सहकारी व्यवस्थापकको कृषि क्रान्तिः सफलता नेपालमै सम्भव छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापकको कृषि क्रान्तिः सफलता नेपालमै सम्भव छ

बासु खड्का
कृषि उद्यमी, सहकारी व्यवस्थापक  
समाज कल्याण महिला बहुउद्देश्यीय सहकारी संस्था लि. 
मिथिला नगरपालिका–७, केमलीपुर धनुषा ।

वैदेशिक रोजगारीमा जान १ लाख २० हजार ऋण नपत्याइएका धनुषाका बासु खड्का आज राज्यलाई बार्षिक १ लाख ४५ हजार कर बुझाउनुहुन्छ । २ दशकअघि बेरोजगारीको भारी मुगलान बिसाउन कम्मर कसेका खड्काको जीवनमा आज कायापलट भएको छ । कोदालो कर्म र सहकारी व्यवस्थापकको जिम्मेवारीले सामाजिक, आर्थिक प्रगति हासिल गराएको छ ।

सफलताको स्वाद चाखेकाहरु ‘खोजे स्वर्ग नेपालमै छ’ भन्छन् । तर, यो बुझ्न खड्कालाई १० बर्ष समय लाग्यो । यसबीचका समस्याहरुलाई सम्भावनाहरुमा परिवर्तन गर्दै उहाँ आज १२ हजार कुखुरा, ३ हजार माछाका भुरा, १५ कठ्ठामा व्यावसायिक तरकारी खेतीको मालिक बन्नुभएको छ । कलकत्ताबाट दाना झिकाई वितरकको काम पनि गर्दै आउनुभएको छ । सँगै सहकारी व्यवस्थापकको वेतन पनि । यी सबै जोड्दा खड्काको वार्षिक आम्दानी करिब २६ लाख पुग्छ । सबै खर्च कटाउँदा वर्षमा १२ लाख खुद बचत हुन्छ । व्यवसायका लागि बार्षिक ८५ हजार को ठेक्कामा डेढ बिघा जग्गा लिनुभएको छ । आफ्नो र परिवारको स्वास्थ्य तथा जीबन विमा गराउनुभएका खड्काले बार्षिक ३ लाख ८३ हजार विमा प्रिमियम मात्रै बुझाउनुहुन्छ । खड्काको आजको लोभलाग्दो अवस्थाको विगत कम रोचक छैन । बिहान बेलुकीे कृषिलाई  र दिउँसो सहकारीलाई गरी खड्काले सहज समय व्यवस्थापन गर्दै आउनुभएको छ ।

त्यो विगत

२०५८ सालतिरको कुरा हो । विकल्पविहीन अवस्थामा साहुसँग धनुषाको ढल्केबरको १ विघा १० कठ्ठा जमिन बटिया (उत्पादनको आधा बुझाउनुपर्ने÷अधियाँ ) मा लिएर परम्परागत पहिचानसँग जोडिनुभयो । टमाटर खेती शुरु गर्नुभयो । घरमा साना बच्चावची, कृषि खेती, जंगलको घाँस दाउरा उहाँको जीवन जेनतेन धकेलीरह्यो । 

‘२०६३ सालबाट कृषिलाई परिवर्तन गर्ने सोचका साथ ५६ वटा पाडा, ३ वटा भैंसी र २ वटा जर्सी गाई पाल्न सुरु गरेँ, खड्का विगत कोट्याउनुहुन्छ, ‘पाडा पालन व्यवसायबाट ठूलो घाटा वेहोर्र्नुपर्यो, निराशा हतोत्साहमा बदलिएन । कुखुरापालन सुरु गरेँ ।’

घर छेवै खोर बनाई २०० वटा कुखुरा र केही बाख्रा पाल्न थालेँपछि भने उहाँको परिवारमा घामको झुल्को प्रवेश गर्यो । पाएको सफलताले खड्काले ६ कठ्ठा जमिन जोड्नुभयो । जमिन जोडेसँगै जीवन उनियो ।

खड्काले २०६० सालमा व्यवसाय दर्ता गरी एस. एण्ड. एस. पोल्ट्री फर्म र दाना वितरकको काममा लगानी जुटाउन बैंकबाट १९ लाख ऋण लिएर ५ हजार कुखुरा हाल्नुभयो ।  २० हजार कुखुराको लागि दाना वितरकको रुपमा कलकत्ताबाट दाना मगाउन शुरु गर्नुभयो । वायो फलक प्रविधिबाट माछा पालन व्यवसाय पनि शुरुवात गर्नुभयो । व्यवसाय विस्तारका लागि जग्गा कम भएपछि २ विघा जग्गा भाडामा लिनुभयो । 

परिवारको साथ

२०३४ साल जेठ २५ गते उदयपुर जिल्लामा जन्मनुभएका खड्काको परिवार उहाँ ८ बर्षको छदाँ धनुषाको ढल्केबर बसाई सर्यो । पारिवारिक अवस्था कन्तविजोग नै थियो । जेनतेन दश जोड दुई पूरा गर्नुभयो त्यसपछि जीवनको दोस्रो इनिङ सुरु भयो । विवाहले खुसी भन्दा बोझ थप्यो । केही सीप नचलेपछि अर्धाङ्गिनीलाई एक वर्ष माइत पठाइदिनुभयो । तर, स्थिति सम्हालिदै गएपछि सबै परिवार जोडियो र सदस्यहरु पनि बढेँ । अहिले उहाँको कृषिकर्म सम्हाल्न २ छोरा, बाबुआमा र पत्नीको समेत साथ छ । खड्काले मासिक १८ हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ ।

सहकारीको आड

धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरको परिचय विकट गाउँको हो । त्यहाँका महिलाहरुले २०६० सालमा सहकारी संस्था स्थापना गरेँ । महिलाद्वारा गठित सहकारीमा सहयोगीको भूमिकामा खड्का जोडिनुभयो । सवैको आग्रहपछि व्यवस्थापकको जिम्मेवारी लिनुभयो । आज सहकारी मार्फत ग्रामिण महिला सदस्यहरुलाई आयआर्जनको बाटो पहिल्याउन सम्भव भएको उहाँको ठम्याई छ । सहकारी स्थापनाकालदेखि क्रियाशिल र संस्थापक सेयर सदस्य समेत भएकाले आफ्नो व्यवसाय विस्तारका लागि ५० हजार ऋण पनि खड्काले सहकारीबाटै लिनुभयो । २०६० सालमा मासिक  ५ सय तलबबाट उहाँले जागिरको जग बसाउनुभयो ।

सम्भावना 

एस. एण्ड. एस. पोल्ट्री फर्म सञ्चालनका लागि खड्काले कृषि विकास बैंक बाट ३.८० प्रतिशत व्याजमा १ करोड ऋण लिनुभएको छ । उहाँले अहिले पोल्ट्री फार्म, दाना वितरक र माछा व्यवसाय सञ्चालन गर्नुभएको छ ।  सुविधासम्पन्न खोर निर्माण, अटोमेटिक दाना पानी हाल्ने प्रविधि मार्फत कुखुरा पालन व्यवसाय गर्नुभएको छ । कुखुराको माग धेरै छ, माग अनुसार कुखुरा पुर्याउन अझै नसकिएको उहाँ बताउनुहुन्छ । काठमाडौंको भ्याली कोल्ड स्टोर लगायत विभिन्न ठाउँमा कुखुरा जान्छ । गाउँमा आफ्नै फ्रेस हाउस पनि छ । खड्का भन्नुहुन्छ, ‘दाना पनि विभिन्न जिल्लामा सप्लाई गर्छु ।’

सीप तिर्खान खड्काले १५ हजार तिरेर विराटनगरमा २ दिने ‘वायो फ्लग माछापालन तालिम’ लिनुभयो र काम सुरु गर्नुभयो । तीन लाख लगानीमा ४ वटा प्लाष्टिक पोखरी बनाएर २७ सय माछा हाल्नुभयो । अहिले ३ वटा सिमेन्टेड माछा पोखरी निर्माण सुरु गर्नुभएका खड्का भन्नुहुन्छ, ‘सिमेन्टेड माछा पोखरी बनेसँगै ४५ सय माछाका भुरा हाल्ने तयारी गरेको छु । वायो फ्लग र मागुर जातका ५० हजार माछाका भुरा हाल्ने सोच छ । ’भारतबाट आयातित माछा रोक्न नेपालमा माछा पालन व्यवसायलाई बृहत बनाउनुपर्ने विचार उहाँको छ ।

सम्भावनासँगै आएका समस्याहरुलाई पनि उहाँले सामना गर्नुभयो । गाउँमा पानीको चरम अभाव छ । पानीको व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्दै जिल्ला भूमिगत सिँचाइ लगायत विभिन्न ठाउँमा अनुदानका लागि पहल गरेपनि सुनुवाई नभएको गुनासो उहाँले गर्नुभयो । समाधानका लागि उहाँले गाउँमै १७ लाख लगानीमा बोरिङ गर्नुभयो । पानीको समस्या सेलायो । स्थानीयहरुले पनि पानी सहयोग पाएका छन् ।

हिजो समस्या मात्रै देख्ने खड्का आज सम्भावना मात्रै देख्नुहुन्छ । अत्यधिक उत्पादन हुने आँप, कटहर खेर गइरहेकोले प्रशोधनमार्फत जुस निर्माण गरी बजारीकरण गर्न सके केमलीपुरका बासिन्दाको अवस्था फेरिन सक्ने उहाँको तर्क छ । तर, कृषि र कृषक राज्यबाट उपेक्षित हुँदा खड्काको मन कुडिन्छ, ‘शहरबासीहरुले स्वाद लिने मीठो चामलको भात र स्वाथ्यवर्धक मासु उत्पादन गर्ने कृषकहरुको पहिचान र सम्मान खै ?’

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप