भर्चुअल साझा सवालको निष्कर्षः सहकारी अभियानबीच एकता अपरिहार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भर्चुअल साझा सवालको निष्कर्षः सहकारी अभियानबीच एकता अपरिहार्य

काठमाडौं । ललितपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सरोकारका विविध विषयमा खुला सवाल जवाफ कार्यक्रम आज भर्चुअल सम्पन्न भएको छ । बागमती प्रदेशका सहकारी ऐन, नियम र मापदण्डका विषयमा धेरै र सहकारीका जल्दाबल्दा राष्ट्रिय विषयहरुमा केही कम गरी शनिवार ४ घन्टा लामो टेलि र वेबकाष्टले धेरै सिकाइसहित केही निचोडहरु पनि निकालेको छ । 

आयोजनक ललिपुर जिल्ला संघले दाबी गरेझैं आजको कार्यक्रममा भाषण कम तर सैद्धान्तिक, नीतिगत एवम् व्यावहारिक जिज्ञासाहरु विषय विज्ञबाट सम्बोधन गराइएको थियो । साँच्चिकै ‘फरक स्वाद’को कार्यक्रममा सहकारी इतिहास र सिद्धान्तसहितको भारीभरकम प्रस्तुति र अभियान तथा नियामक निकायहरुको औपचारिक सम्बोधन भन्दा भोक्ता सहभागीहरुको जिज्ञासालाई केन्द्रमा राखेर समाधान खोजिएको थियो । प्रश्नोत्तर साझा सवाल कार्यक्रमको निष्कर्ष अभियानबीच सहकारीका साझा मुद्दाहरुमा विश्वसनीय र दिगो एकतामात्र हुँदा पनि धेरै समस्याहरु हल गर्न सकिन्छ भन्ने नै रह्यो । यसमा अभियानको शीर्ष निकाय महासंघ, नेफ्स्कून, सहकारी बैंकदेखि बागमती प्रदेशका सहकारी रजिष्ट्रारको पनि बोली मिलेको थियो ।

संघीय सहकारी ऐनमा अत्यावश्यक संशोधन, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा ऋण सहकारीसम्बन्धी स्थिरीकरण कोष खडा गर्ने विषयदेखि सन्दर्भ ब्याजदर कार्यान्व्यन वा पुनरावलोकन, मुख्य कारोबार, दोहोरो सदस्यता लगायतका संगीन मुद्दाहरुमा प्रथमतः सहकारी अभियानबीच विश्वासयोग्य एकता भएमा त्यो संगठित आवाजको सुनुवाई पक्कै तीनवटै तहका सरकारबाट हुने धारणाको निष्कर्ष थियो । बागमती प्रदेश सहकारी रजिष्ट्रारको विशेष जोड पनि यसैमा थियो । सक्रिय सहभागीहरुबाट थुप्रै तर सान्दर्भिक प्रश्नहरु बागमती प्रदेश सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक, प्रदेश र जिल्ला सहकारी संघ लगायतसँग सम्बन्धित थिए । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलेले सहकारी मन्त्रालयको असहयोगका कारण कर्जा सूचना केन्द्र स्थापनाको काम अघि नबढेको बताउनुभयो भने कर्जा असुली न्यायाधिकरण र बचत ऋण सुरक्षण कोषको कुरा पनि अघि नबढेको उल्लेख गर्नुभयो । उहाँले वार्षिक खाताबन्दी, आगामी साधारण सभा, बार्षिक लेखापरिक्षणको समयावधि थप गर्नुपर्ने विषयमा ऐनभन्दा पर जान नसकिने भन्दै अहिलेदेखिनै सहकारी संघ संस्थाहरुले समयलाई ख्यालमा राखी काम गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष कडेलले सहकारीमार्फत धेरै राम्रा कामहरु भएपनि तिनको जुनस्तरमा प्रचार प्रसार हुनुपर्दथ्यो त्यो नभएको बताउनुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ऐन कार्यान्वयनलाई संघले जोड दिएको भन्दै सहकारीहरुले उद्देश्य अनुरुपको काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेकै कारण सहकारीमा समस्या आएको प्रष्ट पार्नुभयो । उहाँले सन्दर्भ व्याज दरको पुनरावलोकन, कर्जा सूचना केन्द्र स्थापना , स्थिरीकरण कोष खडा गर्नेदेखि अन्य विषयमा अभियानबीच एकता आवश्यक भएको बताउनुभयो । नेफ्स्कूनले सहकारी ऐनले व्यवस्था गरेका आधादर्जन विषयमा आफ्नै पहलमा कार्यविधि बनाएर मन्त्रालयलाई समेत बुझाएको बताउनुभयो । सदस्यहरुलाई बार्षिक खाताबन्दीमा सहजीकरण गर्न आवश्यक ऋणको पुर्नतालीकीकरणका विषयमा पनि विभागसँग छलफल भैरहेको जानकारी गराउनुभयो । नेफ्स्कूनले ललितपुर जिल्ला संघसँगको सहकार्यमा व्यवसाय निरन्रतता योजनासँगै विपद् जोखिम न्यूनीकरण निर्देशिका निर्माणमा प्रारम्भिक संस्थाहरुलाई सहजीकरण गर्ने कामलाई अघि बढाउने जानकारी समेत अध्यक्ष पौड्यालले गराउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अभियानबीच एकता नहुँदा कतिपय मुद्दाहरुको बहसपैरवी प्रभावकारी नभएको बताउँदै सदस्यहरुलाई सहयोग गर्न बैंकले कुनै कसर नराख्ने बताउनुभयो । अनुगमनको विषय धैरै सहभागीबाट आएपनि स्वनियमनमा चल्ने सहकारीहरु आफै सुशासित हुनुपर्ने, लेखा सुपरिवेक्षण समितिलाई सक्षम र दक्ष बनाउनुपर्ने, माथिल्ला संघहरुले अनुगमन गर्नुपर्ने र केही नलागेमात्र राज्य गुहार्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, अध्यक्ष उप्रेतीले नेफ्स्कूनसँगको सहकार्यमा ३ अर्बको तरलता कोष स्थापना भएको पनि उल्लेख गर्नुभयो ।

बागमती प्रदेश सहकारी विकास बोर्डका नवनियुक्त उपाध्यक्ष नारायण देवकोटाले अभियानसँगै हातेमालो गरेर सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणलाई अघि बढाउने दिशामा बोर्डले काम गर्ने र आफु सदैव अभियानसँगै रहेको बताउनुभयो ।

बागमती प्रदेशका सहकारी रजिष्ट्रार बिक्रम पाण्डेले के काम र के उद्देश्यका लागि सहकारी सञ्चालन गरेको भन्ने विषय हेक्का राख्ने हो भने संस्था भित्रका धेरै कुरा आफै समाधान हुने सटीक धारणा राख्नुभयो । उहाँले बागमती प्रदेशको सहकारी कानून अन्यत्रको भन्दा प्रो एक्टिभ भएको बताउँदै राम्रा काम गर्ने सहकारीहरुलाई जस्तो सुकै सहयोग गर्न विभाग र व्यक्तिगत रुपमा आफु पनि तयार रहेको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थामा सहकारीहरुको स्थापना, कार्यक्षेत्र र सेवा केन्द्र विस्तार भन्दा पनि मर्जरलाई बढी प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याउनुभयो । यसैगरी, उहाँले सहकारी अभियान एक भएमा धेरै कानूनी तथा नीतिगत उल्झनहरु सुल्झाउन सकिने सुझाव पनि राख्नुभयो ।

बचत संघका अध्यक्ष रामहरि बजगाईले संघको पछिल्लो वित्तीय र सदस्यता स्थिति जानकारी गराउँदै कोभिडको मारमा परेका सहकारीहरुलाई ऋणको पुनर्तालिकीकरण, आम्दानी बाध्ने समयसिमा, बार्षिक साधारण सभाको समय थप गरिनुपर्ने बताउनुभएको थियो । उहाँले ललितपुरको सहकारी अभियानको धारणालाई राष्ट्रिय सहकारी अभियान, नियामक निकायले समेत कतिपय अवस्थामा ओझेलमा पारेको हो कि भनी प्रश्न समेत गर्नुभयो । सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले सहकारी अभियानको सहयोगी निकाय पत्रकार समाज भएकाले सहकार्यका आधारमा अघि बढ्नुपर्ने र अभियानले गरेका गल्ती कमजोरीहरुलाई केलाउने काम पत्रकारहरुले गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो भने ललितपुर महानगरपालिका तथा गोदाबरी र महालक्ष्मी नगरपालिकाका सहकारी शाखा प्रमुखहरुले कोभिडका कारण सहकारीहरुको अनुगमन गर्न, अन्तरक्रियात्मक कार्यक्रमहरु राख्न र कोपोमिससम्बन्धी तालिमहरु गर्न नसकिएको बताउँदै प्रभावकारी अनुगमनमा जनशक्ति अभाव पनि अर्को समस्या भएको जानकारी गराउनुभयो । कृषि टेलिभिजन तथा ललितपुर बचत संघको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष करुणारत्न बज्राचार्यले गर्नुभएको थियो ।

 


 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप