विपद जोखिम न्यूनीकरण सम्बन्धमा पूर्वका साकोसहरुसँग भर्चुअल अभिमुखिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विपद जोखिम न्यूनीकरण सम्बन्धमा पूर्वका साकोसहरुसँग भर्चुअल अभिमुखिकरण

मोरङ, झापा र इलामबाट कर्वस् कार्यक्रममा आवद्ध साकोस प्रतिनीधिहरुसँग विपद जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखिकरण एवम् अन्तरक्रिया कार्यक्रम असार ११ गते सम्पन्न भयो । भूकम्प, बाढीपहिरो, कोभिड, आगलागी जस्ता प्राकृतिक प्रकोप र अन्य सम्भावित दुर्घटनाको आँकलन सहित पुर्व तयारी, जोखिम मूल्याँकन तथा उक्त जोखिम बाट हुने क्षति न्यूनिकरणका लागि अपनाइने रणनीतिहरु विषय समेटी तयार पारिएको निर्देशिकाका विषयमा सुझाव संकलनका लागि सहजिकरण गरिएको हो । कार्यक्रममा ४० वटा साकोसबाट प्रतिनीधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक गोमा नेपाल र घनश्याम अधिकारी र जिल्ला बचत संघ मोरङ कोषाध्यक्ष एवम् नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम संयोजक जीवन बस्नेतको उपस्थिति रहेको थियो । संचालक गोमा नेपालले यस परिस्थितिमा नेफ्स्कूनले कर्मचारी, कार्यस्थल र अभियानको सुरक्षामा समेत ध्यान पुर्याइरहेको धारणा राख्नुभएको थियो । यसैगरी सम्पुर्ण संस्थाहरुले यस परिस्थितिमा सुरक्षित रहँदै सेवा निरन्तरता दिनुपर्ने समेत आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेफ्स्कून संचालक घनश्याम अधिकारीले अहिलेको परिवेशमा जोखिमले पार्ने प्रभाव र असरको विषयमा केन्द्रित रहेर छलफल गर्नुपर्ने कुरा राख्दै यस महामारीमा अग्रभागमा बसी काम गर्ने सम्पुर्ण सहकारीकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । जिल्ला बचत संघ मोरङ कोषाध्यक्ष एवम् नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम संयोजक जीवन बस्नेतले यस कार्यक्रम समय परिस्थिति अनुसार महत्वपुर्ण रहेकाले सम्पुर्ण साकोसहरुले यस निर्देशिका निर्माण गरी तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रम सहजीकरण क्रममा नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र मुकेश दाहालले प्रकोपको परिचय, विपद र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद जोखिम व्यवस्थापन चक्र, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, व्यवसायको प्राथमिकता निर्धारण, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद् जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ मोरङबाट कार्यक्रम अधिकृत रामकुमार दाहाल र नेफ्स्कून फिल्ड कार्यालयहरुबाट व्यवस्थापन प्रमुख तथा अन्य कर्मचारीहरुको समेत सहभागिता थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप