आज राष्ट्रिय धान दिवस: थप ६ हजार मेट्रिक टन उत्पादन हुँदा मुलक धानमा आत्मनिर्भर बन्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज राष्ट्रिय धान दिवस:  थप ६  हजार मेट्रिक टन उत्पादन हुँदा मुलक धानमा आत्मनिर्भर बन्ने

काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६र७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ । नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो ।  सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

प्रदेश १ धानमा आत्मनिर्भर रहेको छ । यो प्रदेश आत्मनिर्भर मात्र होइन, वार्षिक तीन लाख मेट्रिक टन अन्य प्रदेशलाई पनि पठाउँछ । यो प्रदेशलाई करिब १० लाख मेट्रिक टन धान भए पुग्छ जब कि यसको उत्पादन १३ लाख मेट्रिक टनभन्दा बढी छ । यो प्रदेशका तराईका तीन जिल्लाको तीन लाख ४० हजार हेक्टर क्षेत्रफललाई धान खेतीयोग्य मानिन्छ । तीन लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अनुकूल मौसम, उन्नत बीउ तथा मल, सिँचाइयोग्य जमिनको सहज प्रबन्धका कारण बर्सेनि उत्पादकत्व भने बढ्दै गएको छ । पछिल्लो १० वर्षमा धान खेतीयोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । यद्यपि अनुकूल मौसमका कारण गत वर्ष समयमै धान रोपिएका कारण २०७६र७७ को तुलनामा २०७७र७८ मा दुई हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

सबभन्दा बढी धान उत्पादन हुने प्रदेश २ धानमा आत्मनिर्भर छैन । त्यहाँ चार लाख एक हजार ९०६ हेक्टर जमिनमा प्रतिवर्ष १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेश २ को कृषि मन्त्रालयका अनुसार प्रदेश २ का आठवटै जिल्लाका उत्पादकत्व प्रतिहेक्टर ३।७६ मेट्रिक टनबाट बढाएर चार मेट्रिक टन पु¥याए मात्र यो प्रदेश धानमा आत्मनिर्भर हुनसक्छ ।

सबभन्दा बढी जनसङ्ख्या रहेको बागमती प्रदेशमा पाँच लाख नौ हजार ५९० मेट्रिक टन उत्पादन हुन्छ । २०७७÷७८ मा पाँच लाख ९६ हजार ५९० मेट्रिक टन उत्पादन भएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार बागमती प्रदेशमा वर्षे धान चार लाख २३ हजार ४२३ र हिउँदे धान ८६ हजार १६६ मेट्रिक टन उत्पादन भएको छ ।

नीति तथा योजना आयोग बागमती प्रदेशका अनुसार २०७३र७४ मा नेपालमा कुल ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो भने बागमती प्रदेशमा पाँच लाख १० हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

कर्णाली प्रदेशमा वार्षिक प्रदेशमा तीन लाख १६ हजार ३९१ मेट्रिक टन धान उत्पादन हुन्छ । त्यहाँ तीन लाख ४८ हजार ७३२ मेट्रिक टन धान अपुग रहेको छ । गत वर्षको तथ्याङ्कअनुसार धान उत्पादकत्व प्रतिहेक्टर ३।९५ प्रतिशत रहेको छ । प्रदेशमा सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखमा खाद्य अभाव हुँदैन तर जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा भने सधैँ अपुग हुने प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशमा गत वर्ष तीन लाख १५ हजार ६० मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादन हेर्दा यो प्रदेश पनि धानमा आत्मनिर्भर देखिएको छैन । हालसम्म यो प्रदेशमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा यो वर्ष तीन लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लाको एक लाख २० हजार ५३० हेक्टर जमिनमा धान खेती गरिन्छ । गण्डकी प्रदेशमा चार लाख १० हजार मेट्रिक टन चामल आवश्यक भए पनि तीन लाख ९० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ ।

कास्कीमा २६ हजार ९१, पूर्वी नवलपरासीमा २० हजार ६७० हेक्टर, स्याङ्जामा एक हजार १२०, लमजुङमा १४ हजार २८०, तनहुँमा ११ हजार २६९, गोरखामा ११ हजार छ सय, पर्वतमा आठ हजार ९१०, बागलुङमा पाँच हजार ७५० र म्याग्दीमा तीन हजार ८५०, हेक्टर जमिनमा धान खेती हु्ँदै आएको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै धान खेती हुने कास्कीमा २६ हजार ८१ हेक्टर
क्षेत्रफलमा रोपाइँ हुन्छ ।

सुदूरपश्चि प्रदेश लगभग धानमा आत्मनिर्भर देखिएको छ । यो प्रदेशमा २०७६र ७७ मा छ लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको छ ।
यो प्रदेशमा करिब एक लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप