गण्डकी प्रदेशमा साकोस अभियानका समसामयिक विषय सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गण्डकी प्रदेशमा साकोस अभियानका समसामयिक विषय सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा गण्डकी प्रदेशमा साकोस अभियानका समसामयिक विषय सम्बन्धी भर्चुअल अन्तरक्रिया आज सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य गिरीले सहभागीहरुलाई स्वागत गर्दै कोभिड महामारीको विषम् परिस्थितिमा सहकारी संस्था र सदस्यलाई परेको प्रभाव न्यूनीकरण गर्न र एकजुट भएर सामना शक्ति विकासमा जुट्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको बताउनुभयो । उहाँले सहकारीको मान्यता नै सहकार्य भएकोले पनि विपद्को समयमा सहकार्य मार्फत सहकारी क्षेत्रमा परेका समस्याहरुलाई कसरी सम्बोधन गरेर जाने भन्ने विषय प्रमुख भएकोहुँदा भर्चुअल माध्यममार्फत भएपनि समस्याको समाधान पहिल्याउने र आफ्ना जिज्ञासाहरु राख्ने उपयुक्त प्लेटफर्म मा सहभागी सबै प्रति धन्यवाद व्यक्त गर्नुृभयो । कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कून निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् विभागीय प्रमुख सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई उच्च स्तरको प्रतिस्पर्धी सेवा उपलब्ध गराउन साकोस अभियानलाई प्रविधिकरण र सञ्जालीकरणमा जोड्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । हामीले बदलिदो परिस्थितिबाट पाठ सिक्दै अब नयाँ तरिकाबाट अगाडि बढ्नुपर्छ भनेर साकोसका सबै सेवाहरुलाई प्रविधिमार्फत जोडेर विस्तारै डिजिटाइज् गर्दै जाने र सञ्जालीकरणलाई पनि स्वतः दरिलो बनाउने अवधारणा विकास गरेका छौं । उहाँले भन्नुभयो, अब सहकारीको सेवा बैंक भन्दा  प्रतिस्पर्धी हुन जरुरी छ, त्यसका लागि संघले सबै सफ्टवयेर प्रणालीलाई इपिआर मा जोडेर एकीकृत प्रविधि सेवा प्रारम्भको तयारी गरेको छ ।  

कोभिड महामारीको प्रभाव सदस्य, संस्था र कर्मचारीको तहमा परेको र यसको सम्बोधनका लागि अभियान बीचको एकता आवश्यक रहेको उहाँले बताउनुभयो । साथै नेफ्स्कूनले सरकारले ल्याउन लागेको मौद्रिक नीतिमार्फत सहुलियत कर्जामा साकोस अभियानको पहुँच, पुँजी निर्माण र परिचालनमा भूमिका स्थापित गर्ने विषयमा सरोकारावालाहरुसँग निरन्तर बहसपैरवी गरिरहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले महामारी या विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकोले हामीले संस्था सञ्चालनको क्रममा संयमता अपनाउनुपर्ने, विपद्को सामना एकल विधिबाट नभई सबै जुटेर सहकार्यको माध्यमबाट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले साकोसलाई पर्न सक्ने सबै खाले जोखिम बाट माथि उठाउन साकोसको सुरक्षा कवजको रुपमा अभियानले शुरु गरेको स्थिरीकरण कोषमा रकम छुट्याउन पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला बार्षिक खाताबन्दीको समय शुरु भइसकेकोले पनि यहि अवस्थामा सम्पूर्ण साकोसले स्थिरीकरण कोषमा राख्नुपर्ने रकम छुट्याउनुभयो भने सजिलो पर्नजान्छ ।”

अन्तरक्रिया कार्यक्रममा जिल्लाका सहकारीकर्मीहरु, नेफ्स्कून फिल्ड व्यवस्थापन  उपसमिति सदस्यहरु,  विभिन्न साकोस संचालकहरु, विभिन्न साकोस व्यवस्थापन प्रमुख एवम् कर्मचारीहरुको उपस्थिति थियो ।

सञ्जयराज तिमिल्सिना
निमित्त प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

राम्रो गर्ने सपना देख्यौं भने त्यो अवश्य प्राप्त गर्न सक्छौं, त्यसमा विश्वास हुनुपर्छ । नेफ्स्कूनको आयोजनामा आज सञ्चालित गण्डकी प्रदेश स्तरिय साकोस अभियानका समसामयिक विषयहरु सम्बन्धी भर्चुअल अन्तरक्रिया सहजीकरणका क्रममा नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले भन्नुभयो महामारीको जोखिम कम गर्न अब सहकारीका सदस्यहरुलाई डिजिटल क्यासको प्रयोगमा अभ्यस्त बनाऔं । आज कोभिढ १९ को विश्व महामारीले प्रविधि प्रयोगको विस्तारलाई प्रोत्साहन गर्ने अवसर सृजना गरेको छ । नेफ्स्कूनले विगतका बर्षदेखि नै साकोसको संस्थागत सुदृढीकरण र सदस्य सबलीकरणका लागि विविध कार्यक्रम अगाडि सारेको छ । उहाँले भन्नुभयो, “गत बर्ष फागुनमा संघको रणनीतिक योजना निर्माणको क्रममा नै नेशनल पेमेन्ट गेटवेको परिकल्पना गरिएको थियो अहिले कोभिड १९ को प्रभावका कारण सहकारी क्षेत्रलाई टेक्नोलोजि इनह्यान्स निर्विकल्प छनौटको रुपमा स्थापित गरिदिएको छ ।” 

सदस्य साकोस, प्रदेश संघ, जिल्ला संघ र नेफ्स्कून साझा बुझाई र राष्ट्रिय संकल्पका साथ अभियानमा नविनतम प्रविधि प्रयोग र सञ्जालीकरण गर्ने सवाल अब एउटै स्पेशल पर्पोज भेक्कल को रुपमा इन्टरप्राइज रिसोर्स प्लानिङ इपिआर मार्फत एकसाथ अगाडि बढ्ने विश्वास संघले लिएको छ । नविनतम प्रविधिको प्रयोग र यसलाई सञ्जालीकरण गर्ने विषय छुट्टाछुट्टै संस्थाबाट अब सम्भव छैन, त्यसकारण नेफ्स्कूनले साकोस एकरुपता प्रणाली भनेर २०७१ सालदेखि परिकल्पना गरेको विषय नै प्रविधिमा एकाकार गर्ने हो । त्यसमा सबै प्रविधिहरु एउटै प्लेटफर्मबाट उपयोग गर्न सकिने गरी प्रविधि विकासको तयारीमा संघ अगाडि बढिसकेको छ । 

प्रस्तुतीका क्रममा उहाँले जोड्नुभयो, हामी जहाँ पुग्ने हो त्यो ठाउँमा स्पष्टसँग उभिनुपर्छ । प्राथमिकता क्रम त्यो हो जहाँ हामीले हाम्रो गतव्य छितिज हेरेर गर्नुपर्छ । सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी संस्थाको छुटटै पहिचान छ । अभियानलाई समृद्ध बनाउन हामी गहिराईबाटै मजबुद बनेर अगाडि बढौं । 

कोभिड महामारीको प्रभाव सदस्य, समुदाय र संस्था तिनै तहमा परेको छ भने यस बर्ष समस्या झनै बढ्ने आंकलन गरिएको छ ।  कोभिड प्रभाव सर्वप्रथम स्वास्थ्य संकटको रुपमा देखियो जसले समुदाय र सदस्यमा प्रभाव पार्यो । सदस्यहरुको आय सृजना सक्षमता कमजोर बनाउने, रोजगारी गुम्ने र बेरोजगारीको संख्या बढ्ने जोखिम सृजना भयो भने दोस्रो चरणमा संस्थागत तनाव सृजना हुने अवस्था रहेको छ ।  गत बर्ष भन्दा यस बर्ष संस्थागत प्रभाव बढी पर्न सक्ने पनि देखिन्छ । 

यसतर्फ सजगता अपनाउन साथै महामारीको प्रभावबाट सदस्यको मानसिक स्वास्थ्यमा पर्न सक्ने प्रभाव कम गर्न सदस्यहरुलाई मनोपरामर्शको पनि आवश्यकता छ । त्यसतर्फ पनि साकोसले ध्यान दिनुपर्छ । त्यसैगरी सदस्यहरुका लागि वित्तिय शिक्षा, कर्मचारी रोजगारी सुरक्षा, सामाजिक सुरक्षा कोषमा सहभागी, कर्मचारीले घरबाट गर्न सक्ने कामको लागि व्यवस्थापन लगायतका विषयमा पनि संस्थाले ध्यान दिनुपर्ने विषयलाई उहाँले जोड्नुभयो । 

कार्यक्रममा सहभागीहरुले राख्नुभएको जिज्ञासालाई पनि कार्यक्रमका प्रस्तोता तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेफ्स्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज यमकला पौडेलले सञ्चालन गर्नुभएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप