जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

काठमाण्डौं । सन् २०२४ देखि प्राविधिक सहकार्य गर्दै आएको जर्मनीको बोनस्थित जर्मन केन्द्रीय बचत बैंक (डीएसआईके) का प्राविधिक प्रतिनिधिहरूले आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को उच्च व्यवस्थापनसँग संघको आगामी रणनीति तथा जर्मन पक्षबाट आवश्यक सहयोगका क्षेत्रबारे छलफल गरेका छन् ।

विशेषगरी कृषि तथा उद्यमशीलतामा लगानी अभिवृद्धि गरी रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्न सहकारी क्षेत्रमा प्रशिक्षक तयार गर्ने उद्धेश्यले सुरु भएको प्राविधिक सहकार्यबाट संघमा आबद्ध संस्थाहरूमा सकारात्मक प्रभाव परेको विषयमा छलफल भएको थियो ।

जर्मन प्रतिनिधिहरूलाई स्वागत गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जर्मन केन्द्रीय बचत बैंकसँगको सहकार्यले संघको तालिम, शिक्षा तथा प्रविधिको क्षेत्रमा व्यावसायिकता विकास गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

उहाँले आगामी दिनमा संघको तालिम तथा सूचना प्रविधि शाखाको स्तरोन्नतिका लागि जर्मन प्रविधिको आन्तरिकीकरण गर्दै संघ तथा संघमा आबद्ध संस्थाहरूमा अन्तर्राष्ट्रियस्तरको तालिम तथा शिक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, वस्तु तथा सेवाको विविधीकरण मार्फत लगानीका अवसर सिर्जना गरी सदस्यहरूको आयआर्जन वृद्धि गर्नसमेत यस सहकार्यले योगदान पु¥याउने उहाँको भनाइ थियो ।

मिशन भ्रमणमा रहेका जर्मन प्रतिनिधिहरू डा. कार्ला, लाउरा र अल्बर्टोले प्रशिक्षक प्रशिक्षणका सहभागीहरूको प्रमाणीकरण तालिममा सहजीकरण गर्नुका साथै संघको रणनीतिक योजना, प्रविधिको प्रयोग, तालिम तथा शिक्षा र परियोजनासम्बन्धी विषयमा आवश्यक पृष्ठपोषण प्रदान गर्ने कार्यक्रम रहेको छ ।  तीनै जना प्रतिनिधि १२ दिनसम्म नेफ्स्कूनमा रहेर विभिन्न कार्यक्रम तथा गतिविधिमा सहजीकरण गर्ने कार्यतालिका रहेको संघले जनाएको छ । 

भर्खरै
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप