सिद्धि गणेश साकोसको सदस्य शिक्षा शिविर पुन: सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसको सदस्य शिक्षा शिविर पुन: सञ्चालन

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को नियमित शिक्षा शिविर मंगलबार सम्पन्न भएको छ । शिक्षा उपसमितिको आयोजनामा सञ्चालनमा रहेको नियमित शिक्षा शिविर महामारीका कारण केही समय स्थगित गरिएको थियो । सदस्यहरुको आवश्यकता एवं मागलाई ध्यानमा राख्दै शिविर पुन: सञ्चालन गरिएको संस्थाका अध्यक्ष राजन लाखाजुले जानकारी गराउनुभयो । उहाँले सिद्धि गणेश साकोसको सफलताको एक मात्र सुत्र सहकारी सिद्धान्त, नीति नियम एवं ऐन कानुनको अक्षरश पालन भएको भन्नुहुँदै संस्थाले गर्दै आएको संरक्षित पूँजी फिर्ताको अभ्यास अरु संस्थाका लागि नमूनाको रुपमा रहेको बताउनुभयो ।  सिद्धि गणेश साकोसले व्यवसायी तथा उद्यमी सदस्यहरुलाई महामारीबाट उत्पन्न समस्यासँग जुध्न तथा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राख्दै ऋण नीति तथा प्रक्रियमा थप सहजता ल्याएको जानकारी सदस्यहरुलाई दिनुभएको थियो । 

संस्थाका निमित्त व्यवस्थापक शिला गोसार्ईले शिक्षा शिविरले संस्थाको उद्देश्य तथा नीति नियम सदस्यको अपेक्षा र स्वार्थ अनुकुल भए नभएको छुट्टाउन मद्दत गर्छ भन्नुहुँदै महामारीमा सुरक्षित तवरबाट संस्थाको सेवा लिन संस्थाबाट प्रदान गरिएको सिद्धि गणेश स्मार्ट बैङ्किङ र ब्त्ः को उपयोगमा जोड दिनुभयो । 

आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रुद्रनारायण लाखाले २०५१ सालमा सामाजिक क्रियाकलापमा अभ्यस्त स्थानीय ३१ जना युवाहरुको ३१०० सयबाट स्थापना भएको सहकारीले २०७८ जेठ मसान्तसम्ममा १५ हजार १ सय ८० जना सदस्य र २ अर्व ३४ करोड ४ लाख ४८ हजार ५ सयको कूल सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुभयो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप