सहकारीमा सदस्य सम्बन्ध व्यवस्थापन विषयक भर्चुअल अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सदस्य सम्बन्ध व्यवस्थापन विषयक भर्चुअल अन्तरक्रिया

काठमाडौं । सहकारीको सबैभन्दा महत्वपूर्ण विषय सदस्य सम्बन्ध हो । सहकारी संस्था र सदस्यबीचको सम्बन्ध दीगो र जीवन्त बनाउन सकेमात्रै संस्थागत सबलता कायम हुन्छ । सदस्यहरु कस्तो अवस्थामा छन् ? झनै महामारीको समयमा सदस्यहरुमा के कस्तो अप्ठ्यारो अवस्था आइपरेको छ भन्ने विषयलाई संस्थामार्फत जिम्मेवारपूर्वक सम्बोधन गरिनुपर्छ । यसै विषयमा केन्द्रीत रहेर आज नेफ्स्कूनले आयोजना गरेको महामारीमा सदस्य सम्बन्ध व्यवस्थापन विषयक भर्चुअल तालिम तथा अन्तरक्रिया का क्रममा सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले संस्थामा सदस्यहरुलाई प्रदान गर्ने सेवालाई मर्यादित, व्यवस्थित एवम् समानता कायम गर्नका लागि सर्वप्रथम संस्थामा सदस्यता नीति तयार गरी सोही बमोजिम असल सदस्य सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्य सहकारीको महत्वपूर्ण आधारस्तम्भ रहेको बताउनुभयो । संस्था सदस्यका लागि र सदस्य संस्थाको स्थायित्वका लागि नभइनहुने पक्ष हो, यो बुझाइलाई सबैले सकारात्मक रुपमा लिनेहो भने कतिपय समस्याहरु सहजै समाधान गर्न सकिन्छ । उहाँले भन्नुभयो, नेफ्स्कून र बचत ऋण सहकारी संस्थाबीचको सम्बन्ध साथै बचत ऋण सहकारी संस्था र सदस्यहरु बीचको सम्बन्ध सञ्जालले नै नेफ्स्कूनले नेतृत्व गरिरहेको बचत ऋण सहकारी अभियान आज एक उत्कृष्ठ अभियानको रुपमा स्थापित भएको छ । संख्यात्मक हिसाबले सबै बचत तथा ऋण सहकारीलाई समेट्न नसकिएको भएपनि बचत ऋण अभियालाई केन्द्रीकृत गरेर एकीकृत अवधारणा मार्फत अगाडि लैजाने अभियानमा संघ प्रतिबद्ध रहेको छ । उहाँले जोड्नुभयो, “साकोस अभियानको लिडिङ इन्टिच्यूसन नेफ्स्कून हो, जसले सदस्य सम्बन्धलाई प्रगाढ बनाउन, संस्थागत विकास तथा सबलीकरण गर्नमा निरन्तर पहलकदमी जारी राखेको छ ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानलाई जीवन्त र गतिशिल बनाउन सदस्य सम्बन्ध महत्वपूर्ण पाटो रहेको बताउँदै उच्चस्तरीय सेवा प्रवाहलाई जोड दिन अनुरोध गर्नुभयो । साकोस अभियानभित्रको नैतिक मूल्य र आधार मूल्यलाई आत्मसाथ गर्दै अभियानबीच एकता, भाइचार र न्यू इनोभेसनको विषयमा मार्गप्रशस्त गनुृपर्ने विषय चर्चा गर्नुभयो । कुनैपनि समस्याको सामना अब एक्लै हैन समूहमा मार्फत गर्न र सहकारीको आस्था र विश्वासलाई संस्था र सदस्य बीचको सम्बन्धसँग जोडेर अभियानलाई मर्यादित, जीवन्त र गतिशिल बनाउने विषयमा निरन्तर अभियानभित्र सोच, चेतना, विचार, अनुभूति र दृष्टिकोणहरु सबै पक्षमा एकरुपता कायम गर्न जोड दिनुभयो । 

अभियान अहिले कहाँ छ भन्दा पनि भोलि कस्तो हुनुपर्छ भन्ने विषयलाई सोचेर स्तरीकरणका कार्यक्रम मार्फत संघ अगाडि बढेको विचार राख्दै अध्यक्ष पौड्यालले भन्नुभयो आफ्ना संस्थाहरुलाई स्तरीकरण गर्ने सवालमा र स्थिरीकरण कोषमा सामेल गराउने सबालमा नेफ्स्कून उत्तरदायी बनेको छ । उहाँले भन्नुभयो, साकोस अभियान नीजि क्षेत्र र बैंकिङ क्षेत्रसँगको प्रतिष्पर्धामा अगाडि बढ्नुपर्ने समयसँगै  अब उ्रच्चस्तरको प्रविधि प्रयोग अनिवार्य बनेको छ । त्यसको व्यवस्थापन तयारी  नेफ्स्कूनले शुरु गरिसकेको छ । उहाँले भन्नुभयो, जुन संस्था अब आफुलाई स्तरीकृत गर्न सक्दैन अथवा अभियानमा स्तरीकृत बन्न सक्दन त्यो प्रतिष्पर्धामा अब्बल रहन सक्दैन । हामीले सेवाको गुणस्तरलाई व्यवस्थित गर्ने सन्दर्भ र उत्पादनलाई विविधिकरण गर्ने सन्दर्भमा उच्च स्तरमा जानैपर्छ ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले महामारीमा सदस्यसँग कसरी सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ र अहिलेको समयमा देखिएका विद्यमान समस्यहरु के के हुन् भन्ने विषयमा आजको प्रस्तुती निकै सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीको मर्म एकका लागि सबै र सबैका लागि एक भएको विचार राख्दै  महामारीका बेला यो अझै बढी उपायोगी बनेको बताउनुभयो । 
 
सदस्य संस्थाहरुलाई लक्षित गरी संघ विपद् व्यवस्थापन कार्यविधि को अन्तिम तयारीमा रहेको जानकारी गराउँदै उपाध्यक्ष अधिकारीले कार्यविधि कार्यान्वयनमा विशेष महत्व दिन सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले महामारीमा सदस्य सम्बन्ध व्यवस्थापन को बिषय प्रस्तुतीकरण सहित सहजीकरण गर्नुभएको थियो । सहभागीहरुबाट प्राप्त जिज्ञासाको सम्बोधन सहजकर्ता उमेश कोइराला र तालिम विभागका प्राचार्य गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । 

कुनैपनि संस्थाले आफ्ना सदस्यहरुसँग सम्बन्ध स्थापना गर्न सर्वप्रथम सदस्यसँगको बोली, व्यवहार र शैली, सदस्य सेवा प्रवाहको तरिका, सेवाको गुणस्तर र सन्तुष्टिलाई विशेष महत्वदिइनुपर्ने विषयलाई प्रस्तुतीकरणका क्रममा जोड दिइएको थियो । 

महामारीको समयमा सहकारी क्षेत्रले सदस्य सम्बन्ध विस्तारलाई विशेष महत्व दिँदै संस्थाको सञ्चालक समिति, अन्य उपसमितिहरुले तत्काल निर्णय गर्नुपर्ने विषय र उक्त निर्णयको उचित समयमा प्रभावकारी कार्यान्वयनको पक्षमा पनि व्यवस्थापन समूहले विषेश महत्व दिनुपर्ने विषयलाई प्रस्तुतीकरणका क्रममा जोड दिइएको थियो । सदस्य सम्बन्ध स्थापना गर्ने काम एक महत्वपूर्ण कार्य हो, यसका लागि ठूलो परिश्रम गर्नुपर्छ र सदस्य सम्बन्धलाई निरन्तरता दिन झनै त्यो भन्दा बढी परिश्रम गर्नुपर्छ भन्ने विषयको गाम्भिर्यतालाई सहजकर्ता कोइरालाले प्रष्ट्याउनुभएको थियो । 

२ सय भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको आजको कार्यक्रम सञ्चालन संघका प्राचार्य गणेश तिमिल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप