विपद जोखिम न्यूनीकरण सम्बन्धमा पूर्वका साकोसहरुसँग भर्चुअल अभिमुखिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विपद जोखिम न्यूनीकरण सम्बन्धमा पूर्वका साकोसहरुसँग भर्चुअल अभिमुखिकरण

मोरङ, झापा र इलामबाट कर्वस् कार्यक्रममा आवद्ध साकोस प्रतिनीधिहरुसँग विपद जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखिकरण एवम् अन्तरक्रिया कार्यक्रम असार ११ गते सम्पन्न भयो । भूकम्प, बाढीपहिरो, कोभिड, आगलागी जस्ता प्राकृतिक प्रकोप र अन्य सम्भावित दुर्घटनाको आँकलन सहित पुर्व तयारी, जोखिम मूल्याँकन तथा उक्त जोखिम बाट हुने क्षति न्यूनिकरणका लागि अपनाइने रणनीतिहरु विषय समेटी तयार पारिएको निर्देशिकाका विषयमा सुझाव संकलनका लागि सहजिकरण गरिएको हो । कार्यक्रममा ४० वटा साकोसबाट प्रतिनीधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक गोमा नेपाल र घनश्याम अधिकारी र जिल्ला बचत संघ मोरङ कोषाध्यक्ष एवम् नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम संयोजक जीवन बस्नेतको उपस्थिति रहेको थियो । संचालक गोमा नेपालले यस परिस्थितिमा नेफ्स्कूनले कर्मचारी, कार्यस्थल र अभियानको सुरक्षामा समेत ध्यान पुर्याइरहेको धारणा राख्नुभएको थियो । यसैगरी सम्पुर्ण संस्थाहरुले यस परिस्थितिमा सुरक्षित रहँदै सेवा निरन्तरता दिनुपर्ने समेत आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेफ्स्कून संचालक घनश्याम अधिकारीले अहिलेको परिवेशमा जोखिमले पार्ने प्रभाव र असरको विषयमा केन्द्रित रहेर छलफल गर्नुपर्ने कुरा राख्दै यस महामारीमा अग्रभागमा बसी काम गर्ने सम्पुर्ण सहकारीकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । जिल्ला बचत संघ मोरङ कोषाध्यक्ष एवम् नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम संयोजक जीवन बस्नेतले यस कार्यक्रम समय परिस्थिति अनुसार महत्वपुर्ण रहेकाले सम्पुर्ण साकोसहरुले यस निर्देशिका निर्माण गरी तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रम सहजीकरण क्रममा नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र मुकेश दाहालले प्रकोपको परिचय, विपद र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद जोखिम व्यवस्थापन चक्र, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, व्यवसायको प्राथमिकता निर्धारण, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद् जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ मोरङबाट कार्यक्रम अधिकृत रामकुमार दाहाल र नेफ्स्कून फिल्ड कार्यालयहरुबाट व्यवस्थापन प्रमुख तथा अन्य कर्मचारीहरुको समेत सहभागिता थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप