सिवाईसी साकोसको नीति तथा कार्यक्रम सार्वजनिक; डिजिटल पत्रिका विमोचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसको नीति तथा कार्यक्रम सार्वजनिक; डिजिटल पत्रिका विमोचित

बागलङु । सिवाईसी बचत तथा ऋण सहकारी संस्था ले आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्षको पहिलो दिन संस्थाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच नयाँ नीति तथा कार्यक्रम र डिजिटल पत्रिका सीवाईसी सन्देश विमोचन गरिएको हो । सीवाईसीको आर्थिक बर्ष २०७८/२०७९ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाकी कोषाध्यक्ष सितादेवी सापकोटा कडेलले प्रस्तुत गर्नुभयो । सहकारीले वित्तीय व्यवस्थापन, सदस्य सेवा, संस्थाको आन्तरिक व्यवसायिकीकरण, सिकाई एवं वृद्धि व्यवस्थापन र महामारि, संक्रमण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

गत आ.व. २०७७/२०७८ मा १८ हजार ४ सय ३० शेयर सदस्यहरुमार्फत २ अर्व ४ करोड कूल सम्पत्ति परिचालन गरेको सहकारीले चालु आ.व. २०७८/२०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पुर्याउने लक्ष्य राखेको छ ।  चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ । 

विदेशवाट फर्केका, कोभिडका कारण रोजगार गुमाएका उत्साहित युवाका लागि व्यवसाय प्रवद्र्धन, कृषि उद्यम संचालन गर्नको लागि ५० जनालाई सहुलियत दरमा ऋण प्रवाहको लागि १ करोड ५० लाख विनियोजन गरेको छ । सहकारीका शेयर सदस्य भएका पत्रकारलाई संचार साधन खरिद गर्न ५० हजार ऋण सहुलियत ब्याजमा दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संचालन गरेको एक पत्रकार एक ल्यापटप कार्यक्रम लाई ५० हजार सहयोग गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै बागलुङको मानव सेवा आश्रमको भवन निर्माणको लागि ५१ हजार तथा समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत सेवा क्षेत्र भएका ठाउँमा सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत समेटेर जाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

कार्यक्रमको अवसरमा संस्थाले प्रकाशनमा ल्याएको ुसिवाईसी सन्देशु नामक डिजिटल पत्रिकाको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विमोचन गर्नुभएको थियो । सहकारी सम्बन्ध्ी शिक्षा, सूचना तथा जानकारीका सामग्रीहरु समेटी तयार गरिएको पत्रिकालाई संस्थाको सामाजिक सञ्जाल तथा वेभसाइट मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । एटिएम, मोबाइल बैकिङ, क्युआर कोड लगायतका डिजिटल प्रविधिहरुमार्फत बैकिङ सेवा दिंदै आएको सहकारीले सूचना प्रवाह गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशनमा ल्याएको हो । संस्थाले चौमासिक डिजिटल पत्रिका प्रकाशन गर्दै जाने छ । पत्रिकामा संस्थाले गरेका गतिविधि, सदस्यका सफलताका कथा, संस्थाका समाचार र सहकारी सम्बन्धी जानकारीमूलक सामाग्रीहरु समेटेर प्रकाशन गरिनेछ । 

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना र निवर्तमान अध्यक्ष दिल श्रीषले सहकारीले सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम र पत्रकार लक्षित कार्यक्रम ल्याएकोमा सहकारी लाई धन्यवाद दिएका थिए । सिवाईसी सहकारीले गरेको असल अभ्यासलाई अन्य सहकारीले अनुशरण गर्न सकेमा सहकारी क्षेत्रको प्रवद्र्धन हुने बताएका थिए । संस्थाका सहसचिव सुवास आचार्यले स्वागत गर्नुभएको कार्यक्रममो संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गरेका गर्नुभएको थियो । संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको संस्थाका अध्यक्ष पौडेलले बताए ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप