा श्रोत  
सहकारीका प्रेरणका श्रोत त रोचडेलका अगुवाहरुलाई नै मान्दछु । दोलखामा सहकारी खोलौं भनेर प्रेरणा दिने ऋषि घिमिरे हुनुहुन्छ । उहाँले दोलखामा सहकारी शिक्षा शिबिर सञ्चालन गरेर सहकारीबारे जानकारी गराउनुभएको थियो ।

तीतोमिठो क्षणहरु 
सहकारी प्रवर्धन र विकासमा सधैँ उत्साहित नै भएँ खास तितो अनुभव छैन तर सहकारीमा भएको राजनीतिकरण, केही सहकारी सञ्चालकहरुले व्यक्तिगत फाइदाको लागि सहकारीका मूल्यमान्यताहरुलाई ठाडो चुनौती दिएको देख्दा भने सारै दुःख लाग्छ ।

सबैभन्दा खुसीका दिनहरु
जब मेरो संस्था जनसचेतनले आत्मनिर्भर भएर सदस्यहरुलाई सेवा दिन लाग्यो र देश बिदेशमा आफ्नो परिचय दिन लाग्यो तब दिनहरु मेरा खुसीका दिनहरु बन्नपुगे । 

सहकारीमा योगदान 

  • सहकारी व्यवस्थानपन सम्बन्धी नीति नियमहरुको निर्माण र प्रयोग 
  • सहकारी लेखा प्रणलीको सुधार र आधुनिकिकरण  
  • NECOS software निर्माणमा प्राविधिक सल्लाह 
  • ७०० संस्थाका संचालकहरुलाई व्यवस्थापन, लेखा, PEARLS आदि तालिम प्रदान 
  • देशभर सहकारीको प्रवर्धन र बिकासमा सकृयता 
  • सहकारीका तालिम पुस्तिकाहरुको निर्माण 

सहकारी जनशक्ति
तल्लो तहमा राम्रै कर्मचारीहरु उपलब्ध भएपनि दक्ष र क्षमतावान् व्यवस्थापकहरुको अझै धेरै खाँचो छ । धेरैजसो संचालकहरु सहकारीको बारेमा अनभिज्ञ नै छन् ।

सहकारीकर्मीहरुमा पठन संस्कृति 
नेपालमा सहकारी सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने मानिसहरु धेरै छन् । अझ सहकारीलाई आफ्नो परिवेश अनुसार संचालन गर्न आवश्यक परिमार्जन गरेर नेपालमा चाहिने सहकारीको खाका तयार गर्नसक्ने मानिसहरु पनि छन् तर बिडम्बना उनीहरुलाई सहकारी अभियानभित्र प्रवेश गर्न पनि दिइँदैन । सहकारी सञ्जालका सवै स्थानहरु पार्टी कार्यकर्ताहरुले भरिएका छन् । पार्टीको टिकट बिना सहकारीमा प्रतिस्पर्धा गर्न समेत पाँउदैनन् ।

सहकारीको क ख समेत नजानेका पार्टी कार्यकर्ताले चलाएको सहकारी संघ संस्थाहरु पार्टी कार्यालय जस्तै चलेका छन् । त्यहाँ कुनै मूल्यमान्यताको कदर हुँदैन बरु खुट्टा तानिन्छ । त्यहांँ त अरुलाई पछारेर आफू कसरी माथि जाने भन्ने मात्र सोचाई हुन्छ, सहयोग र सहकार्यको त नाम निसाना पनि हुदैन । यसैकारण होला सहकारीमा अध्ययन र पठन संस्कृति विकास नभएको देखिएको ।

कोभिडको असर 
विश्वब्यापी महामारी कोभिडको असर नपरेको कुनै क्षत्र छैन, त्यसकारण सहकारीमा असर नपर्ने कुरै भएन । सदस्यहरुको रोजगारी गुमेको कारण बचत गर्ने र ऋण तिर्ने क्षमता घटेको छ । कतिपय सहकारीहरु घाटामा चलिरहेका छन् भने ऋणको भाखा नाघेका कारण जोखिम अत्यधिक बढेको छ । यस महामारीबाट सहकारी संस्थाहरु तङ्रिन अझै कही समय लाग्नेछ ।

उत्पादनमा सहकारी 
सबै सहकारीहरु उत्पादनमा नै लागेका छन् । बाख्रा पालन, भैसी पालन, कृषि तथा व्यवसायमा गरेको ऋण लगानी उत्पादनमा जोडिएको हाइन र ? स्वयं उद्योग व्यवसाय गर्ने सहकारीलाई मात्र उत्पादनमा जोडिएको भन्ने हो भने सदस्यहरुले गरेको उत्पादनलाई के भन्ने ?
 
बचत तथा ऋण सहकारी अभियान 
२५ बर्ष अगाडि शून्यबाट सुरु भएको बचत तथा अण सहकारी अभियानले आज २९ हजार ८ सय ८६ सहकारी संस्थाहरु निर्माण भई ७३ लाख बढी सदस्यहरुलाई आवद्ध गराउन सफल भएको छ । संख्यात्मक रुपमा अत्यधिक संस्थाहरु सञ्चालन भए पनि सदस्यहरुलाई गुणस्तरीय सेवा भने दिन सकेको देखिदैन ।

सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार चल्न सकेका छैनन् । दोहोरो तेहेरो सदस्यताले सदस्यहरु ऋणमा चुर्लुम्म डुबेर निस्कन नसक्ने भएका छन् । नाफाखोर र राजनीतिले सहकारीलाई अस्तब्यस्त पारेको छ तर केही समुदायमा आधारित संस्थाहरुले भने सहकारी आन्दोलनको मेरुदण्डको रुपमा काम गरेका छन् । यी बिकृति र बिसंगतिहरुलाई हटाएर शुद्ध सहकारी अभियान संचालन गर्नु आजको आवश्यता छ ।

नेफ्स्कूनको विकास र वृद्धि  
नेफ्स्कुनको बिकास र बृद्धि स्वाभाविकरुपमा भएको छ तर यसले आफूले गर्नुपर्ने कामको पाटो अझै पहिल्याउन सकेको छैन । 

नेफ्स्कूनले गर्नुपर्ने कामहरु 

  • सदस्य संस्थाहरुको क्षमता अभिबृद्धि
  • सदस्य संस्थाहरुमा सुशासन कायम राख्ने उपायहरु र नियमित अनुगमन 
  • संस्थाहरुको सेवा र उत्पादनको गुणस्तर निर्धारण 
  • सहकारीका समस्याहरु तथा ऐन नियमबारे वकालत 
  • सदस्य संस्था सुरक्षा कार्यक्रम 
  • अन्तर लगानी थप सबल बनाउने
  • संस्था एकिकरणमा सहजकर्ताको भूमिका 

एक्सेस, प्रोबेसन लगायत गुणस्तर सुनिश्चितता कार्यक्रम
एक्सेस, प्रोबेसन लगायत नेफ्स्कूनले सञ्चालन गरेका साकोसहरुको गुणस्तर सुनिश्चितता कार्यक्रम भनेको संस्थाको वित्तीय र अन्य अवस्था मूल्याङ्कन गर्ने विधि वा औजार हुन् । त्यस्तै PEARLS अर्को औजार हो । यिनको आधारमा नेपालमा विगत लामो समयदेखि साकोसहरुको वित्तीय लगायत संस्थागत स्वास्थ्य परिक्षण हुँदै आएको सर्वविदितै छ । यिनको महत्व निक्कै छ । बेलावेलामा यिनको बारेमा कुप्रचारहरु भएका पनि छन् तर बुझ्नुपर्ने कुरा के हो भने बचत ऋण सहकारीहरुको गुणस्तर नाप्ने केही विधि वा औजार त चाहियो नि । कि यी भन्दा उत्तम विकल्पहरु दिनुपर्यो होइन भने यिनकै आधारमा नेपालको साकोस अभियान दिगो, सक्षम, गुणस्तरीय, विश्वसनीय र सदस्यमैत्री बनिरहेका छन् ।

एशियाली ऋण महासंघ (आकू) को भूमिका
नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको विकासमा आकूको एकदमै महत्वपूर्ण भूमिका छ । नेफ्स्कूनको विकास र प्रगतिमा पनि यसको भूमिका कसैबाट लुकेको छैन । रञ्जित र लेनीहरु निरन्तर नेपालको साकोस अभियान सुदृढिकरणमा लागिपरेका छन् । साँच्चै भन्ने हो भने आकूले नेपालमा ल्याएका कार्यक्रम र नेफ्स्कूनमार्फत सहयोग गरेको प्रविधि र औजारहरुको बलमा नै आज साकोस अभियान यहाँसम्म आइपुगेको छ र आकूले अझै पनि नेपाललाई हरतरहले सहयोग गर्दै आएको छ ।

सहकारी ऐन 
राम्रै आयो तर कता कता आकार प्रकार नमिलेको बुख्याचा जस्तो । लेखिएका कुराहरु कुनै लागू भएका छैनन् ।

नियामक निकायको सहयोग 
पटक्कै छैन । नकारात्मक टिप्पणी मात्र छ ।

सहकारीसम्बन्धी आम बुभाइ 
सहकारीभन्दा नाक खुम्च्याउने अवस्था पटक्कै छैन तर नेपालमा सकारात्मक धारण भएका मानिसहरुको खडेरी परेको छ । सहकारी मात्र होइन हरेक क्षेत्रमा नकारात्मक बिचारले स्थान पाएको देखिन्छ । केही सहकारी संस्थाहरुले यस्ता नकारात्मक बिचारहरुलाई प्रोत्साहित गर्ने काम पनि गरेको देखिन्छ । यस्ता सहकारी संस्थाहरु सही बाटोमा आउन जरुरी छ ।

सहकारीमार्फत समृद्धि 
अवश्य सम्भव छ र गर्नुपर्छ पनि । सहकारी जस्तो दूरदराजका ठाँउहरुमा पुगेर गरिबको सेवा गर्ने कुनै निकाय छैन । उत्पादन र बितरण गर्ने सजिलो माध्यम पनि सहकारी नै हो । 

सहकारीमा दोहोरो सदस्यता  
दोहोरो सदस्यता खारेज हुनुपर्छ । संस्था एकिकरणको काम तत्काल गर्नुपर्छ ।

सहकारीसम्बन्धी तालिमहरु

  • Diploma in Community based development (Coady International Institute Canada)
  • Micro financing and micro enterprise development (ACCU Thailand)
  • PEARLS Monitoring system
  • यसबाहेक पनि सहकारी सम्बन्धी धेरै तालिमहरु लिएको छु ।

सहकारी क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरु

  •  सुशासन
  •  प्रभावकारी नियमन र अनुगमन
  •  उत्पादन बितरणमा सहकारीको संलग्नता
  •  सदस्यहरुको जीवनस्तर अभिवृद्धि कार्यक्रम
  •  अनुशासन र जवाफदेहीता आदि ।

सहकारीमा युवा पुस्ता 
केहि पदलोलोलुपहरु बाहेक अहिलेको सहकारी अभियानमा युवा पुस्तानै देखिन्छ । त्यसैले अब रुचि बढाउने कुरा कता आयो र ? अबको सहकारी नै युवा पुस्ताको काँधमा हो ।

सहकारीमा नेतृत्व विकास 
सहकारीमा असल नेतृत्व विकासका लागि सहकारीबारे प्रशस्त अध्ययन र अनुसन्धान गरेको, सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई पूर्णतः आत्मसात् गरेको, राजनीतिक बिचारधारालाई सहकारीको ढोका बाहिर राखेर निस्पक्ष काम गर्नसक्ने, सबै खाले सदस्यहरुलाई समान व्यवहार गर्नसक्ने व्यक्ति छनौट हुनुपर्छ ।  नेतृत्व छनौटमा पार्टीहरुले टिकट दिने प्रथा खारेज हुनुपर्छ । देश बिदेशमा आयोजना हुने तालिममा सहभागी गराउनुपर्छ ।

सहकारी भ्रमण
नेपालका ५७ जिल्लामा गएर सहकारी सम्बन्धी तालिमहरु दिएँ र बिदेशमा भारत, क्यानाडा, थाइल्याण्ड, दक्षिण कोरिया, मलेसिया र फिलिपिन्स भ्रमण गरेको छु ।

भावी योजना 
केही छैन । अब आराम गरेर बस्ने हो ।

जागिरे जीवन
२०२९ सालमा बि.कम पास गरेँ । पढाइको सँगै नेपाल बिद्युत कर्पोरेशन, नेपाल राष्ट्र बैंक आदिमा जागिर खाएँ र २०३० सालमा गाउँको माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर पढाउन थालेँ । माध्यमिक शिक्षक प्रथम श्रेणीसम्म पुगेर २०५९ सालमा राजीनामा दिएर अवकाश लिएँ ।

मेरो पहिलो नियुक्ति नै माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भएको हो । शुरुमा बैतेश्वर माध्यमिक विद्यालयमा काम गरेँ ंर १४ वर्ष पछि २०४४ सालमा मेरो आफ्नै गाँउको हुमन्तेश्वर मा.वि.मा गएर १४ वर्षनै बिताएर राजीनामा गरेँ । मैले सञ्चालन गरेका दुवै विद्यालयहरु अब्वल छन् तर पछिल्लो विद्यालय आज पनि देशमै १० भित्र पर्दछ । पहिलो विद्यालयले शिक्षाको अभाव भएको बेलामा धेरै विद्यार्थीहरुलाई पढ्ने अवसर दियो भने दोश्रोले शिक्षाको गुणस्तरमा व्यापक सुधार गरेर उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्न सफल भयो ।

शिक्षण पेशालाई धेरै माननिसहरु रुचाउँदैनन् तर दूरदराजका विद्यार्थीहरुलाई शिक्षित गरेर उनीहरुको जीवन सुधार गर्ने कामले मलाई भने ठूलो सन्तुष्टि मिलेको छ तर सामाजिक चेतनाको विकास गर्न र भौतिक श्रोतहरु जुटाउन भने त्यसबेला धेरै कठिन थियो । 

जन्म र परिवार
२००३ साल साउन ९ गते हालको बैतेश्वर गाउँपालिका बडा नं. ४ पोखरे, दोलखा जिल्लामा पिता पिता तिलकप्रसाद ढुंगेल र माता छायाँदेबी ढुंगेलका ७ मध्ये काँहिलो सन्तानको रुपमा मेरो जन्भ भएको थियो । हाल परिवारमा जम्मा १२ जना छन् । श्रीमती नन्दादेवी ढुंगेल, जेठो छोरा दिपक ढुंगेल, कान्छो छोरा बिनोद ढुंगेल, जेठी छोरी शान्ता ढुंगेल, कान्छी छोरी सुनिता ढुंगेल लगायत छन् । हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारमा बसोबासरत छु । 

बाल्यावस्था
गाउँको सामान्य परिवारमा जन्म भएको हो । हाम्रो पेशा कृषिनै हो र बुबा यजमानी गर्नुहुन्थ्यो । खाने लाउने कुरा समेत पर्याप्त पाइदैनथ्यो । खेतिपातीमा काम गर्ने बाख्रा वस्तु चराउने काम गरिन्थ्यो । गाँउमा स्कूल नभएकोले कर्मकाण्डका पुस्तकहरु पढिन्थ्यो । कहिलेकाही यजमान कहाँ कार्य गर्न जाने पनि गरिन्थ्यो ।

युवावस्था
१६ वर्षको उमेरमा २०१९ सालमा पढ्नको लागि काठमाण्डौ आएँ र ५ कक्षामा भर्ना भएर सुरु गरेँ । २०२३ सालमा एस.एल.सी. पास गरेँ । २०२९ सालमा बाणिज्य शास्त्रमा स्नातक गरेँ । जागिर खाँदै पढाइ लगेँ ।

शिक्षाप्रति परिवारको धारणा 
मेरो परिवार शिक्षाप्रति सकारात्मक र सजग थियो । जेठो दाइ पुराण भन्ने पण्डित हुनुहुन्थ्यो, माइला दाई कर्मकाण्ड गर्नुहुन्थ्यो, साहिला दाईले स्नातकोत्तर गर्नुभयो र कान्छो भाइले विद्याबारिधि पूरा गरेका छन् । परिवारको साथ सहयोगले नै सबै शिक्षित हुन पायौं ।

मित्रता
विद्यार्थी जीवनमा पढ्ने खालका इमान्दार र लगनशील साथीहरुसँग मात्र मेरो हेलमेल हुन्थ्यो । आफ्नो स्वभाव नमिल्नेहरुसँंग प्रायः म टाढा नै हुन्थेँ । आफ्नो स्वभाव र राजनीतिक विचारधारा मिल्नेहरुसँग मेरो घनिष्ठता रहन्थ्यो । गाँउमा शिक्षण गर्दा सामाजिक सेवामा रुचिराख्ने साथीहरुसंँग सहकार्य गरेर सामाजिक क्षेत्रमा धेरै कामहरु गरियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप