सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सञ्चालन: भोलि समापन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सञ्चालन: भोलि समापन

काठमाडौं । नेफ्स्कूनको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (AML/CFT for Cooperatives) विषयक २ दिने भर्चुअल तालिम आजबाट शुरु भएको छ । तालिम सहजीकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गर्नुभएको छ । 

तालिम शुभारम्भमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सरकारले हार्ड ल को रुपमा अंगिकार गरेको सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई नेपालको बचत तथा ऋण सहकारी अभियान सौहार्दपूर्ण तबरबाट अपरेसनमा उर्तिनुपर्ने आवश्यकता औल्याउनुभयो । साकोस अभियान ग्लोबल एरेनामा प्रवेश गरिसकेको अवसरमा अन्तराष्ट्रिय मूल्य मान्यता र सिन्द्धान्त अनुरुपनै चल्नुपर्ने बताउँदै अन्तराष्ट्रिय मुद्रा प्रवाह नीति र शुद्धीकरणको फर्मल साइकलको विषयमा पनि जानकार रहन जोड दिनुभयो । उहाँले राज्यको मौद्रिक नीति निर्माणको सन्दर्भमा पनि सहकारी अभियानका विषयवस्तुहरु अगाडि उठिरहेको र डिजिटाइज सहकारी निर्माणको आयाममा पनि संहिताको परिपालना र दायित्व बोध रहने विषय उठान गर्नुभयो । बचत ऋण सहकारी अभियानमा दक्ष, अब्बल, क्षमतावान र विवेकशील कर्मचारी बाट मात्र सम्पत्ति शुद्धीकरण निवारण को कार्यान्वयन प्रभावकारीता रहने जिकीर गर्नुभयो । 

नेपाल राष्ट्र बैंकमा रहेर काम गर्दाको लामो अनुभव र विषयगत दक्षतामा पूर्ण रहनुभएका प्रस्तुतकर्ता श्यामकृष्ण दहालले दुई दिनको तालिममा समेटिने विषवस्तुहरु सहित पहिलो दिनको तालिम सत्र प्रारम्भ गर्नुभएको थियो । प्रारम्भमै उहाँले सहकारी विशुद्ध रुपमा निश्चित प्रणालीभित्र नीति, नियम, ऐन, कानुन र परिधिमा केन्द्रीत भएर चल्नुपर्ने र त्यो परिधिभन्दा बाहिर गए प्रणाली नै कोल्याप्स हुने धारणा राख्नुभएको थियो ।  सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति  तथा ऋण उपसमिति र व्यवस्थापन एक आपसमा सहकार्यमा रहने र पद्धति अनुरुपमात्रै काम गर्नुभयो भने प्रणाली सुधार गर्न सकिने जानकारी गराउनुभयो । 

आजको प्रस्तुतीमा प्रस्तोता दाहालले नियामक निकायबाट जारी सूचना, विद्यमान ऐन, नियम तथा निर्देशन, सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी जानकारी, सम्पत्ति शुद्धिकरण विरुद्धका औजार तथा पद्धतीहरु बारे जानकारी गराउनुभएको थियो । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ र सहकारी विभागबाट जारी निर्देशन २०७४ मा भएका मुख्य प्रावधानहरु सम्बन्धी साथै सदस्य पहिचान तथा सन्तुष्टी, बृहत सदस्य पहिचान, उच्चपदस्थ व्यक्ति, वास्तवीक धनी, कारोबार गर्न नहुने, असामान्य कारोबार र सुरक्षात्मक उपाय सम्बन्धी जानकारी दिनुभएको थियो । 
कालोधन वा गैरकानुनी वा आपराधिक आर्जनलाई वैधानिक वा कानुनी श्रोतबाट आर्जन भएको देखाउने काम नै सम्पत्ति शुद्धीकरण हो । उहाँले भन्नुभयो, “यदि आपराधिक आर्जन वा कालो धन हो भनी जान्दा जान्दै उक्त सम्पत्तिको ग्रैह्र कानुनी स्रोत लुकाउने उद्देश्यले वा उक्त कालो धन आर्जन गर्नका लागि अपराध गर्ने व्यक्तिलाई कानुनी कारवाही बाट बचाउने उद्देश्यले उक्त सम्पत्तिको रुप परिवर्तन वा स्थानान्तरण गर्न खोजी सहकारीको माध्यम प्रयोग गर्दैछ भने सहकारीले त्यस्को पहिचान गर्नुपर्छ ।” 

सहकारीमा कुनै पनि एक सदस्यबाट एक दिनमा दश लाख भन्दा बढी रकम बचतका लागि आएको छ भने त्यसको स्रोत खुल्ने आवश्यक कागजात माग गर्नुपर्ने हुन्छ । यदि बचत रकमको श्रोतमा कुनै शंका लागेमा वित्तीय जानकारी इकाइ (FIU ) मा रिपोर्ट (TTR) गर्नुपर्छ उहाँले जोड्नुभयो, वित्तिय जानकारी इकाइले तोकेका निर्देशनहरुको पालना नगर्ने सहकारीहरुलाई  कम्तिमा १० लाख सम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले ३३ प्रकारका कसुर गरेवापत आर्जन भएको धनलाई कालो धनमा राखेको छ । जस्तै गैरकानुनी कारोबार, मानव तस्करी, राजश्वसँग सम्बन्धित सबै प्रकारका अपराधहरु र अन्य सबै प्रकारका अपराधिक गतिविधिहरु बाट आर्जन हुने कालो धन वा डट्टी मनिलाई अपराधिक सम्पत्ति भनी कानुनले बर्जित गरेको छ । सहकारीमा कारोबारमा रहेको रकममध्ये कुनै सदस्यको कारोबार रकममाथी कुनै शंका लागेमा ऐनको अनुसुची ४ मा भएको व्यवस्था बमोजिम शंकास्पद रिपोर्ट गर्न सकिने जानकारी गराइएको थियो । 


पछिल्लो समय बैंक वित्तिय संस्थाहरु भन्दा पनि सहकारी मार्फत कानुनद्धारा निषेधित कार्य गरी वा गैरकानुनी रुपमा आर्जन गरिएको आय वा सम्पत्तिलाई बैध बनाउन प्रयोग भएको सुन्नमा आइरहेको र यस्तो धनलाई सहकारीले पहिचान गरी पूर्ण स्रोत विवरण राख्नुपर्ने अन्यथा एफआइयूमा रिपोर्ट गर्नुपर्ने उल्लेख गरिएको थियो । अब ऐन कानुनको विषयमा अनभिज्ञ भएर होइन  सहकारी क्षेत्र चनाखो भएर गलत मनसाय भएका सदस्यहरुको पहिचान गरी कारोबार गर्नुपर्ने सुझाइएको थियो । 

यतिवेला कोभिड दोस्रो भेरियन्ट संक्रमण जोखिम छ, यहि समय पारेर स्रोतको खोजी नहुने भन्दै सहकारीमार्फत कालो धन शुद्धीकरणको प्रयास हुनसक्छ, त्यसप्रति पनि सहकारीहरु सचेत रहनुपर्ने साथै कालो धन शुद्धीकरणका लागि लेयरिङ सृजना गर्दै बैंक वित्तिय संस्थाका चेकहरु सहकारीमा आउने सम्भावना पनि रहन सक्नेतर्फ सचेत हुन आग्रह गरिएको थियो भने सहकारीले आफ्ना सदस्यहरुलाई निर्देशन दिएर हैन कन्भिन्स् गरेर वित्तिय कारोबारमा सहजता ल्याउनपर्नेमा जोड दिइएको थियो । 

सहकारीले व्यक्तिको KYM अपडेट गरेर मात्र सदस्यता प्रदान गर्ने, विद्यमान ऐन, नियम र निर्देशनको पालना गर्दै सम्पूर्ण आवश्यक कागजातहरु पूर्ण भएपछि मात्रै सदस्यता स्वीकार गर्ने, खातामा जम्मा भएको ठूलो रकममा चित्तबुझ्दो आधार नभएसम्म त्यो पैसालाई उच्च जोखिममा राख्ने, सदस्यले केही समयका लागि पैसा पार्किङ गर्ने उद्देश्यले मात्रै सदस्यता लिएको हो वा वास्तविक रुपमै सहकारीको सेवा सुविधा बुझेर सदस्य बन्न आएको हो, त्यसको ख्याल गर्ने, बचतका विभिन्न सेवाहरुमा बचतको प्रकृति के कस्तो भइरहेको छ, त्यसतर्फ ध्यान दिने लगायतका विषयबस्तुहरु राखिएको थियो । 

तालिममा ७३ जनाको सहभागिता रहेको थियो । प्रस्तुतीकै क्रममा तालिमका सहभागीहरुले राख्नुभएको विविध जिज्ञासाहरुको सम्बोधन प्रस्तोताले गर्नुभएको थियो । तालिम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । भोलि सम्पन्न उक्त तालिम पनि आजकै समय विहान ११ बजेबाटै शुरु हुने जानकारी गराइएको छ ।  सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण विषयका विविध बाँकी विषयवस्तुहरु भोलिको तालिममा प्रस्तुत हुनेछन् ।  

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप